नेकपा एमालेले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ। एमालेले भर्खरै आफ्नो दस मन्त्रीको नाम प्रधानमन्त्री सुशील कोइरालालाई बुझाएको छ। स्रोतका अनुसार बामदेव गौतम गृहमन्त्री, महेन्द्र पाण्डे परराष्ट्रमन्त्री, राधा ज्ञवाली उर्जा मन्त्री, पुरुषोत्तम पौडेल युवा तथा खेलकुद मन्त्री, हरि पराजुली कृषिमन्त्री, लालबाबु पंडित सामान्य प्रशासन मन्त्री, कर्णबहादुर थापा उद्योग मन्त्री, भिम आचार्य पर्यटन मन्त्री, खगराज अधिकारी स्वास्थ्य मन्त्री, दलबहादुर राना भूमिसुधार मन्त्री बन्ने भएका छन्।
त्यस्तै नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रीको टुंगो लगाएपछि प्रधानमन्त्रीको आग्रहअनुसार राष्ट्रपति कार्यलयले आज मन्त्रपरिषद् विस्तार गर्ने भएको छ। नवनियुक्त मन्त्रीहरुको शपथ साँझ ५ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ। एमालेले भर्खरैमात्र आफ्नो दस मन्त्रीको नाम टुंगो लगाएर प्रधानमन्त्री सुशील कोइरालालाई बुझाएका थिए।