२१ सदस्यीय मन्त्रिमण्डल, दुई उपप्रधानमन्त्री, सत्र मन्त्री र एक राज्यमन्त्री
१३ फागुन २०७०
•
१३ मिनेट पाठ
२१ सदस्यीय मन्त्रिमण्डल,  दुई उपप्रधानमन्त्री, सत्र मन्त्री र एक राज्यमन्त्री
काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालाले पदभार सम्हालेको १५ दिनपछि मंगलबार मन्त्रिपरिषद विस्तार गरेका छन्। सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा (एमाले) बीच मन्त्रालय बाँडफाँटमा सहमति भएपछि मन्त्रिपरिषद विस्तार भएको हो।सरकार विस्तार नभएको भन्दै चौतर्फी दबाब परिरहेका बेला प्रधानमन्त्री कोइरालाले उपप्रधानमन्त्रीद्वय एमाले उपाध्यक्ष वामदेव गौतम र कांग्रेस महामन्त्री प्रकाशमान सिंहसहित १८ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन्। 
राष्ट्रपति रामवरण यादवको उपस्थितिमा प्रधानमन्त्री कोइरालाले मंगलबार नवनियुक्त उपप्रधानमन्त्री तथा मन्त्रीहरूलाई राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराएका छन्। शपथ ग्रहणमा उपराष्ट्रपति परमानन्द झा, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसँगै संवैधानिक निकायका प्रमुख, निजामती सेवा, जंगी तथा सुरक्षा निकायका वरिष्ठ पदाधिकारी र राजनीतिक दलका नेताहरू उपस्थित थिए। राज्यमन्त्रीलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा पद तथा गोपनीयताको शपथ गराइएको थियो। नवनियुक्त मन्त्रीहरूले मंगलबारै आ–आफ्नो मन्त्रालय पुगेर पदभार सम्हालेका छन्।
एमालेबाट सरकारमा नेतृत्व गरेका उपप्रधानमन्त्री गौतमले गृह र अर्का उपप्रधानमन्त्री सिंहले स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। प्रधानमन्त्रीपछि महामन्त्री सिंह पार्टीको तर्फबाट दोस्रो र सरकारमा तेस्रो वरियतामा रहनेछन्। सरकारमा एमाले उपाध्यक्ष गौतमको वरियता दोस्रो रहनेछ। 
मन्त्रीको मात्र शपथ अस्वीकार गर्दै आएका सिंहलाई उपप्रधानमन्त्री बनाउन कोइराला सहमत भएका हुन्। कांग्रेसबाट पूर्व महामन्त्री विमलेन्द्र निधि (भौतिक योजना), कोषाध्यक्ष चित्रलेखा यादव (शिक्षा), केन्द्रीय सदस्यहरू एनपी साउद (सिँचाइ), महेश आचार्य (वन), नारायण खड्का (सहरी विकास), नरहरि आचार्य (कानुन), मीनेन्द्र रिजाल (सूचना तथा सञ्चार) मन्त्री बनेका छन्। फर्मुल्लाह मन्सुरलाई रोकेर रिजाललाई मन्त्री बनाइको स्रोतको दाबी छ।
एमालेबाट गौतमका साथै महेन्द्र पाण्डे (परराष्ट्र), राधा ज्ञवाली (ऊर्जा), पुरुषोत्तम पौडेल (युवा तथा खेलकुद), हरि पराजुली (कृषि), लालबाबु पण्डित (सामान्य प्रशासन), कर्णबहादुर थापा (उद्योग), भीम आचार्य (पर्यटन), खगराज अधिकारी (स्वास्थ्य) र दलबहादुर राना (भूमिसुधार) मन्त्री बनेका छन्। त्यस्तै, कांग्रेसका टेकबहादुर गुरुङ श्रम राज्यमन्त्री बनेका छन्। गुरुङलाई मन्त्री बनाउने वरिष्ठ नेता शेरबहादुर देउवाको प्रस्तावप्रति निकट नेताहरूले असन्तुष्टि जनाएपछि राज्यमन्त्रीको मात्र जिम्मेवारी दिइएको हो। निधि, यादव, साउद र गुरुङ देउवानिकट हुन्।
यसअघि नै विनाविभागीय मन्त्रीको शपथ लिएका रामशरण महतले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन्। उनले माघ २८ गते विनाविभागीय मन्त्रीको शपथ लिएका थिए। महामन्त्री सिंहलाई उपप्रधानमन्त्री बनाएपछि महत बेखुसी बनेको निकटस्थले जनाएका छन्। 
नेकपा (माले) लाई विज्ञान तथा प्रविधि र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने सहमति भएको छ। मंगलबार नै ती दुई दलबाट सरकारमा सहभागी हुने मन्त्रीलाई शपथ गराउने भनिए पनि उनीहरूले नाम दिन सकेनन्। 
कांग्रेसबाट सरकारमा सहभागी गुरुङबाहेक सबै केन्द्रीय समितिमा छन्। कांग्रेसले काठमाडौंबाट सिंह र नरहरि तथा मोरङबाट महेश र रिजाल दुई–दुईजनालाई मन्त्री बनाएको छ। महेश र रिजाल दुवै मोरङ ६ बाट प्रतिनिधित्व गर्छन्। यादव र रिजालबाहेक अन्य भने संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित भएका हुन्। कोइराला नेतृत्वको सरकारमा दलित समुदायबाट मन्त्री परेनन्। मन्त्रिमण्डमा दुईजना महिला परेका छन्। कांग्रेस–एमाले दुवै दलले एक–एक महिलालाई मन्त्री बनाएका छन्। 
एमालेबाट आधाभन्दा बढी गैरसभासद
एमालेबाट मन्त्री बनेका १० मध्ये ६ जना गैरसभासद छन्। महेन्द्र पाण्डे, खगराज अधिकारी, राधा ज्ञवाली, लालबाबु पण्डित, दलबहादुर राना र हरि पराजुली गैरसभासद हुन्। यसबाहेक गौतम बर्दिया १ र प्युठान १, आचार्य सुनसरी ६, पौडेल बारा ६ र थापा बाजुराबाट प्रत्यक्षमा निर्वाचित भएका हुन्। 
एक वर्षभित्र संविधान निर्माणमा ध्यान केन्द्रित गर्न प्रत्यक्ष निर्वाचित हुने र समानुपातिकमा नपरेकालाई प्राथमिकता दिएको एमाले सचिव शंकर पोखरेलले बताए। ‘नयाँ व्यक्तिलाई प्राथमिकता दिने नीतिअनुसार छनौट गरिएको हो,' उनले नगारिकसँग भने, ‘स्थायी कमिटीले तय गरेको मापदण्ड मोटामोटी लागू भएको छ।' 
एमालेले संसदीय दलका नेता केपी शर्मा ओलीको सिफारिसमा ४, अध्यक्ष झलनाथ खनालबाट ३ र उपप्रधान तथा गृहमन्त्री गौतमको सिफारिसमा २ जना मन्त्रीमण्डलमा पठाएको छ। निर्णय प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आएका वरिष्ठ नेता माधवकुमार नेपालले मन्त्रीको नाम दिन अस्वीकार गरेका थिए। उनले केन्द्रीय कमिटी बैठकमा आफ्नो असन्तुष्टि व्यक्त गर्ने तयारी गरेको स्रोतले बतायो। उनी मन्त्री छान्न सोमबार बसेको स्थायी समिति बैठकमा समेत गएनन्। केन्द्रीय कार्यालयको सट्टा ओली भर्ना भएको ग्रान्डी अस्पतालमै बैठक डाकिएकाले आफू नगएको उनले बताएका छन्। 
ओलीले सिफारिस गरेकामा खगराज अधिकारी, महेन्द्र पाण्डे, कर्ण थापा र राधा ज्ञवाली हुन्। भीम आचार्य, लालबाबु पण्डित र पुरुषोत्तम पौडेल अध्यक्ष खनाल सिफिारिसका हुन् भने दलबहादुर राना र हरि पराजुली गौतम तर्फबाट मन्त्री बनेका हुन्। खनालको सिफारिसमा मन्त्री बनेका पण्डित नेपाल निकट मानिन्छन्। पाण्डे पनि लामो समय नेपाल निकट थिए। पछिल्लो समय नेपालसँग असन्तुष्ट भएपछि ओलीले सिफारिस गरेका हुन्। ज्ञवाली पछिल्लो समय गौतमलाई छाडेर ओलीसँग निकट छिन्। उनी पार्टी विभाजन हुँदा गौतम नेतृत्वको नेकपा मालेमा थिइन्।
एमालेले मन्त्रिपरिषदमा पठाएका १० मध्ये ८ जना नयाँ अनुहार हुन्। अधिकारी, पाण्डे, थापा, पराजुली, राना, पण्डित, पौडेल र आचार्य नयाँ अनुहार हुन्। गौतमको मन्त्रिपरिषदमा ‘ह्याटि्रक' हो भने बाबुराम भट्टराई नेतृत्वको सरकारमा ज्ञवाली ८ दिन ऊर्जामन्त्री बनेकी थिइन्। 
कांग्रेस र एमालेका वार्ताटोलीले आइतबार १०–१० मन्त्रालय बाँड्ने सहमति गरेका थिए। प्रधानमन्त्रीसँग रक्षा मन्त्रालय छ भने अन्य दललाई सरकारमा सहभागी गराउन शान्ति तथा पुनर्निर्माण, सहरी विकास र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय बचाएर राखिएको छ। प्रधानमन्त्रीकै पार्टी कांग्रेसले पाएका १० मध्ये ४ मन्त्रालय वरिष्ठ नेता देउवा पक्षले पाएको छ। आवास तथा भौतिक योजना, शिक्षा, श्रम र सिँचाइ मन्त्रालय देउवा पक्षको भागमा परेको हो। गृह मन्त्रालय एमालेलाई दिनै नसकिने अडान राख्दै आएका प्रधानमन्त्री कोइराला शनिबार साँझ पूर्ववत अडानबाट पछाडि हटेका थिए। 
‘संविधान निर्माण प्राथमिकता' 
नवनियुक्त मन्त्रीहरूले संविधान निर्माण र जनताको दैनिक जीवनस्तरलाई सहज बनाउनु वर्तमान सरकारको प्राथमिकता भएको बताएका छन्। 
पद तथा गोपनीयताको शपथपछि सञ्चारकर्मीसँग उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले संविधान निर्माणमा सहयोग गर्नु सरकारको पहिलो काम भएको बताए। ‘छ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्दै एक वर्षभित्र संविधान जारी गर्नका लागि सहयोग गर्नु सरकारको पहिलो काम हो,' गौतमले भने, ‘सरकार त्यसमा मन, वचन र कर्मले लाग्छ।' मुलुकमा शान्तिसुरक्षा र अमनचयन कायम गर्न सरकार लागिपर्ने उनको प्रतिबद्धता थियो। 
भौतिक योजना मन्त्री विमलेन्द्र निधिले सरकारले लोकतान्त्रिक संविधान निर्माणलाई नै प्राथमिकतामा राखेर काम गर्ने बताए। ‘सरकारले जनताको दैनिक जीवनमा आइपर्ने सुख–दुःखलाई सहज र सरल बनाउनुका साथै विकास निर्माणका कामलाई पनि अघि बढाउनुपर्छ,' निधिले भने।
दलीय व्यवस्थामा पार्टीभित्र र पार्टीहरूबीच वादविवाद चलिरहने भन्दै निधिले असहमतिलाई पनि सहमतिमै टुंग्याउने दाबी गरे। ‘वादविवाद र असहमतिका बीच पार्टीभित्र र पार्टी–पार्टीबीच सहमतिमा पुगेकै छौं,' उनले भने, ‘राष्ट्रिय दायित्व पूरा गर्न मिलेर अघि बढ्नुको विकल्प छैन।'


अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस