काठमाडौं– एकीकृत नेकपा माओवादीकी सभासद ओनसरी घर्तीमगर संविधानसभा उपाध्यक्षमा निर्वाचित भएकी छन्। संविधानसभा भवन नयाँ बानेश्वरमा बुधबार भएको मतदानमा घर्तीमगरले ४ सय ८४ मत प्राप्त गरिन्। उपस्थित ४ सय ८९ मध्ये ५ मत उनको विपक्षमा पर्योर। चार सिट रहेको नेपाल मजदुर किसान पार्टी र एक सिट रहेको नेपाः राष्ट्रिय पार्टीले मात्रै विपक्षमा मतदान गरेको थियो।संविधानसभा बैठकमा एकीकृत माओवादीका सभासद कृष्णबहादुर महराले घर्ती मगरको उम्मेवारी प्रस्तुत गर्दै उपाध्यक्षमा पार्टी अनिच्छुक हुँदाहुँदै पनि सहमतिको राजनीतिका लागि उम्मेवार बनाएको बताएका थिए। 'उम्मेदवार दिन इच्छुक थिएनौं। सबै राजनीतिक दलको आग्रहमा संविधान निर्माणमा सहमतीय राजनीति अघि बढाउन हाम्रो उम्मेदवारी हो,' महराले भने, 'संविधान निर्माणका लागि संविधानसभाभित्र र बाहिर भएका सबै दलको सहमति आवश्यक छ।'
कांग्रेसका आनन्दप्रसाद ढुंगाना, एमालेका भीम आचार्य र फोरम लोकतान्त्रिककी गीता क्षेत्री राणा घर्तीमगरको समर्थक थिए। 'संविधानसभामा एकै स्थानमा उभिएर संविधान निर्माण गर्न प्रतिबद्ध बनेर समर्थन गरेका हौं,' नेपाली कांग्रेसका सभासद ढुंगानाले भने।
एमालेका सभासद आचार्यले घर्ती मगरको उम्मेवारीलाई निर्विरोध गरेर सहमतिको राजनीतिलाई अघि बढाउन आग्रह गरेका थिए। फोरम लोकतान्त्रिकका राणाले प्रत्यक्षतर्फ जित्ने एक मात्रै जनजाति महिलालाई निर्विरोध गर्न माग गरेकी थिइन्।
उपाध्यक्षमा नेमकिपाकी अनुराधा थापाले पनि उम्मेदवारी दिएकी थिइन्। नेमकिपाका सुनील प्रजापतिले संविधानसभाका शाषित दलहरूको तर्फबाट थापाको उम्मेवारी भएको बताएका थिए। 'संविधानसभाभित्र शासक र शाषित दल छन्। यो दुई/तीनवटा शासकको तानाशाहीविरुद्ध थापाको उम्मेवारी हो,' उनले भने।
व्यवस्थापिका संसदमा उपसभामुखको समेत जिम्मेवारी घर्तीमगरको रहनेछ। संविधानसभा अध्यक्ष सुवास नेम्वाङले उनलाई बुधबारै संविधानसभा भवन नयाँ बानेश्वरमा पद तथा गोपनीयताको शपथ गराएका थिए।