काठमाडौं– कांग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारलाई समर्थन गरेका साना १० दलले चार मन्त्रालय मागेका छन्। प्रधानमन्त्री कोइरालालाई सरकारी निवास बालुवाटारमा बुधबार भेटेर ती दलले राज्यमन्त्रीसहित चार मन्त्री पाउनुपर्ने उल्लेख गर्दै पाँचबुँदे माग पेस गरेका थिए। उनीहरूले सरकारलाई समावेशी बनाउन तथा सबैको प्रतिनिधित्व गराउन चार मन्त्रालय दिनुपर्ने, न्यूनतम साझा नीति तथा कार्यक्रममा साना दललाई सहभागी गराउनुपर्ने, दलीय छलफलमा साना दलको प्रतिनिधित्व गराउनुपर्नेलगायत माग राखेका हुन्।
जवाफमा प्रधानमन्त्री कोइरालाले सबैको चित्त बुझाएर सरकारलाई पूर्णता दिने आश्वासन दिएका थिए। कोइरालाले सबै दलको सहमतिमा मात्रै एक वर्षभित्र संविधान निर्माण सम्भव रहेको बताए। प्रधानमन्त्री कोइरालालाई साना दलको तर्फबाट परिवार दल, समाजवादी जनता पार्टी, नेपाली जनता दल, खम्बुवान मोर्चा, नेपाः राष्ट्रिय पार्टी र दुई स्वतन्त्र सभासदले भेटेका हुन्।