काठमाडौं- संविधानसभा/व्यवस्थापिका संसद सचिवालयले सभासदको शैक्षिक योग्यताको विवरण सार्वजनिक गर्ने भएको छ। सूचना अधिकारी समाजका अध्यक्षसमेत रहेका राष्ट्रिय सतर्कता केन्द्रमा कार्यरत उपसचिव शेरबहादुर ढुंगानाले सूचनाको हक अनुरूप सभासदको शैक्षिक योग्यता विवरण मागेपछि सचिवालयले विवरण सार्वजनिक गर्ने भएको हो।
सभासदको शैक्षिक योग्यता विवरण, एसएलसी वा सोमाथिको बोर्ड, विश्वविद्यालय र पूरा ठेगानासमेत माग गरिएको पत्रको जवाफमा छिट्टै सभासदको शैक्षिक योग्यताको विवरण सार्वजनिक गर्ने सचिवालयले जनाएको छ। 'हाल संकलन भइसकेको छैन, सभासदको शैक्षिक योग्यताको विवरण छिट्टै संकलन गरेर उपलब्ध गराउँछौं,' सचिवालयका सूचना अधिकारी दशरथ धमलाले भने।
सभासद बन्नका लागि शैक्षिक योग्यता अनिवार्य नभए पनि सभासदले आफूखुसी शैक्षिक योग्यता लेख्दा नक्कली शैक्षिक योग्यता देखाउनेलाई झनै प्रोत्साहन मिलेको भन्दै ढुंगानाले सचिवालयमा विवरण मागेका थिए। उनले सूचनाको हकसम्बन्धी ऐन २०६४ परिच्छेद २ दफा ३ अनुसार सभासदको योग्यताको विवरण मागेका हुन्।
ढुंगानाले सार्वजनिक ओहोदामा रहेकाले नै नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र प्रयोग गरेको घटना बढ्दै गएकाले सभासदको योग्यता विवरण सार्वजनिक हुनुपर्ने बताए। 'संसद बन्न शैक्षिक योग्यता चाहिँदैन,' उनले भने, 'तर प्रमाणपत्र बुझाउनु नपर्ने भएपछि सभासदहरूले जथाभावी शैक्षिक योग्यता नराखून् र जनतालाई आफ्ना प्रतिनिधिको योग्यता जानकारी होस् भन्नका लागि विवरण सार्वजनिक हुनुपर्छ।'
सभासद, सरकारी कर्मचारीलगायत सार्वजनिक सेवामा कार्यरत व्यक्तिको शैक्षिक योग्यताको विवरण आम नागरिकलाई जानकारी दिनुपर्ने ढुंगानाको तर्क छ। सभासदले आफ्नो शैक्षिक योग्यताको विवरण खुलाए अन्य सार्वजनिक सेवामा कार्यरत व्यक्तिमा पनि सकरात्मक असर पर्ने उनको दाबी छ।