'संघीयता बहस दीर्घकालीन'
१५ फागुन २०७०
•
४ मिनेट पाठ
'संघीयता बहस दीर्घकालीन'
काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले जातीय संघीयता, छुट्टिन पाउने आत्मनिर्णयको अधिकार र संघीयताविरोधी शक्तिको पराजय दोस्रो संविधानसभामा मात्र सीमित नभै दीर्घकालीन हुने निष्कर्ष निकालेका छन्।नवौं महाधिवेशनको दस्तावेज मस्यौदा कमिटीका प्रस्तावित संयोजक गौतमले तयार पारेको राजनीतिक प्रतिवदेनमा 'जातीय संघीयता र आत्मनिर्णयको अधिकारको विरोधमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेबीच आगामी दिनमा मुख्य प्रतिस्पर्धा हुने' उल्लेख छ। एकीकृत माओवादीले भने जातीय संघीयता र आत्मनिर्णयको अधिकारको एजेन्डा उठाएको छ।
गौतमले केन्द्रीय सदस्यहरूलाई बाँडेको 'वर्तमान परिस्थिति र नेकपा एमालेको मार्गदिशा' नामको प्रतिवदेनमा भनिएको छ, 'भावी दिनमा नेपाली श्रमजीवी वर्गको वास्तविक प्रतिनिधि नेकपा एमाले र नेपाली पुँजीपति वर्गको प्रतिनिधित्व नेपाली कांग्रेसबाट हुनेछ, एमाओवादी र हत्याहिंसा तथा अराजकताको राजनीतिक आधारमा टिक्न खोज्नेहरूको अस्तित्व समाप्त हुने छ।' देश संघीयतामा जाने भएकाले क्षेत्रीय दल केही समयसम्म अस्तित्वमा रहने पनि दाबी गरिएको छ। 
उक्त प्रतिवेदनमा कांग्रेससँग एकता र सहकार्यको सम्बन्ध रहने उल्लेख गरिएको छ। माओवादीले आफूलाई सुधारे कम्युनिस्ट पार्टीबीच एकता हुनसक्ने पनि प्रतिवेदनमा औंल्याइएको छ। 
नेपाली समाजको आर्थिक तथा सामाजिक चरित्र परिवर्तन भएर पुँजीवादी भएको ठहर प्रतिवेदनमा गरिएको छ। पछिल्लो समय अध्यक्ष झलनाथ खनालले यो स्वीकार गरेका छन् भने वरिष्ठ नेता माधवकुमार नेपालको पनि यसमा सकारात्मक धारणा छ। गौतमको प्रतिवेदनमा पार्टीको आगामी कार्यदिशा राष्ट्रिय पुँजी विकास गर्ने र नेपाली विशेषताको समाजवादतर्फ उन्मुख हुने उल्लेख छ। 
आठौं महाधिवेशनमा त्यसबेला केन्द्रीय कमिटीमा नरहेका घनश्याम भुसाल, योगेश भट्टराई, विजय पौडेल, रवीन्द्र अधिकारी, रामकुमार झाँक्री, सूर्य थापासहित ३६ युवा नेताले नेपालको आर्थिक–सामाजिक चरित्र परिवर्तन भई पुँजीवादी भएको भन्दै पूरक प्रतिवदेन प्रस्तुत गरेका थिए। पछिल्लो चरणमा पोलिटब्युरो सदस्य सुरेन्द्र पाण्डेले पनि यही धारणा लिएका थिए। महाधिवेशनले भने नेपालको कम्युनिस्ट पार्टीले स्थापनादेखि भन्दै आएको समाजका वर्ग चरित्र अर्ध सामान्ती र अर्ध औपनिवेशक भएको प्रतिवेदन पारित गरेको थियो।
गौतमको प्रतिवेदनमा २०६५ जेठ १५ को घोषणालाई नेपाली समाजको 'राज्यसत्ता र सामाजिक आर्थिक ढाँचाको संरचनागत रूपान्तरण' भएको उल्लेख छ। जेठ १५ गते संविधानसभाले नेपालबाट राजतन्त्र अन्त्य गर्दै लोकतान्त्रिक संघीय गणतन्त्रात्मक मुलुक भएको घोषणा गरेको थियो। 
स्थायी कमिटीले गौतमको संयोजकत्वमा २५ सदस्यीय राजनीतिक प्रतिवेदन मस्यौदा कमिटी गठन गरेको छ। त्यही कमिटीले पार्टीका लागि राजनीतिक प्रतिवेदन तयार पारेर केन्द्रीय कमिटीमा प्रस्तुत गर्नेछ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस