प्रधानमन्त्री ट्रान्जिटमा १३ घन्टा बिताउने
१६ फागुन २०७०
•
६ मिनेट पाठ
प्रधानमन्त्री ट्रान्जिटमा १३ घन्टा बिताउने
काठमाडौं- आइतबार म्यानमार प्रस्थान गर्ने क्रममा प्रधानमन्त्री सुशील कोइरालाले साढे १३ घन्टा ट्रान्जिटमा बिताउनुपर्ने भएको छ। थाइल्यान्डको राजधानी बैंकक हुँदै म्यानमार जान लागेका कोइरालाले साढे १३ घन्टा बैंककस्थित विमानस्थल नजिकको होटलमा बिताउनेछन्। उच्चस्तरीय भ्रमणमा ‘ट्रान्जिट' समय निकै थोरै राखिने प्रचलन भए पनि प्रधानमन्त्रीको पहिलो विदेश भ्रमणमा आधा दिनभन्दा बढी समय ट्रान्जिटमा बिताउनुपर्नेछ।

‘बैंककमा ट्रान्जिट छ। प्रधानमन्त्रीज्यूले एक रात त्यहीँ बिताउनुहुनेछ,' प्रधानमन्त्री कोइरालाका विदेश मामला सल्लाहकार दिनेश भट्टराईले नागरिकसँग भने, ‘बैंककमा उहाँलाई विमानस्थल वरपरकै एक होटलमा राखिनेछ।'
थाइल्यान्डमा अहिले सरकारविरोधी दलले आन्दोलन चर्काइरहेकाले बाहिर निस्कने वातावरण छैन। मिलेसम्म विमानस्थलभित्रैको होटल, नभए नजिकैको होटलमा राख्ने उनले जनाए। 
प्रधानमन्त्री कोइराला बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगसम्बन्धी बंगालको खाडीको प्रयास (बिमस्टेक) को तेस्रो शिखर सम्मेलनमा सहभागी हुन १५ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। उनी सोमबार दिउँसो २ बजे काठमाडौंबाट थाई एयरवेजमा बैंककतर्फ जानेछन्। स्थानीय समयअनुसार साँझ ७ बजे उनी बैंकक पुग्नेछन्। त्यसपछि साढे १३ घन्टा उनले त्यहाँ बिताउनेछन्। 
स्थानीय समयअनुसार सोमबार बिहान साढे ८ बजे बैंककबाट उनी म्यानमारतर्फ जानेछन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार कोइरालालाई लिन म्यानमारले बैंककसम्म विशेष विमान पठाउनेछ। सोही विमानमा प्रधानमन्त्री कोइराला बिमस्टेकको तेस्रो शिखर सम्मेलन आयोजनास्थल नेप्यित (राजधानी) पुग्नेछन्। स्वदेश फर्किने क्रममा पनि उनी म्यानमार सरकारले उपलब्ध गराएको विशेष विमानमै बैंककसम्म आउने स्रोतले जनायो। प्रधानमन्त्री कोइरालाका विदेश मामला सल्लाहकार भट्टराईले भने म्यानमारले यङ्गुनबाट मात्र विशेष विमानमा कोइरालालाई राजधानी नेप्यित पुर्या्इने जनाए। 
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार बैंककबाट डेढ घन्टाको उडानमा उनी नेप्यित पुग्नेछन्। मात्र डेढ घन्टाको उडानको प्रतीक्षा भने साढे १३ घन्टा लामो हुनेछ। 
नेप्यित पुगेको आधा घन्टाभित्रै प्रधानमन्त्री कोइरालाले म्यानमारका राष्ट्रपति थियन सेनसँग भेटवार्ता गर्नेछन्। सोमबार नै उनले भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग पनि भेटवार्ता गर्नेछन्। भट्टराईका अनुसार सिंहसँग द्विपक्षिय हितका विषयमा छलफल हुनेछ भने त्यहीबेला कोइरालाले सिंहलाई नेपाल भ्रमणको निम्ताबारे सम्झाउनेछन्।
उनले बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदसँग पनि ‘साइड लाइन मिटिङ' गर्नेछन्। नोबेल शान्ति पुरस्कार विजेता म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीसँग पनि उनले भेटवार्ता गर्ने जनाइएको छ। बिमस्टेककै अवसरमा भुटानका प्रधानमन्त्रीसँग पनि नेप्यितमा द्विपक्षीय वार्ता तय भइसकेको छ।
नेपाल, भारत, थाइल्यान्ड, म्यानमार, बंगलादेश, श्रीलंका र भुटान गरी सात राष्ट्र बिमस्टेक सदस्य छन्। सातै राष्ट्राध्यक्ष तथा सरकारप्रमुख सम्मेलनमा हुनेछन्। ‘सहभागी हुने सबै देशका डेलिगेसन प्रमुखसँग साइड लाइन मिटिङ गर्ने प्रयास गरिरहेका छौं,' भट्टराईले भने। 
प्रधानमन्त्री कोइरालाको नेतृत्वमा म्यानमार जाने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री महेन्द्र पाण्डे, निमित्त परराष्ट्र सचिव शंकर वैरागी, शिष्टाचार महापाल कालीप्रसाद पोखरेल, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार दिनेश भट्टराई, परराष्ट्रका सहसचिव अर्जुनकान्त मैनाली, म्यानमारस्थित राजदूत पारस घिमिरे, थाइल्यान्डस्थित कार्यबाहक राजदूत डोरनाथ अर्याल, प्रधानमन्त्रीका सुरक्षा अधिकृत प्रकाश देउजा (सेना) र महेन्द्र मरासैनी (प्रहरी) र नेपाल टेलिभिजन र राससका एक/एक पत्रकार छन्।
बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री पाण्डे शनिबार त्यसतर्फ प्रस्थान गर्दैछन् भने निमित्त परराष्ट्र सचिव वैरागी शुक्रबारै गइसकेका छन्। 
शिखर सम्मेलन शनिबारदेखि मंगलबारसम्म (मार्च १–४) चल्नेछ। प्रधानमन्त्री कोइराला बिहीबार स्वदेश फर्कने कार्यक्रम छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस