काठमाडौं– तीन ठूला वामपन्थी दल नेकपा एमाले, एकीकृत नेकपा माओवादी र नेकपा–माओवादी अहिले जिल्ला सम्मेलनमा व्यस्त छन्। संविधानसभामा सबैभन्दा ठूलो वामपन्थी दल एमाले नवौं महाधिवेशनको पूर्वसन्ध्या तथा दोस्रो ठूलो दल एमाओवादी र संविधानसभा बाहिर रहेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा जिल्ला सम्मेलनमा व्यस्त छन्।एमालेले जेठ ३ गते हुने भनिएको पार्टीको नवौं महाधिवेशन तयारीका लागि जिल्ला सम्मेलन गर्न लागेको हो। चैत मसान्तसम्म जिल्ला सम्मेलन सम्पन्न गर्नेगरी एमाले जिल्ला सम्मेलनमा व्यस्त छ।
त्यसैगरी, पार्टीभित्र उत्पन्न 'पहिचान र अलग धार' को वैचारिक बहस तथा संगठन निर्माणका प्रश्नलाई लिएर वैशाख १८ गते बोलाइएको राष्ट्रिय सम्मेलनका लागि एमाओवादी चैत मसान्तभित्र जिल्ला सम्मेलन सम्पन्न गर्ने योजनामा छ। त्यसका लागि फागुन २१ गते जिल्ला सम्मेलन आयोजक समितिका संयोजकलाई काठमाडौंमा डाकिएको छ।
फागुनभित्रै जिल्ला सम्मेलन सम्पन्न गरी राष्ट्रिय सम्मेलनमा जान वैद्य नेतृत्वको माओवादीको जिल्ला सम्मेलन जारी छ। चितवनलगायतका जिल्ला अधिवेशन सम्पन्न गरिसकेको माओवादीले अन्य जिल्लामा पनि तयारी तीव्रता दिइरहेको छ।