प्रधानमन्त्री कोइराला म्यानमार प्रस्थान
१८ फागुन २०७०
•
६ मिनेट पाठ
प्रधानमन्त्री कोइराला म्यानमार प्रस्थान
काठमाडौं– प्रधानमन्त्री सुशील कोइराला बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगसम्बन्धी बंगाल खाडीको प्रयास (बिमस्टेक) को तेस्रो शिखर सम्मेलनमा सहभागी हुन म्यानमार प्रस्थान गरेका छन्। १५ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै काठमाडौंबाट आइतबार दिउँसो २ बजे उडेका कोइराला सोमबार बिहान मात्र म्यानमारको राजधानी नेप्यित पुग्नेछन्।म्यानमार प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पत्रकारसँग प्रधानमन्त्री कोइरालाले भ्रमण महŒवपूर्ण र परिणाममुखी हुने बताए। 
कोइरालाले एक रात बैंककमा बिताउनेछन्। बैंककको स्वर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई थाइल्यान्डस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत डोरनाथ अर्याल, थाइल्यान्ड विदेश मन्त्रालयका उपमहानिर्देशक सारिकान फोलोमोनीले स्वागत गरेका थिए। दूतावासका अनुसार प्रधानमन्त्री कोइरालालाई विमानस्थलनजिकको होटलमा राखिएको छ। 
प्रधानमन्त्री कोइरालासँग म्यानमार जानेमा परराष्ट्रमन्त्री महेन्द्र पाण्डे, निमित्त परराष्ट्र सचिव शंकर बैरागी, शिष्टाचार महापाल कालीप्रसाद पोखरेल, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार दिनेश भट्टराई, परराष्ट्रका सहसचिव अर्जुनकान्त मैनाली, म्यानमारका लागि नेपाली राजदूत पारस घिमिरे, थाइल्यान्डस्थि नेपाली दूतावासका कार्यवाहक राजदूत डोरनाथ अर्याल, प्रधानमन्त्रीका सुरक्षा अधिकृत प्रकाश देउजा (सेना) र महेन्द्र मरासैनी (प्रहरी) र नेपाल टेलिभिजन तथा राससका एक–एकजना पत्रकार छन्। 
परराष्ट्रमन्त्री पाण्डे र निमित्त परराष्ट्र सचिव बैरागी म्यानमार पुगिसकेका छन्। शनिबार सुरु भएको बिमस्टेक शिखर सम्मेलनमा आइतबार सदस्य राष्ट्रका विदेश सचिवस्तरीय बैठक सम्पन्न भएको छ भने सोमबार विदेशमन्त्रीस्तरीय बैठक हुनेछ। सदस्य राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखको बैठक भने मंगलबार हुनेछ। 
नेपाल, भारत, थाइल्यान्ड, म्यानमार, बंगलादेश, श्रीलंका र भुटान गरी बिमस्टेकमा सात राष्ट्र सदस्य छन्। बैठकमा सबै सदस्य राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख सहभागी हुनेछन्।
प्रधानमन्त्री कोइरालाले सोमबार बिहान नेप्यित पुगेलगत्तै म्यानमारका राष्ट्रपति थियन सेनसँग भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसपछि उनले भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग 'साइडलाइन' भेटवार्ता गर्नेछन्। द्विपक्षीय भेटवार्तामा उनले भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दोहोर्यातउनेछन्। 
परराष्ट्र मन्त्रालयका अनुसार उनले बिमस्टेकको साइडलाइनमा कोइरालाले बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद, नोबेल शान्ति पुरस्कार विजेता म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसान सू चीसँग पनि भेटवार्ता गर्नेछन्। 
सम्मेलनमा बिमस्टेकले निर्धारण गरेका वाणिज्य, लगानी, ऊर्जा, गरिबी निवारण, यातायात तथा पूर्वाधार, कृषिलगायत १४ वटा सहयोग क्षेत्रमा छलफल हुने परराष्ट्रले जनाएको छ। क्षेत्रीय सहकार्य र सहयोगलाई प्रभावकारी तथा उत्पादनशील बनाउन सम्मेलनले महत्वपूर्ण निर्णय लिने जनाइएको छ। बिमस्टेकको सचिवालय स्थापना, मौसम तथा जलवायु केन्द्र स्थापना र सांस्कृतिक आयोग गठन गर्न सम्मेलनमा तीनवटा सहमतिपत्रमा हस्ताक्षर हुनेछ। सदस्य राष्ट्रको राष्ट्राध्यक्ष तथा सरकार प्रमुखको उपस्थितिमा परराष्ट्र तथा विदेशमन्त्रीले सहमतिपत्रमा हस्ताक्षर गर्ने परराष्ट्रले जनाएको छ। 
बंगलादेशको राजधानी ढाकाका स्थापना हुने बिमस्टेक सचिवालयको महासचिवमा मनोनयन गरिएका सुमिथ नाकान्डालालाई सम्मेलनले अनुमोदन गर्नेछ। म्यानमार सम्मेलनबाट नेपालले बिमस्टेकको अध्यक्षता लिनेछ। अध्यक्षता लिएपछि अर्को बिमस्टेक सम्मेलन नेपालले आयोजना गर्नेछ।


अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस