काठमाडौं- एमालेको नवौं महाधिवेशनको मिति तोक्न बसेको केन्द्र्रीय कमिटी बैठक अध्यक्ष झलनाथ खनालले समापन गर्न खोज्दा केन्द्रीय सदस्यहरूले विरोध गरेपछि लम्बिएको छ। फागुन १० गतेदेखि जारी बैठकले महाधिवेशनको मिति भने अझैसम्म टुंगो लगाउन सकेको छैन।आइतबारको बैठकमा महासचिव ईश्वर पोखरेलले धारणा राखेपछि अध्यक्ष खनालले बैठक समापन गर्न खोजेका थिए। लगत्तै केन्द्रीय सदस्यहरूले महाधिवेशनको मितिका विषयमा बोल्न नपाएको भन्दै आपत्ति जनाएका थिए। योगेश भट्टराई, अष्टलक्ष्मी शाक्य, ठाकुर गैरे, जगन्नाथ खतिवडा, राजेन्द्र राई, ममता गिरीलगायतका केन्द्रीय सदस्यले बैठकमा धारणा राख्न पाउनुपर्ने माग गरेका थिए। बैठक लम्बिएपछि एक दर्जन केन्द्रीय सदस्यले धारणा राख्न नाम लेखाएका छन्।
भट्टराईले गम्भीर सैद्धान्तिक विषयमा छलफल गर्न आवश्यक रहेकाले विगतको महाधिवेशनजस्तै यसपटक पनि छ महिना समय आवश्यक रहेको बताएका थिए। 'नेपाली समाजको वर्ग चरित्र के हो, २०६२/०६३ आन्दोलनलाई के भन्ने जस्ता विषयमा छलफल हुन आवश्यक छ,' उनले बैठकमा भनेका थिए।
केन्द्रीय सदस्य घनश्याम भुसाल, भट्टराईलगायतका केन्द्रीय सदस्यले नेपाली समाजको वर्गीय चरित्र परिवर्तन भएर पुँजीवादी बनेको बताउँदै २०६२/०६३ को आन्दोलनलाई जनक्रान्तिको संज्ञा दिने गरेका छन्। 'अन्तरिम संविधानमा क्रान्ति भन्ने, तर पार्टीको दस्तावेजमा जनआन्दोलन मात्रै भन्ने, समाजवादउन्मुख आर्थिक नीति अपनाउने भनेर लेख्ने, तर पार्टीको दस्तावेजमा अर्धसामन्ती भनेर लेख्ने? यी विरोधाभासपूर्ण विषयबारे महाधिवेशनमा छलफल हुनुपर्छ,' बैठकमा भट्टराईले भनेका थिए।
नेपालका कम्युनिस्ट पार्टीहरूले अहिलेसम्म नेपाली समाजको वर्गीय चरित्र अर्धसामन्ती र अर्ध औपनिवेशिक बताउँदै आएका छन्।
भट्टराईले नेतृत्व हस्तान्तरणलाई तीव्र पार्न केन्द्रीय कमिटीमा चार कार्यकालभन्दा बढी र अध्यक्ष तथा महासचिव दुई कार्यकालभन्दा बढी हुन नमिल्ने व्यवस्था गर्नुपर्ने धारणा राखेका थिए।
आइतबार बैठकमा नवौं महाधिवेशन कहिले र कसरी गर्ने भन्ने विषयमा केन्द्रीय कमिटीको मत विभाजित बनेको थियो। बैठकमा केही नेताले जेठभित्र नवौं महाधिवेशन गर्नुपर्ने र अन्यले सैद्धान्तिक विषयमा पर्याप्त छलफल गर्न समय आवश्यक भएकाले त्यहीअनुसार मिति तोक्नुपर्ने धारणा राखेका थिए। बैठकमा केन्द्रीय सदस्यहरू घनश्याम भुसाल, विजय पौडेल, परशुराम नेघी गुरूङ, वेदुराम भुसाल, अरुण नेपाललगायतका नेताले तयारीका लागि समय आवश्यक पर्ने बताएका थिए। हतारमा महाधिवेशन गर्न नहुने उनीहरूको राय थियो।
महासचिव पोखरेल, सचिव विष्णु पौडेल, केन्द्रीय सदस्य भानुभक्त ढकाल, मुकुन्द न्यौपाने, विष्णु रिजाललगायतले भने जेठभित्रै अधिवेशन गनुपर्नेमा जोड दिएका छन्। 'जेठ ३ गते नै महाधिवेशन गर्नुपर्छ भन्ने छैन तर जेठभित्रै अधिवेशन गरिनुपर्छ,' महासचिव पोखरेलको भनाइ उद्धृत गर्दै एक नेताले भने।
सचिव पौडेलले भने फागुन १३ पछि केन्द्रीय कमिटी अवैधानिक भएको बताएका थिए। विधानमा पाँच वर्षभित्र महाधिवेशन गर्ने व्यवस्था छ। बैठकमा सदस्यता नवीकरण र प्रमाणीकरणका लागि तीन महिना लाग्ने भन्दै संगठन विभागका प्रमुख तथा सचिव युवराज ज्ञवालीले शनिबार दिएको अभिव्यक्तिप्रति ढकाललगायतका केन्द्रीय सदस्यले आपत्ति जनाएका छन्।
'उहाँ (ज्ञवाली) प्रमुख रहेको संगठन विभागले माघभित्रै निर्णय गरेको थियो। उहाँ सचिवालय सदस्य पनि हुनुहुन्छ, सचिवालयले जेठ ३ गतेको मिति सुझाएको हो,' बैठकमा भानुभक्त ढकालले भनेका थिए, 'संगठन विभाग, सचिवालय र स्थायी कमिटीको बैठकमा यो विषयमा केही कुरा नगर्ने, तर केन्द्रीय कमिटी बैठकमा भने सकिँदैन भन्नु आश्चर्यजनक छ।' उनले पार्टीका जिम्मेवार नेताहरूले दोहोरो चरित्र प्रदर्शन गर्न नहुने पनि बताएका थिए।