भारतीय प्रधानमन्त्रीद्वारा बिजुलीमा सघाउने बाचा
१९ फागुन २०७०
•
७ मिनेट पाठ
भारतीय प्रधानमन्त्रीद्वारा बिजुलीमा सघाउने बाचा
काठमाडौं- भारतीय प्रधानमन्त्री मनमोहन सिंहले नेपालमा जलविद्युत परियोजना विस्तार गर्न आग्रह गरेका छन्। म्यानमारको राजधानी नेप्यितमा सोमबार प्रधानमन्त्री सुशील कोइरालासँग भेटवार्ता गर्दै सिंहले जलविद्युत परियोजना विस्तारबाट मात्र नेपालले दु्रत आर्थिक विकास गर्न सक्ने जनाएका हुन्।उनले जलविद्युत परियोजना विस्तारमा सहयोगको प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। ‘जलविद्युत परियोजना विस्तार गरे नेपालले छिट्टै आर्थिक उन्नति गर्नसक्छ,' कोइराला र सिंहको भेटवार्तामा सहभागी म्यानमारका लागि नेपाली राजदूत पारस घिमिरेले सोमबार टेलिफोनबाट नागरिकसँग भने, ‘परियोजना विस्तार गर्न नेपालले चाहे भारत सहयोग गर्न तत्पर छ।' 




बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगसम्बन्धी बंगालको खाडीको प्रयास (बिमस्टेक) को तेस्रो शिखर सम्मेलनमा सहभागी हुन म्यानमार पुगेका कोइराला र सिंहबीच २० मिनेट भेटवार्ता भएको थियो। उक्त भेटवार्ता जलविद्युत परियोजना विस्तारमै केन्द्रित भएको घिमिरेले जानकारी दिए।

‘भारतले सहयोग गर्ने इच्छा देखाए पनि खास योजनामा केन्द्रित भएर छलफल भएन,' उनले भने, ‘परियोजना विस्तार र सहयोगबारे कूटनीतिक च्यानलमार्फत कुराकानी अघि बढाउन नेताहरू सहमत भएका छन्।' 

मंगलबार हुने बिमस्टेकको तेस्रो शिखर सम्मेलनमा सहभागी हुन सदस्य राष्ट्रहरू नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्यान्डका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख सोमबार नेप्यित पुगेका हुन्। सोमबारै कोइराला र सिंहबीच बिमस्टेक सम्मेलनको ‘साइडलाइन' मा द्विपक्षीय वार्ता भएको थियो। राजदूत घिमिरेका अनुसार भेटवार्ताको सुरुवातमै भारतीय प्रधानमन्त्रीले कोइरालालाई प्रधानमन्त्री निर्वाचित भएकामा बधाई दिएका थिए। 

‘प्रधानमन्त्री निर्वाचित हुनुभएकोमा बधाई छ। मलाई असाध्यै खुसी लागेको छ। तपाईंले लोकतान्त्रिक आन्दोलनलाई नेतृत्व प्रदान गर्नुभएको थियो, अब नेपाल प्रगतिको बाटोतर्फ अघि बढ्छ भन्ने विश्वास लिएको छु,' भेटवार्तामा भारतीय प्रधानमन्त्रीको भनाइ उद्वृत गर्दै राजदूत घिमिरेले भने। 

भेटवार्तामा प्रधानमन्त्री कोइरालाले भारतसँग हुँदै आएको ‘व्यापार घाटा' को विषय उठाएका थिए। उनले नेपालले व्यहोर्दै आएको व्यापार घाटा कम गर्दै लानुपर्ने प्रस्ताव राखेका थिए। जवाफमा भारतीय प्रधानमन्त्रीले ‘हुन्छ' भनेको राजदूत घिमिरेले बताए। 

‘भारतीय प्रधानमन्त्रीले भारतीय सहयोगमा काठमाडौंमा बनेको ट्रमा सेन्टर छिट्टै नेपाललाई हस्तान्तरण गर्ने तयारीमा आफूहरू रहेको बताउनुभयो,' भेटवार्ताबारे राजदूत घिमिरेले भने, ‘प्रधानमन्त्रीज्यूले पनि आफूहरू जिम्मेवारी लिन तयार रहेको बताउनुभयो।'

भेटवार्तामा दुवै पक्षले नेपाल–भारत सहयोग तथा सहकार्यमा हुँदै आएका विकास निर्माणलाई निरन्तरता दिनुपर्नेमा सहमति जनाएका थिए। तराईमा निर्माणाधीन हुलाकी सडकलगायत विकास निर्माण अघि बढाउनुपर्ने भारतीय पक्षको भनाइ थियो। ‘जे–जेमा काम भएको छ, सबै अघि बढाउनुपर्छ भन्ने सहमति भयो,' उनले भने। 

भेटवार्ताकै क्रममा प्रधानमन्त्री कोइरालाले लामो समयदेखि भारतीय प्रधानमन्त्रीले नेपालको भ्रमण नगरेको स्मरण गराउँदै सिंहलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। सिंहले भने नेपाल आउने/नआउने बारे स्पष्ट जवाफ दिएनन्।

‘निर्वाचन नजिक आउँदैछ, म आउन मिल्ला–नमिल्ला, बरु तपाईं (कोइराला) भारत भ्रमणमा आउनुभए राम्रो हुन्थ्यो,' सिंहले जवाफ दिए। कोइरालाले भने ‘त्यसो नगरौं' भन्दै भारतीय समकक्षीलाई नै नेपालको भ्रमण गर्न आग्रह गरेका थिए। 

कोइरालाले सोमबारै भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग पनि भेटवार्ता गरेका थिए। कोइरालाले नेपालमा रहेका भुटानी शरणार्थीलाई स्वदेश फर्काउने कुरा उठाए पनि भुटानी समकक्षी भने मौन बसे।

भुटानी प्रधानमन्त्रीले पनि कोइरालालाई बधाई दिँदै नेपालबाट आफूहरूले सिक्नुपर्ने धेरै कुरा रहेको बताएका थिए। नेपाल–भुटानबीच धेरै समान कुरा रहेको जनाउँदै भुटानी प्रधानमन्त्रीले तिनै कुराको अधिकतम उपयोग गर्दै दुई देश अघि बढ्नुपर्ने बताएका थिए। प्रधानमन्त्री कोइराला सोमबारै म्यानमारका राष्ट्रपतिले आयोजना गरेको रात्रि भोजमा समेत सहभागी भए।

प्रधानमन्त्री कोइरालाले मंगलबार बिमस्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। त्यसअघि उनले म्यानमारका राष्ट्रपति थियन सेन, म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी, श्रीलंकाका राष्ट्रपति महिन्द्रा राजापाक्षे र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस