जुम्ली सिडिओका १३ महिना उपलब्धिपुर्ण
१७ असार २०७८
•
६ मिनेट पाठ
जुम्ली सिडिओका १३ महिना उपलब्धिपुर्ण
जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा जुम्ला आएको १३ महिना बित्यो। यो बीचमा उनले कोरोना रोकथाम तथा नियन्त्रणदेखि सुशासन र शान्ति सुरक्षा कायम गर्न निकै सक्रियता देखाए। सफल पनि भए।




कोरोना महामारीकै बीच जुम्लाको सिडिओ बनेर आएका थापा दुई पटक आफै संक्रमित भए। उनी यहाँका हरेक क्वारेन्टिन, आइसोलेसन र कोभिड अस्पतालमा पुगे। संक्रमितको उर्जा बने। आफू संक्रमित हुँदाको अनुभव सुनाउँदै हौसला प्रदान गरे। आफू संक्रमित हुँदा समेत कोरोना रोकथाम तथा नियन्त्रणको काम प्रभावित हुन दिएनन्। निरन्तर खटिरहे। कोरोना महामारीको मैदानमा कुशलता प्रदर्शन गरिरहे।

प्रमुख जिल्ला अधिकारी थापाले भने,‘कोरोना महामारीका बीच गाउँगाउँमा पुगेर सचेतना फैलाउने काम भयो। चित्किसक तथा स्वास्थ्यकर्मीलाई भरोसा दिने काम गरियो। कोरोना संक्रमणबाट बच्न नागरिकलाई सचेत पार्ने काम भयो । जसका कारण पहिलो कोरोना कहरमा कुनै पनि अप्रिय घटना भएनन् । ’

जुम्ला पुग्ने वित्तिकै उनले बार्षिक कार्ययोजना बनाए । कार्ययोजनाअनुसार काम गर्न थालेपछि प्रशासनिक काम गर्न निकै सहज बन्यो । नागरिकले सहजै रुपमा सिडिओसंग भेटेर पिरमर्का राख्न सक्ने भए । कोरोनाको दोस्रो लहरमा पनि प्रमुख जिल्ला अधिकारी थापा कोभिड १९ संकट व्यवस्थापन केन्द्रका पदाधिकारी लिएर हरेक स्थानीय तहका आइसोलेसनमा पुगे। उनले आइसोलेसन र कोभिड अस्पतालको व्यवस्थापनका बारेमा चासो राखे । स्थानीय तह संगको समन्वय बढाए।

दातृनिकायबाट प्राप्त हुने राहत एकद्धार प्रर्णालीबाट वितरण गर्ने परिपार्टीको विकास भएको छ । प्रमुख जिल्ला अधिकारी थापाले भने,‘जुम्लामा बढ्दो कोरोना संक्रमण दर रोकथाम तथा नियन्त्रणमा गरिएको काम प्रति सन्तुष्ट छु ।’ जुम्ला पुगेपछि सडक मानव व्यवस्थापन गरे। स्थानीयतह र सरकारी तथा गैरसरकारी निकायसंग सहकार्य गरेर सडक मानवलाई व्यवस्थापन गरेको उनले बताए।

राजमार्ग सुरक्षा योजना, मनसुन जन्य प्रकोप प्रतिकार्य योजना बनाए। जसले प्रकोप तथा विपदमा शिघ्र उद्धार तथा राहत प्रदान गर्न सहयोग पुर्याएको थियो। जिल्लाको सुशासन कायम गर्न जिल्ला प्रशासन सुधार योजना बनेको छ। प्रशासन सुधार योजना ९५ प्रतिशत कार्यन्वयन भइसेकेका प्रमुख जिल्ला अधिकारी बताउँछन।

उनी भन्छन्,‘विपदमा परेका नागरिकलाई २४ घण्टाभित्र राहत प्रदान गर्न सकियो। छिटो रेसपोन्स गरेर प्रशासनको उपस्थिती प्रभावकारी बनाउन सकियो। यसैमा खुसी छु। ’ उनी आएदेखि प्रशासन कार्यालयमा डिजिटल नागरिक वडापत्र राखिएको छ। प्रशासनिक कामकाज सहजै रुपमा नागरिकले थाहा पाउन थालेका छन्। प्रशासनको सेवाप्रवाह छिटो, छरितो र चुस्त दुरुस्त बनाउन मोवाइल एप्स निर्माण भएको छ। टोकन प्रर्णालीबाट सेवा प्रारम्भ भएको छ।

सर्वसाधारण नागरिकका लागि हुलाक काउण्टर प्रशासन कार्यालय भित्रै खोलिएको छ। महंगोमा बजारमा हुलाक टिकट किन्नु परेको छैन। बजारमा महंगो रकमले टिकट खरिद गर्नु पर्ने बाध्यता हटेको छ। पटक पटक संघ, प्रदेश माताहत कार्यालयमा पुगेर सेवाप्रवाहका बारेमा जानकारी लिने काम भएको थियो । सेवालाई प्रभावकारी र जनमैत्री बनाउन प्रशासन सुधार कार्ययोजना कार्यन्वयनका लागि आग्रह गरिएको थियो।

जुम्लामा शान्ति सुरक्षा, सुशासन कायमदेखि सरकारी सेवाप्रवाहलाई प्रभावकारी बनाउन निकै प्रयत्न भएपनि स्थानीयबाट सहयोग नपाएको दुखेसो प्रमुख जिल्ला अधिकारी थापाको छ। उनले भने,‘ गाउँगाउँमा पुगियो । कोरोनाविरुद्ध जुट्न सचेतना फैलाइयो। जनहितका कार्यमा जोड दिइयो। तर अफवाह फैलाएर नकरात्मक टिकाटिप्पणी भयो । पहिलो चरणको कोरोना रोकथाममा निकै सक्रियता देखिएका स्थानीय तहले दोस्रो लहरमा चासो दिएनन्। उनले भने,‘स्थानीयतहले पछिल्लो समयमा कोरोना नियन्त्रणमा खासै चासो राखेनन। तर गाउँगाउँमा केभिड १९ संकट व्यवस्थापन टोली पुग्यो। सचेतना फैलायो । संक्रमितको भरोसा बनिरह्यो। ’

उनले बजेटको सिमितताले डिजिटल टोकन प्रर्णालीबाट सेवाप्रवाह गर्ने कामको शुरुवात गर्न नसकेको प्रति दुख व्यक्त गरे। उनले भने,‘प्रशासनले निकै जनपक्षीय काम गरेको छ। आगामी दिनमा यी कामको मूल्यांकन हुनेछ। नागरिकलाई सेवाप्रवाहमा कुनै समस्या आउन दिइएको छैन। कुनै पनि नागरिकले प्रशासन प्रति प्रश्न उठाउने ठाउँ छैन। ’

जुम्ला कालिकोटको सिमानामा किडसहितको हेल्थ डेस्क राखिएको छ। जिल्लाबाहिरबाट आउने हरेक व्यक्तिले स्वास्थ्य परीक्षण गरेर मात्र जिल्ला भित्रिने गरेका छन्। जहाज चलेको अवस्थामा विमानस्थलमा पनि हेल्थ डेस्क स्थापना गर्ने गरिएको छ।

प्रमुख जिल्ला अधिकारी थापाका अनुसार यो बीचमा चुनौतिसंगै शान्ति सुरक्षाको अवस्थालाई मजबुत राख्न सकियो । कर्णालीकै प्रशिद्ध चन्दननाथ मन्दिरको मूर्ति खोजी गर्नेदेखि मूर्ति चोरीमा संलग्नलाई कानूनी दायरामा ल्याउन सकिएको छ । यो निकै ठूलो उपलब्धि हो।

प्रमुख जिल्ला अधिकारी थापाले प्रशासनमा परेका ९० प्रतिशत उजुरी उपर कार्वाही भइसकेको बताए। पहिलो पटक स्थानीय सिडिओ आउँदा निकै आशा र अपेक्षा थिए। सबै अपेक्षा सम्बोधन नहुन सक्छन्। तर अधिकांश अपेक्षाको सम्बोधन गर्न सफल भएको उनी बताउँछन्।  

नागरिक सेवाप्रवाहलाई प्रभावकारी बनाउन सके। कोरोना महामारीका कारण जनसम्बन्ध विस्तार गर्न छलफल, संवाद, भेटघाट घनिभूत रुपमा हुन सकेन। तर जनताको कुनैपनि समस्या सम्बोधनका लागि अहोरात्र खटिरह। प्रशासन कार्यालयमा सिसिटिभी जडान गरेर सेवाप्रवाह बारेमा निगरानी गर्ने काम सञ्चालनमा ल्याउन सकिएको उनले बताए । उनले भने,‘परिस्थिती सहज भएन। जनतासँग प्रशासन कार्यक्रम लिएर गाउँमा जाने धोको पूरा हुन सकेन। तर काम गर्ने र काम देखाउनेका लागि सिडिओ बन्नुपर्छ भन्ने सन्देश छर्न सकियो। यसैमा गर्वानुभूति छ ।’

सरकारी सवारी साधन व्यवस्थापन कार्यविधि तयार गरेर हरेक सरकारी कार्यालयमा पठाएर कार्यन्वयन गराउन सफल भएको उनले बताए । विपद प्रकोपमा परेका नागरिकका लागि ७ लाख ९३ हजार रुपैयाँ तत्काल राहतस्वरुप प्रदान गर्न सकिएको उनी बताउँछन् । पहिले सिडिओ भेट्न सर्वसाधारण नागरिकका लागि सहज थिएन। नेताको साथ लिएर सुरक्षा घेरामा रहेको सुरक्षाकर्मीको अनुमति लिएर मात्र सिडिओ भेट्न सकिन्थ्यो । जसका कारण सर्वसाधारण नागरिकले आफ्नो पिरमर्कामा सहजै रुपमा सिडिओलाई भन्न सकिने अवस्था थिएन। तर अहिले सिधैँ सिडिओलाई भेटेर आफ्ना समस्या राख्न सक्ने वातावरण सिर्जना भएको छ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जुम्ला आउने वित्तिकै बार्षिक कार्ययोजना बनाएर कार्यन्वयन गरेपछि सिडिओ र नागरिकबीचको सम्बन्ध सुमधुर बनेको हो। प्रशासनिक काममा लागि आएका सर्वसाधारण सहजै रुपमा सिडिओको कार्यकक्षमा पुगेर गुनासो राख्न सक्ने भएका छन्।

प्रमुख जिल्ला अधिकारी थापाले भने,‘सिधैँ सिडिओसँग पुगेर गुनासा राख्न सक्ने अवस्थाको सिर्जना भएको छ। बजारमा भेटिएको समयमा समेत गुनासोको सुनुवाई हुने गरेको छ । गाउँमा प्रशासनिक उपस्थित सन्तोषजनक रह्यो ।’ प्रमुख जिल्ला अधिकारी थापाले यसअघि सोलुखुम्बु र डोल्पा जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर काम गरेका थिए। ती जिल्लामा उनको कार्यअवधि निकै सन्तोषजनक थियो । तेस्रो पटक प्रमुख जिल्ला अधिकारी भएर आएका थापाको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणमा सरुवा भएको छ।
अर्को समाचार
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
८ मिनेट अघि
•
० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
तानसेन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेवा अझ प्रभावकारी बन्ने बताएका छन्।




तानसेन नगरपालिकाको आयोजना र एसिया फाउण्डेशनको सहयोगमा शनिबारदेखि तानसेनमा सुरु भएको अन्तरपालिका सिकाइ आदानप्रदान कार्यक्रममा उहाँले स्थानीय तहबीच अनुभव आदानप्रदान र सिकाइको संस्कृति विकास गर्नुपर्नेमा जोड दिए।

विभिन्न पालिकाले आफ्नो क्षेत्रमा हासिल गरेका उपलब्धि र अपनाएका सफल कार्यशैली अन्य पालिकाले पनि अवलम्बन गर्न सके विकास र सुशासनमा सकारात्मक परिणाम हासिल हुने उनको भनाइ थियो।

मुख्यमन्त्री आचार्यले सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा सहकार्य प्रभावकारी नभएसम्म नागरिकले अपेक्षा गरेअनुसार सेवा प्रवाह गर्न कठिन हुने बताए। स्थानीय सरकार सबलीकरण कार्यक्रमअन्तर्गत आयोजित अन्तरपालिका सिकाइ आदानप्रदान कार्यक्रममा दमक, मिथिला, भीमेश्वर, वालिङ, गल्याङ, तानसेन, टीकापुर र भजनी नगरपालिकाका प्रतिनिधि सहभागी छन्।

भोलिसम्म सञ्चालन हुने कार्यक्रममा विभिन्न पालिकाका असल अभ्यास, अनुभव, उपलब्धि तथा स्थानीय सरकारबीचको सहकार्यका विषयमा छलफल भइरहेको छ।
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
यो पनि पढौँ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस