काठमाडौं- अन्तरिम संविधानले राष्ट्राध्यक्ष हैसियतमा राष्ट्रपतिलाई नै नयाँ संविधान प्रमाणीकरण अधिकार दिएको कानुनविदले प्रस्ट्याएका छन्।
संविधानसभा नियमावली मस्यौदा समितिमा दलहरूबीच जारी विवाद अनावश्यक रहेको भन्दै उनीहरूले संवैधानिक अधिकारबारे अलमलिन नहुने औंल्याए। नेपाल बार एसोसिएसनका महासचिव सुनीलकुमार पोखरेलले अन्तरिम संविधानमै राष्ट्रपतिले प्रमाणीकरण गर्ने स्पष्ट व्यवस्था रहेको बताए।संविधानसभा नियमावलीभन्दा अन्तरिम संविधान मुख्य कानुन भएको जिकिर गर्दै उनले थपे, ‘संविधानको भाग ८ को धारा ८७ मा यससम्बन्धी स्पष्ट व्यवस्था छ, त्यसैले विवाद गर्न आवश्यक छैन।'
अन्तरिम संविधानमा सदनबाट पारित विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण भएपछि ऐन बन्नेछ भनिएको छ। तर, त्यही धाराको प्रतिबन्धित वाक्यांशमा भने राष्ट्रपतिको निर्वाचन नभएसम्म सभामुखद्वारा नै प्रमाणीकरण हुने उल्लेख छ।
राष्ट्रपतिको निर्वाचन भइसकेकाले संविधानले व्यवस्था गरेको प्रतिबन्धित वाक्यांश आकर्षित नहुने कानुनविदहरूको तर्क छ। संविधान धारा ८७ मा भनिएको छ, ‘सदनबाट पारित विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण भएपछि ऐन बन्नेछ। तर राष्ट्रपतिको निर्वाचन भई कार्यभार नसम्हालेसम्म सभामुखद्वारा नै प्रमाणीकरण हुनेछ।'
एमालेले भने व्यवस्थापिका संसद र संविधानसभा फरक भएको जिकिर गर्दै संविधानको धारा ८७ लागू नहुने दाबी गर्दै आएको छ। संविधानसभा र व्यवस्थापिका संसदमा पेस हुने विधेयकलाई संविधानको धारा १६५ को उपधारा १ (घ) ले एउटै परिभाषा गरेको छ। ‘विधेयक' भन्नाले व्यवस्थापिका–संसद वा संविधानसभामा पेस भएको संविधान वा ऐनको मस्यौदा सम्झनुपर्छ भन्ने उक्त धारामा उल्लेख छ।
संविधानसभा नियमावली २०६५ को नियम १०८ मा भने संविधानको विधेयक संविधानसभा अध्यक्षले प्रमाणीकरण गर्ने र राष्ट्रपतिले जारी गर्ने व्यवस्था छ। नियम १०८ को उपनियम २ मा ‘संविधानको विधेयक अध्यक्षद्वारा प्रमाणीकरण भएपछि त्यस्तो विधेयकले संविधानको रूप धारण गर्ने' उल्लेख छ।
उपनियम ३ मा ‘प्रमाणीकरण भएको संविधानमा संविधान प्रारम्भ हुने भनी निर्धारण गरिएको मितिमा संविधानसभाले औपचारिक राष्ट्रिय समारोह आयोजना गरी पारित संविधानको प्रति अध्यक्षले राष्ट्रपतिसमक्ष पेस गर्ने र राष्ट्रपतिले सोही समारोहमार्फत नेपाली जनतासमक्ष संविधान सार्वजनिक गरी नयाँ संविधान प्रारम्भ भएको घोषणा गर्ने' उल्लेख छ।
संविधानको धारा १ को उपधारा १ मा भनिएको छ, ‘यो संविधान नेपालको मूल कानून हो। यस संविधानसँग बाझिने कानून बाझिएको हदसम्म अमान्य हुनेछ।'
संविधानको धारा ७० मा संविधानसभाले संविधानको विधेयक पारित गर्नुअघि सभामा निर्णयार्थ प्रस्तुत गर्ने र कम्तीमा दुई तिहाइबाट पारित गर्नुपर्ने व्यवस्था छ। व्यवस्थापिका संसदमा पेस भएको विधेयक भने बहुमतबाट पारित भएपछि ऐन बन्ने प्रावधान छ।
नियमावली मस्यौदा समितिको बैठकमा संविधानसभाको दोस्रो ठूलो दल एमाले र तेस्रोे दल एकीकृत माओवादीले नयाँ नियमावलीमा पनि ‘सभाध्यक्षले प्रमाणीकरण गर्नुपर्ने' व्यवस्था हुनुपर्ने अडान राख्दै आएका छन्। कांग्रेसका साथै अन्य साना दलले संविधानको संरक्षक र पालकका साथै अन्तर्राष्ट्रिय परम्पराअनुसार राष्ट्रपतिले नै संविधानको प्रमाणीकरण गर्नुपर्ने भन्दै अघिल्लो नियमावलीको त्रुटिपूर्ण व्यवस्था संशोधन गर्नुपर्ने जिकिर गरेका छन्।
व्यक्ति को छ भन्ने नभएर संस्थाको गरिमाका साथै संविधानको व्यवस्थाअनुसार अघि बढ्नुपर्ने भन्दै पोखरेलले भने, ‘संविधानले नयाँ संविधान राष्ट्रपतिले प्रमाणीकरण गर्ने स्पष्ट व्यवस्था छ। अन्तर्राष्ट्रिय परम्परा पनि त्यही छ।'
नेपाल बार एसोसिएनसनका उपाध्यक्ष टीकाराम भट्टराईले नियमावली र संविधानमा यससम्बन्धी स्पष्ट व्यवस्था भएकाले विवाद गर्न आवश्यक नभएको बताए। ‘दलहरूबीच भएका अन्य विवादलाई ल्याएर राष्ट्रको महत्वपूर्ण पदमा रहेको व्यक्तिलाई विवादमा तान्नु राम्रो हुँदैन,' भट्टराईले भने।
नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्वअध्यक्ष यदुनाथ खनालले व्यवस्थापिका र संविधानसभा एकै अंग भएकाले जुनले निर्माण गरेको भए पनि त्यसले राष्ट्रपतिलाई सम्मान गर्नुपर्ने बताए।
कांग्रेस–एमाले विवादपछि एकीकृत नेकपा माओवादीका प्रतिनिधिले पुरानै नियमावलीमा व्यवस्था भएअनुसार अघि बढ्न सुझाव दिएका थिए। ‘संविधानसभा नियमावली २०६५ मा राष्ट्रपति र सभाध्यक्ष दुवैको भूमिका रहेकाले त्यसैअनुसार अघि बढ्न सुझाव दियौं,' समितिमा सदस्यसमेत रहेका एमाओवादी सभासद तथा अधिवक्ता रामनारायण बिडारीले भने।