काठमाडौं- एकीकृत नेकपा माओवादी केन्द्रीय सदस्य अग्नि सापकोटाले बिदेसिएका पार्टीका कार्यकर्ता पक्राउका लागि प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) मार्फत नोटिस जारी गराउने कदमले विदेशी हस्तक्षेप बढाउने भन्दै सरकारको आलोचना गरेका छन्।उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले बिहीबार सदनमा गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यामा संलग्न देखिएका रुद्र आचार्यलाई पक्राउ गर्न इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गराएको जानकारी गराएपछि सभासदसमेत रहेका सापकोटाले सरकारको कदमलाई ‘सात समुन्द्रपारिबाट देशमा हस्तक्षेप गर्ने प्रयास' विरोध जनाए। संसदको शून्य समयमा बोल्दै सापकोटाले विस्तृत शान्ति सम्झौता, १२ बुँदे सहमति र अन्तरिम संविधानविरुद्ध' भएको उनले धारणा राखे।
२०६१ जेठ २४ गते बेलुका ८ बजे चितवनको रत्ननगर नगरपालिका–१, बकुलहरचोकमा कृष्णप्रसाद अधिकारीको गोली हानी हत्या भएको थियो। माओवादीले ‘सुराकी भएकाले हत्या गरेको' भन्दै त्यतिबेलै घटनाको जिम्मेवारी लिएको थियो।
छोराको हत्यामा संलग्नलाई कारबाही माग गर्दै नन्दप्रसाद र गंगामाया अधिकारी अनशनमा बसेपछि अनुसन्धान अगाडि बढाउँदै प्रहरीले जाहेरीमा पोलिएका ११ जनाको खोजी सुरु गरेको हो। त्यस क्रममा रामप्रसाद अधिकारी र परशुराम पौडेललाई पक्राउ गरेपछि एमाओवादी र नेकपा–माओवादीले सरकारविरुद्ध चेतावनी दिएका थिए।
संसदमा कृष्णप्रसाद हत्या अनुसन्धानबारे बारम्बार प्रश्न उठेपछि सरकारका तर्फबाट बिहीबार उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले जवाफ दिएका थिए। ‘बेलायत पुगेका कृष्णप्रसाद हत्याका आरोपी रुद्र आचार्यलाई पक्राउका लागि इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भएको जानकारी दिएका थिए।
गृहमन्त्रीको धारणा सुनेपछि सापकोटाले शून्य समय उपयोग गर्दै त्यस विषयमा पार्टी धारणा राखेका थिए। उनले द्वन्द्वकालीन घटना टुंग्याउन सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन माग गर्दै ‘यही तरिकाले राज्य गयो भने अर्कै कदम चाल्न बाध्य हुने' चेतावनी पनि दिए।
गृहमन्त्री गौतमले सो घटनाको अनुसन्धान र अनशनरत उनका बाबुआमाको अवस्थाबारे जानकारी दिने क्रममा ‘सत्यतथ्य बुझ्ने, खोजतलास गर्ने, छानबिन गर्ने, घटनामा संलग्न संदिग्ध व्यक्ति पहिचान गर्ने र सबुत प्रमाण संकलनको क्रम प्रभावकारी रुपमा अगाडि बढिरहेको बताउँदै उनले ‘सरकारले अनुसन्धानलाई प्रभावकारी रुपमा अगाडि बढाइरहेको' दाबी गरेका थिए।
हत्याको दोस्रो दिन उनका बुबा नन्दप्रसादले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए पनि अनुसन्धान अगाडि बढेको थिएन। २०६२ मंसिर २६ गते मृतकका दाइ नुरप्रसादले ११ जनाको नाम किटेर आतंककारी तथा विध्वंसात्मक कार्य (नियन्त्रण तथा सजाय) ऐनअनुसार कारबाही माग गर्दै पुनः जाहेरी दिँदा पनि प्रक्रिया बढेन।
गृहमन्त्री गौतमले ‘विस्तृत शान्तिअनुसार सम्झौता मन्त्रिपरिषदले एकीकृत माओवादी नेता–कार्यकर्तामाथि लागेको आतंककारी तथा विध्वंसात्मक कार्य नियन्त्रण ऐनअन्तर्गतका मुद्दा फिर्ता लिने र अनुसन्धानका क्रममा रहेका मुद्दा नचलाउने निर्णय' गरेकाले उक्त मुद्दासमेत फिर्ता भएकाले अनुसन्धान रोकिएको बताए। सरकारले २०६३ जेठ २९ गते यस्तो निर्णय गरेको थियो।
कृष्णप्रसादका बाबु–आमा छोराको हत्यामा संलग्नमाथि कारबाही माग गर्दै अनशनमा बसेपछि राष्ट्रिय मानवअधिकार आयोग र सर्वोच्च अदालतले उनीहरुको जीवनरक्षाका लागि सरकारले ध्यानाकर्षण गराएको थियो। सर्वोच्चले सरकारलाई ‘द्वन्द्वकालको घटना भए पनि हत्यासँग जोडिएकाले अनुसन्धान गर्न' परमादेश दिएपछि चितवन प्रहरी अनुसन्धानमा जुटेको थियो।
अनुसन्धान अगाडि बढाउँदै प्रहरीले किटानीमा नाम पोलिएका रामप्रसाद अधिकारी र परशुराम पौडेललाई पक्राउ गरे पनि प्रमाण नपुगेको भन्दै ‘आवश्यक परेको बेला सम्पर्क राख्न आउने गरी' हाजिर जमानीमा थुनामुक्त गरेको थियो। लगत्तै वीर अस्पतालमा पुरानै माग राखेर अधिकारी दम्पती अनशन बसेका हुन््।
अनशन तोड्न आग्रह
सरकारसँगको सहमतिअनुसार आफ्नो छोराको हत्यारा खोज्न सक्रिय नभएको भन्दै नन्दप्रसाद–गंगामायाले सुरु गरेको अनशन १ सय ३० दिन कटिसकेको छ। गम्भीर अवस्थामा रहेका उनीहरुको उपचार वीर अस्पतालमा भइरहेको छ।
गौतमले पूर्वसरकार र अनशनरत अधिकारी दम्पतीसँगको सहमति कार्यान्वयन क्रममा राहतस्वरूपको १० लाख रुपैयाँ सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाइसकिएको र द्वन्द्वका समयमा भएको क्षतिको उचित मूल्यांकन गरी क्षतिपूर्ति दिनसमेत प्रक्रिया सुरु भइसकेको जानकारी दिए।
‘उहाँहरुले आफ्नो साबिक बसोबास स्थान वा अन्यत्र कतै पुनर्स्थापित हुन चाहेमा सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन सरकार प्रतिबद्ध छ,' उनले भने, ‘प्राथमिकतासाथ अनुसन्धान भइरहेकाले अधिकारी दम्पतीलाई आमरण अनशन अन्त्य गर्न म आग्रह गर्दछु।'