काठमाडौं– काठमाडौं जिल्ला क्षेत्र नम्बर ८ बाट प्रत्यक्ष निर्वाचित सभासद तथा कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले नियमित खानेपानी आउने र नआउने ठाउँ छुट्ट्याउन काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग अनुरोध गरेका छन्।
शुक्रबार आफ्नो क्षेत्रका केही पीडित समुदायसहित केयुकेएल पुगेका उनले निमित्त महाप्रबन्धक चन्द्रलाल नकर्मीसँग यस्तो अनुरोध गरेका हुन्। यसबाट आधिकारिक रूपमा सुख्खा क्षेत्र घोषणा गरी सरकारले त्यसतर्फ विशेष किसिमको व्यवस्था गर्न सक्ने उनले बताए। केयुकेएलले त्यस्ता क्षेत्रमा ट्यांकरबाट पानी वितरण गर्न सहज हुने उनले उल्लेख गरे।
सार्वजनिक स्थलहरूमा खानेपानी चुहावट २४ घन्टाभित्र रोक्न पाइप मर्मतसम्भारको निम्ति संयन्त्र खडा गर्ने व्यवस्था मिलाउनसमेत उनले ध्यानाकर्षण गराए। काठमाडौंमा खानेपानीको अवस्था जटिल बन्दै गएको भन्दै स्तर वृद्धि गर्न पनि उनले ध्यानाकर्षण गराएका थिए।
'नागरिकको दैनिक जीवनमा यसले निकै ठूलो महत्व राख्ने भएकाले सही वितरण आवश्यक छ,' उनले भने, 'पानीको गुणस्तरमा पनि नियमित चेकजाँच गर्नुपर्ने अवस्था छ।'
उनको कुरा सुनेपछि निमित्त महाप्रबन्धक नकर्मीले सल्लाह सुझावलाई लिएर अघि बढ्ने प्रतिबद्धता जनाए। केयुकेएलका उपमहाप्रबन्धक सुरेश आचार्यले भने तत्काल सुख्खा क्षेत्र छुट्ट्याउन नसकिने जवाफ दिएका थिए। '१०० वर्ष पुरानो पाइपबाट पनि पानी वितरण भएकाले र कतिपय ठाउँमा ढलसँगै खानेपानी पाइप रहेकाले पनि समस्या आइरहेका छन्,' उनले भने, 'यसको छिटो उपचारमा हामी कसिरहेका छौं।'