काठमाडौं– नयाँ संविधान निर्माण प्रक्रियालाई प्रभावित पार्ने भन्दै एकीकृत नेकपा माओवादी र मधेसी दल स्थानीय निर्वाचनको विपक्षमा उभिएका छन्। संविधानसभा निर्वाचनको घोषणापत्रमा ६ महिनाभित्र स्थानीय निर्वाचन गर्ने प्रतिबद्धता जनाए पनि संविधान लेखनलाई प्रतिकूल असर पर्ने भन्दै उनीहरू पछाडि हटेका हुन्। उनीहरु नयाँ संविधान जारी भएपछि मात्रै स्थानीय निर्वाचन गर्नुपर्ने पक्षमा छन्।एमाओवादीको पछिल्लो केन्द्रीय समिति बैठकले नयाँ संविधान निर्माण नभएसम्म स्थानीय निर्वाचनको पक्षमा पार्टी नउभिने निर्णय गरेको थियो। संविधान नबनुन्जेल स्थानीय निकायको निर्वाचन नगर्ने उल्लेख गरिएको अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावलाई केन्द्रीय समितिले अनुमोदन गरिसकेको छ।
'एक वर्षभित्रै संविधान बनाउने दलीय प्रतिबद्धता पूरा गर्न तथा संविधान लेखनमा सहज वातावरण बनाउन पार्टी तत्काल स्थानीय निर्वाचनको पक्षमा छैन,' पूर्व पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले नागरिकसँग भने, 'नयाँ संविधान निर्माण भएलगत्तै स्थानीय निर्वाचनमा जान पार्टी तयारी अवस्थामा छ।' उनका अनुसार एमाओवादीले पछिल्लो समय संविधान निर्माणमा मुख्य ध्यान दिइरहेको छ।
तराई–मधेसकेन्द्रित दलहरू पनि नयाँ संविधानले तय गरेको संघीय ढाँचापछि मात्रै स्थानीय निर्वाचन गर्नुपर्ने पक्षमा छन्। राज्य पुनर्संरचनाको व्यवस्थासहित नयाँ संविधान वर्ष दिनभित्रै जारी तयारी हुँदै गर्दा स्थानीय निर्वाचन गर्न हतार गर्नु संघीयताविरोधी चलखेल भएको मधेसी दलको बुझाइ छ।
'मुलुकले वर्ष दिनमै संविधान पाउँदैछ र राज्य पुनर्संरचना हुँदैछ, अहिले हतार–हतार किन स्थानीय निर्वाचन गर्नुपर्योे?' मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले नागरिकसँग भने, 'सत्ताधारी दलले स्थानीय निर्वाचनमा जोड गर्नुले आंशका जन्माएको छ।'