काठमाडौं- एकीकृत माओवादीका ५८ जना नेताविरुद्ध संविधानसभा निर्वाचनमा पार्टी उम्मेदवारलाई अन्तर्घात गरेको भन्दै उजुरी परेको छ। संविधानसभा निर्वाचनमा केन्द्रले उठाएका प्रत्यक्षतर्फका उम्मेदवारविरुद्ध स्थानीयदेखि केन्द्रीय नेतासम्मले अन्तर्घात गरेको भन्दै उजुरी परेको हो। उक्त उजुरीका विषयमा माओवादीले आन्तरिक रुपमा छानबिन गरिरहेको छ।
गत केन्द्रीय समिति बैठकमा आफ्नै पार्टीभित्रवाट अन्तघार्त भएको भन्दै ब्यापक गुनासो आएपछि एमाओवादीले अन्तर्घातवारे छानबिन गर्न हरिबोल गजुरेलको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको हो। फागुन मसान्तसम्म केन्द्रिय कार्यालयमा प्रतिवेदन बुझाउने तयारीका साथ यो समितिले काम गरिरहेको छ।
'संविधानसभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै अहिलेसम्म ५८ जना नेता बिरुद्ध उजुरी परेको छ,' समिति सदस्य विश्वनाथ साहले नागरिकसँग भने, 'यसरी उजुरी परेकामा केन्द्रीयदेखी स्थानीय नेतासम्म रहेका छन्।' तर, साहले उजुरी परेका एमाओवादी नेताहरुको नाम भने सार्वजनिक गर्न चाहेनन्।
उनका अनुसार पहाडी जिल्लावाट भन्दा पनि तराई–मधेसका जिल्लावाट अन्तर्घात भएका भन्दैसमितिमा बढी नै उजुरी परेका छन्। त्यसमा पनि सप्तरीदेखी कपिलबस्तु जिल्लासम्मका तराईका जिल्लावाट उजुरी तुलनात्मक रुपमा बढी नै आएका छन्।
अर्का सदस्य नवराज सुवेदीका अनुसार समितिमा उजुरी परेका नेतासँग स्पष्टीकरण लिने र उजुरीकर्तासँग सोधपुछ गर्ने काम यतिखेर समितिले गरिरहेको छ। 'उजुरी परेपछि 'अन्तर्घाती' भनिएकासँग स्पष्टीकरण सोध्ने र तथ्य संकलन गर्ने कार्य साथ साथै गरिरहेका छौ' सुवेदीले नागरिकसँग भने। उनका अनुसार समितिमा रहेका ५ जना सदस्यलाई उजुरी परेका नेता भएको ठाउँमा नै पुगेर छानबिन गर्ने कार्य भइरहेका छन्।
गत संविधानसभा निर्वाचनमा अन्तर्घात भएको भन्दै उजुरी परेका नेताका उपस्थीतिका कारण कतिपय जिल्लाका बैठकहरु प्रभावित भएका छन्। 'अर्न्तघातीलाई बैठकमा राखेको भन्ने भएपछि जिल्ला समितिका बैठकहरु प्रभावित भएका छन, कतिपय जिल्लामा वैठक नै हुन सकेका छैनन्,' साहले नागरिकसँग भने, 'अन्तर्घाती प्रमाणित नभएको र छानबिन जारी नै रहेको भन्दै सम्झाई बुझाई गरेका छौ।' मुख्यतः तराई मधेसका जिल्लामा बैठक प्रभावित भएको उनले अनुभव साटेका छन्।
संविधानसभा निर्वाचनमा 'अदृश्य धाँदली' भएको भन्दै संसदीय छानबिनको माग गरिरहेको माओवादीले पछिल्लो समयमा 'आन्तरिक कारण' पनि प्रमुख भएको निर्क्यौल निकाल्दै आन्तरिक छानविन समिति गठन गरेको थियो।
फागुन मसान्तसम्म प्रतिवेदन बुझाउने लक्ष्यका साथ काम गरिरहेको समितिले अन्तर्घाती प्रमाणित भएमा साधारण सदस्यसमेतवाट निष्काषन गर्ने तथा सदस्यता नविकरण नगर्नेजस्ता सिफारिस गर्ने भएको छ। 'अन्तर्घातका प्रमाणित भएमा आवाश्यक्ता अनुसार कारवाहीका लागि सिफारिस गरिनेछ' संयोजक गजुरलले नागरिकसँग भने, 'साधारण सदस्यवाट निष्काषन तथा सदस्यता नबिकरण नगर्ने देखी त्यो भन्दा माथील्लो स्तरका कारवाहीको सिफारिस गर्दैछौ। तर उजुरी पर्दैमा दोषी नै हुन्छ भन्ने छैन।'