काठमाडौं– नेपाली कांग्रेस र नेकपा (एमाले) ले नयाँ संविधान कसले प्रमाणीकरण गर्ने भन्ने विवादको टुंगो लगाउन 'मध्यमार्गी बाटो' खोजेका छन्। उनीहरुले नयाँ संविधान सभाध्यक्षले प्रमाणित गर्ने र राष्ट्रपतिले घोषणा गर्ने गरी विवाद समाधान गर्न लागेका हुन्। दुई दलका नेताबीच सोमबार भएको बैठकमा संविधान जारी गर्दा दुवै संस्थाको भूमिका स्थापित गर्दै नियमावली मस्यौदामा सहमति जनाउने गरी छलफल भएको छ।'सभाध्यक्षले संविधानसभाबाट संविधान पारित भएको प्रमाणित गर्ने र राष्ट्रपतिकोमा पेस गर्ने,' कांग्रेस नेता रमेश लेखकले सोमबार दुई दलबीच भएको सहमति उद्धृत गर्दै भने, 'राष्ट्रपतिले त्यसलाई घोषणा गरेपछि संविधान लागू हुन्छ।'
संविधानसभा नयाँ नियमावलीमा प्रमाणीकरण भन्ने शब्दावली नै नराख्ने पनि दुई दलबीच सहमति भएको छ। संविधानसभा नियमावली, २०६५ को नियम १०८ को उपधारा २ मा रहेको 'संविधानको विधेयक अध्यक्षद्वारा 'प्रमाणीकरण' भन्ने शब्द हटाएर 'प्रमाणित' राख्ने दुई दलीय सहमति छ। त्यस्तै संविधानसभा अध्यक्षले प्रमाणित गरेको संविधान राष्ट्रपतिसमक्ष पेस गरी राष्ट्रपतिले घोषणा गर्ने शब्दावली प्रयोग गरिने एक नेताले जानकारी दिए।
सोही नियमको उपनियम ३ मा 'प्रमाणीकरण भएको संविधानमा संविधान प्रारम्भ हुने भनी निर्धारण गरिएको मितिमा संविधानसभाले औपचारिक राष्ट्रिय समारोह आयोजना गरी पारित संविधानको प्रति अध्यक्षले राष्ट्रपतिसमक्ष पेस गर्ने र राष्ट्रपतिले सोही समारोहमार्फत नेपाली जनतासमक्ष सार्वजनिक गरी नयाँ संविधान प्रारम्भ भएको घोषणा गर्ने' उल्लेख थियो।
कांग्रेस संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगानाले राष्ट्रपति र संविधानसभा अध्यक्ष दुवैको सम्मान हुनेगरी कांग्रेस–एमालेबीच सहमति भएको बताए।
'दुवै संस्थाको सम्मान गर्नेगरी अघि बढ्ने सहमति भएको छ,' ढुंगानाले नागरिकसँग भने, 'कानुनी भाषा मिलाउने काम हुँदैछ।'
दलीय सहमतिलाई कानुनी भाषा मिलाउन कांग्रेसबाट केन्द्रीय सदस्य एवं वनमन्त्री महेश आचार्य, रमेश लेखक र एमालेबाट सचिव विष्णु पौडेल, भीमबहादुर रावल र कृष्णभक्त पोखरेललाई जिम्मेवारी दिइएको छ।
एमाले सचिव पौडेलले भने अघिल्लो संविधानसभा नियमावली परिर्वतनको आवश्यकता नरहेको जिकिर गरे। 'पहिलो व्यवस्था परिर्वतनको हामीले जरुरी देखिका छैनौं,' पौडेलले भने, 'पुरानै सहमति लागू हुनुपर्छ भन्ने निर्णयमा हामी कायमै छौ।'
यसअघि कांग्रेस अन्तरिम संविधानका साथै विश्वव्यापी प्रचलनअनुसार राष्ट्रपतिले नै नयाँ संविधान प्रमाणीकरण गर्नुपर्ने अडानमा थियो भने एमालेले संविधानसभा अध्यक्षले नै संविधान प्रमाणीकरण गरी राष्ट्रपतिले सार्वजनिक मात्र गर्ने तर्क दोहोर्यानउँदै आएको थियो।
दलहरुबीच संविधानसभा नियमावली तयार गर्न गठित ४९ सदस्यीय समितिमा संविधानसभामा ह्विप लगाउने वा नलगाउने, संविधानसभाभित्र दबाबमूलक समूह (ककस) राख्ने–नराख्ने तथा संविधान तयार भएपछि कसले प्रमाणित गर्ने र प्रमाणीकरण गर्ने भन्ने विषयमा विवाद हुँदा अझै टुंगो लागेको छैन।
नियमावली समितिको म्याद फागुन २७ सम्म छ। दुई दलबीच संविधान प्रमाणीकरण कसले गर्ने सहमति जुट्न नसक्दा सोमबार बिहान ८ बजेका लागि तोकिएको बैठक बस्न सकेन। मस्यौदा समितिको बैठक मंगलबार बिहान साढे ११ बजे बोलाइएको छ।