नेपाली टिमलाई प्रधानमन्त्रीको बधाई
०६ चैत्र २०७०
•
१ मिनेट पाठ
नेपाली टिमलाई प्रधानमन्त्रीको बधाई
काठमाडौं– प्रधानमन्त्री सुशील कोइरालाले टेलिफोनमार्फत नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन्। बिहीबार भएको खेलमा नेपाली टोलीले प्रतिस्पर्धी अफगानिस्तानलाई पराजित गरेपछि प्रधानमन्त्रीले साँझ कप्तान पारस खड्कालाई फोन गरी बधाई तथा शुभकामना दिएको प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।'विदेशी भूमिमा भएको विश्व प्रतियोगितामा विजयी बनी नेपाल र नेपालीको गौरव अभिवृद्धि गराउनुभएकोमा तपाईं र तपाईंको टिमका सबै सदस्य र प्रशिक्षकलाई मेरो व्यक्तिगततर्फबाट, नेपाल सरकार र नेपाली कांग्रेस पार्टीका तर्फबाट पनि बधाई ज्ञापन गर्छु,' प्रधानमन्त्रीले फोनमा भने, 'आउँदा हरेक अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धी टिममाथि नेपाली टिमले विजय पाउन सकोस् भन्ने शुभकामना व्यक्त गर्छु।'

बंगलादेशमा जारी ट्वान्टी–२० विश्वकप क्रिकेटमा नेपाली टोलीले यसअघि हङकङलाई पराजित गरेको थियो। प्रधानमन्त्री कोइरालाले त्यस दिन पनि टोलीलाई बधाई तथा शुभकामना दिएका थिए।
अर्को समाचार
क्रिकेट टिमलाई प्रधानमन्त्रीको बधाई
२६ भदौ २०६९
•
४ मिनेट पाठ
क्रिकेट टिमलाई प्रधानमन्त्रीको बधाई
मेहनतको फल पायौं : पारस खड्का-
काठमाडौं, भदौ २६ (नागरिक) - प्रधान मन्त्री बाबुराम भट्टराईले आइसीसी डिभिजन फोर विजेता हुन सकेकोमा नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन्। अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाउन पुर्‍याएको योगदानको प्रसंशा गर्दै उनले नेपाली टिमलाई बधाई दिएका हुन्।
प्रधानमन्त्रीको बधाईको पूर्ण पाठ :

हार्दिक बधाइ
नेपालको खेलकूद इतिहासमा हालसम्मकै सबैभन्दा ठूलो र गौरवपूर्ण उपलब्धि हासिल गरी समूह तीनमा पुग्न सफल नेपाली क्रिकेट टोलीका सम्पूर्ण सदस्यहरूलाई नेपाल सरकारको तर्फबाट र मेरो आफ्नै तर्फबाट हार्दिक बधाइ दिन चाहन्छु। खेलकूदको माध्यमबाट नेपाल र नेपालीको शीर उंचो राख्न तथा अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाउन क्रिकेट खेलको माध्यमबाट तपाईहरूले पुर्‍याउनु भएको योगदानको उच्च प्रशंसा गर्दै तपाइंहरूले प्राप्त गर्नु भएको सफलताले नेपाली युवालाई लगनशीलता, अनुशासन र निष्ठापूर्वक काममा सामूहिक भावनाकासाथ लागेमा नेपालीहरू विश्व प्रतिष्पर्धामा खरो उत्रिन र ठूलाठूला सफलता प्राप्त गर्न सक्छन् भन्ने सन्देश दिएको छ। यस खेलमा योगदान दिने प्रशिक्षक लगायत सम्पूर्ण टोलीलाई हार्दिक धन्यवाद दिंदै र आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गर्दै तपाईंहरूको सफलताको नेपाल सरकारले उच्च मूल्याङ्कनका साथ कदर गर्ने छ भन्ने विश्वास दिलाउन चाहन्छु।
२६ भाद्र, २०६९
(डा.बाबुराम भट्टराई) 
 
मेहनतको फल पायौं : पारस खड्का, नेपाल डिभिजन १ डिजर्भ गर्छ : प्रशिक्षक दासानायके
विश्व क्रिकेट लिग डिभिजन ४ का सबै पाँच खेल र फाइनल जितेर लिग च्याम्पियन बन्दै स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीको भव्य स्वागत गरिएको छ। टोलीको सांस्कृतिक बाजागाजासहित स्वागत गरिएको थियो। सयौं संख्यामा उपस्थित क्रिकेट प्रेमीहरुले खेलाडीहरुलाई हुटिङ गरेर उत्साहित बनाएका थिए। उनीहरुले 'ग्रेट क्यापेट पारस खड्का, ग्रेट कोच पुबुदु दासानायके' भन्दै हुटिङ गरेका थिए।

टिम क्याप्टेन पारस खड्काले यो जित पाउन आफूहरुले धेरै महेनत गरेको बताए। 'यहाँसम्म आउन हामीले धेरै मेहनत गर्‍यौं,' क्याप्टेन खड्काले भने, 'हामीले परिश्रमको फल पाएका हौं।'

उनले हामी सक्षम बन्दै गएकाले एक दिन अवश्यय वर्ल्ड कप खेल्ने बताए। 'भोलि नै वर्ल्ड कप खेल्नुपर्छ भन्ने छैन,' उनले भने, 'खेलको लय यस्तै रह्‍यो भने हामी चाँडै वर्ल्ड कप खेल्नेछौं।'

उनले खेलकुद क्षेत्रमा लगानी गर्न सरकारको ध्यानकृष्ट गराए। नेपाली क्रिकेटको भविष्ष डिभिज ४ कै सबै खेल जितेर प्रमाणित गरेकाले सरकारले क्रिकेटमा विशेष जोड दिनुपर्ने उनको भनाई थियो।

टिमका प्रशिक्षक पुबुदु दासानायकेले डिभिज ४ मा एकतर्फी जित हासिल गरेको भन्दै नेपाली खेलाडी डिभिजन १ को टिम भएको दाबी गरे। 'हामीले सबै खेल एकतर्फी जित्यौं,' प्रशिक्षक दासानायकेले भने, 'त्यसैले नेपाल डिभिजन १ डिजर्भ गर्छ।' विस्तृत पढ्नुस् :
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस