एमाले नेता माधवकुमार नेपालले अदालतलाई प्रभावित गर्ने भाषा प्रयोग नगर्न वार्तामा संलग्न कार्यदल सदस्यलाई निर्देशन दिएका छन् । एमालेको आन्तरिक एकता कायम गर्न गठित वार्ता टोलीका सदस्यसंगको भेटमा नेपालले सहमतीको भाषा मिलाउन तथा पार्टी आगामी दिनमा कसरी चलाउने भन्ने सहमति गर्न समेत भनेका छन् ।
नेपालले सर्वोच्च अदालतको फैसलालाई प्रभावित पार्ने खालका शब्द प्रयोग भएकोमा असहमति जनाएका हुन् । अहिले माधव नेपाल सर्वोच्चको फैसलाअघि कुनै सम्झौता गर्ने पक्षमै नभएको तर प्रधानमन्त्री ओलीजी जे हुन्छ सर्वोच्चको फैसलाअघि नै हुनुपर्छ भन्नेमा रहेको वार्ता टोलीका एक सदस्यले बताए ।
त्यस्तै केपी ओलीको एकल अधिकार रहनेगरि एमाले एकताको कुनै अर्थ नहुने बताउँदै नेपालले पार्टीमा आफ्नो अवस्था बलियो बनाउन लागिपरेका हुन् । आइतबार सहमती हुने दावी गरिएपनि केही गहन बिषयमा मतभेद जारीनै रहेका कारण बैठक थप लम्बिएको छ । कतिपय कुरा वार्ता टोलीले टुंगो लगाउन नसक्ने भएकाले अध्यक्ष ओली र बरिष्ठ नेता नेपालबीच शीर्ष तहमा सहमति हुनुपन देखिएको ति सदस्यले बताए ।