राजपा कब्जा गर्न होडबाजी
२८ असार २०७८
•
३ मिनेट पाठ
राजपा कब्जा गर्न होडबाजी
‘राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल’ नाम कब्जा गर्न जनता समाजवादी पार्टीको महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच होडबाजी चलेको छ। तत्कालीन राजपा र समाजवादी पार्टी मिलेर जनता समाजवादी (जसपा) बनेको हो। तत्कालीन अवस्थामा राजपाको नेतृत्व ठाकुरलगायत नेता र समाजवादीको नेतृत्व यादवले गरेका थिए।  




अहिले निर्वाचन आयोगमा राजपा, नेपाल नामक पार्टी दर्ता गरी कब्जा गर्न जसपाका ठाकुर र यादव दुवै पक्षबाट निवेदन परेको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले राजपा नेपाल नामक पार्टी दर्ता गर्न दुईवटा छुट्टाछुट्टै निवेदन दर्ता भएको बताए। प्रवक्ता श्रेष्ठका अनुसार शुक्रबार हरिनारायण यादव अध्यक्ष रहेको राजपा, नेपाल दर्ता गर्न आयोगमा निवेदन परेको थियो। त्यसको तेस्रो दिन आइतबार अजय झा अध्यक्ष रहेको राजपा, नेपाल दर्ता गर्न आयोगमा निवेदन दर्ता भएको जानकारी उनले दिए।

‘हामीले पार्टी दर्ताका लागि निवेदन लिएका मात्र हाैं’, प्रवक्ता श्रेष्ठले भने, ‘निवेदन लिँदा पार्टीको नाम भिडाउने गरिँदैन।’ निवेदनमा छानबिन गरी विधिवत रूपमा पार्टी दर्ता गर्ने बेला भने नाम भिडाउने व्यवस्था कानुनमा रहेको उनले बताए। पार्टी दर्ताका लागि एउटै नाममा पनि फरकफरक व्यक्तिले निवेदन दिन सक्ने बताउँदै श्रेष्ठले भने, ‘दल दर्ताको प्रमाणपत्र दिँदा भने सबै प्रक्रिया पूरा गर्छौं।’ दुई पार्टी एकीकरण भएपछि एक एक वर्षसम्म पुरानो दलको नाम आयोगमा दर्ता गर्न नमिल्ने कानुनी व्यवस्था छ। त्यसैले राजपा, नेपाल एक वर्षसम्म कसैले दर्ता गरेनन्।  

तत्कालीन राजपा, नेपाल र समाजवादीबीच एकीकरण भई जनता समाजवादी पार्टी गठन भएको औपचारिक जानकारी निर्वाचन आयोगलाई गराएको एक वर्ष पुगेको छ। एक वर्ष पुग्नेबित्तिकै राजपा, नेपाल दर्ता गरी सो नाम कब्जा गर्न उपेन्द्र र ठाकुर पक्षको इसारामा निवेदन परेको हो। राजपा, नेपाल दर्ताका लागि निवेदन दिएका हरिनारायण जसपा अध्यक्ष उपेन्द पक्षसँग निकट रहेको स्रोतले बतायो। उनी यसअघि उपेन्द्रले नेतृत्व गरेको समाजवादी पार्टीमा आबद्ध थिए। त्यसो त, हरिनारायणले आफूले कसैको इसारामा नभई स्वविवेकले राजपा, नेपाल दर्ताका लागि निवेदन दिएको बताएका छन्। उनले पहिला आफूले राजपा, नेपाल दर्ताका लागि निवेदन दिएकाले दर्ता भएको प्रमाणपत्र आफूले पाउनुपर्ने दाबी गरे।

आयोगमा आइतबार राजपा, नेपाल दर्ताका लागि निवेदन दिएका झा जसपाका अर्का अध्यक्ष ठाकुर निकट मानिन्छन्। तर ठाकुर निकट नेताहरूले झासँग आफूहरूको कुनै सम्बन्ध नभएको बताउँछन्। जसपा आधिकारिकता विवाद निर्वाचन आयोगमा पुगेको छ। आयोगले उपेन्द्र वा ठाकुरमध्ये एक पक्षलाई आधिकारिक जसपाको मान्यता दिनेछ। जसपाको आधिकारिकता नपाएको अवस्थामा राजपा, नेपालका नाममा राजनीति गर्न दर्ताका लागि दुवै पक्षबाट आयोगमा निवेदन दिइएको बुझिएको छ। 

ठाकुर पक्षका केही नेताले जसपा आधिकारिताका लागि लामो प्रक्रिायमा जानुभन्दा पुरानै राजपा नेपाल, दर्ता गर्न उपयुक्त हुने सल्लाह उनलाई दिएका छन्। तर ठाकुर पक्षले आयोगमा राजपा, नेपाल दर्ताका लागि निवेदन दिनुभन्दा पहिले नै उपेन्द्रपक्ष निकट हरिनारायणले निवेदन दर्ता गराए। चार वर्षअघि तराई÷मधेस केन्द्रित ६ दलबीच एकीकरण भई राजपा, नेपाल गठन गरिएको थियो। सो दलले संविधानसभाबाट संविधान जारी भएपछि भएको स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भाग लिएको थियो।

जसपा विवाद सर्वोच्चमा

जनता समाजवादी पार्टी (जसपा) एकीकरण बदरको माग गर्दै सर्वोच्च अदालतमा आइतबार रिट निवेदन दर्ता भएको छ। २०७७ वैशाख १० मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी एकीकरण भएर जसपा बनेको थियो। रिटमा आन्तरिक विवाद चुलिएपछि एकीकरण गर्दा संवैधानिक, कानुनी प्रक्रिया नपुगेको भन्दै बदरको माग गरिएको हो।  

तत्कालीन राजपा, नेपालका उपाध्यक्ष एवं अधिवक्ता राजकुमार थापाको हकमा हृदयराज मिश्रले आइतबार निर्वाचन आयोग, तत्कालीन राजपा र जसपालाई विपक्षी बनाइ रिट निवेदन दर्ता गरेका हुन्। समयमा पार्टीको महाधिवेशन नगरिएको, पार्टीभित्र ३३ प्रतिशत महिला नराखिएको, दलसम्बन्धी ऐन, नियमावलीको पालना नगरिएको रिट निवेदकको दाबी छ। 

जसपालाई राजनीतिक क्रियाकलाप गर्न, सदस्य हेरफेर गर्न, कार्यविभाजनलगायतका काममा रोक लगाउन पनि रिट निवेदनमा माग गरिएको छ। राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल एकीकरण भएकाले पुरानै पार्टी कायम गराउन आदेश रिट निवेदकले माग गरेका छन् रिट निवेदनको पेसी बुधबारका लागि तोकिएको छ।
अर्को समाचार
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
१८ मिनेट अघि
•
१ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।




अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।

त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र  स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।

बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।

त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।

त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।

यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै  इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
यो पनि पढौँ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस