काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको प्रमुख तीन राजनीतिक दलको बैठकमा दलका शीर्ष नेताहरुले संविधान निर्माण र निरन्तर संवादका लागि उच्चस्तरीय राजनीतिक समिति बनाउने सहमति गरेका छन्।प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा (एमाले) तथा प्रमुख प्रतिपक्ष एनेकपा (माओवादी)का प्रमुख नेताहरुबीच संविधान निर्माणका लागि सहमतिका आधारमा यही चैत १४ गतेसम्म संविधानसभामा संसदीय समितिहरु निर्माण गर्नका लागि नाम दिने सहमति भएको छ।
प्रमुख तीन दलबीचको निरन्तर संवाद र छलफलका लागि उच्चस्तरीय राजनीतिक समिति बनाउने सहमति भएको एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बताए।
बैठकमा शान्ति प्रक्रियाका बाँकी मुद्दालाई तत्काल अघि बढाउने, संवैधानिक परिषद् गठन गर्ने र अन्य रिक्त पदपूर्तिका विषयमा समेत छलफल भएको छ। साथै सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोगसम्बन्धी ऐनलाई तत्काल निर्माण गरी अघि बढाउन सम्बन्धित मन्त्रालयलाई सुझाव दिने सहमति भएको नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए।
लामो समयपछि तीन दलका बीचमा भएको छलफलले विगतको चारबुँदे सहमतिअनुसार सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोगको काम अघि बढाउने आफूहरुको मागका सम्बन्धमा पनि सकारात्मक छलफल भएको एनेकपा (माओवादी)का नेता पोष्टबहादुर बोगटीले बताए।
बैठकमा नेपाली कांग्रेसका तर्फबाट सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौला रहेका थिए। नेकपा (एमाले) का तर्फबाट अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल र सचिव विष्णु पौडेल रहनुभएको थियो भने एनेकपा (माओवादी)का तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी रहेका थिए।
छलफलमा बाँकी रहेका विषय टुङ्ग्याउन बैठक भोलि बिहान ८ बजे पुनः बस्ने बताइएको छ। रासस