काठमाडौं-संविधानसभा अध्यक्ष सुवास नेम्वाङले अघिल्लो संविधानसभाका उपलब्धि स्वामित्व ग्रहण प्रक्रियामा गएकाले संविधान लेख्ने आधार तयार भएको बताएका छन्।सभासदका लागि आयोजित प्रशिक्षण उद्घाटनपछि अध्यक्ष नेम्वाङले संविधानको प्रष्ट मार्गचित्र पनि बनिसकेको बताए। ‘मार्गचित्रका आधारमा दलहरूको प्रतिबद्धताअनुसार १ वर्षभित्र नयाँ संविधान जारी गर्नुपर्छ,' उनले भने।
संविधानसभाबाट संविधान लेख्ने प्रक्रियामा एकपटक ट्र्याकबाहिर गए पनि फेरि जनप्रतिनिधिबाटै संविधान लेख्ने आधार तयार भएको उनको भनाइ थियो। नेम्वाङले सबै क्षेत्रका मुद्दा सम्बोधन गर्दै समयमा संविधान गर्नका लागि केन्द्रित हुन सभासदलाई आग्रह गरे।
कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यले संविधानसभाबाट संविधान बनाउने नेपाली जनताको चाहना अब छिट्टै पूरा हुने अवस्था रहेको बताए। ‘संविधानसभाबाट संविधान लेख्न पाउनु नै महत्वपूर्ण कुरा हो,' उनले भने, ‘संविधानसभाको काम छिटो होस्। संविधान निर्माणका लागि आवश्यक सबै सहयोग गर्न सरकार तयार छ।'
संविधानसभा उपाध्यक्ष ओनसरी घर्तीमगरले संविधान लेखनमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताइन्।
संसद सचिवालयले सभासदलाई संविधानसभा र संसदमा निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी दिन प्रशिक्षण आयोजना गरेको हो। सचिवालयले सभासदलाई लोकतन्त्रमा विधायिकाको भूमिका, संसदीय कार्यविधि तथा प्रक्रिया, अन्तर्राष्ट्रिय अभ्यास तथा नेपाली अनुभव, संसद सदस्यको भूमिका र उत्तरदायित्व, समितिको भूमिका तथा कार्य र संसदीय मर्यादालगायत विषयमा प्रशिक्षण दिँदैछ।
संक्रमणकालमा संविधानसभाको भूमिका, संविधान निर्माण प्रक्रिया तथा कार्यविधि, यसमा संविधानसभा सदस्यको भूमिका तथा उत्तरदायित्व र संविधानसभा समितिका कामबारे पनि सभासदलाई प्रशिक्षण दिँदै गरेको सचिवालयले जनाएको छ।
सभासदलाई डेढ–डेढ सयको दुई समूह बनाएर प्रशिक्षण सञ्चालन गरिएको छ। शनिबार सुरु भएको प्रशिक्षण आइतबार नै सकिने सचिवालयले जनाएको छ।
संविधानसभा सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, सचिव ठाकुरप्रसाद बराल, प्रवक्ता मुकुन्द शर्मा, सहसचिव रामशरण घिमिरे, कानुन मन्त्रालयका सहसचिव टेकप्रसाद ढुंगाना र संविधानविद विपीन अधिकारीले प्रशिक्षण दिइरहेका छन्।
संविधानसभाको पहिलो बैठक बस्नुअघि नै प्रशिक्षण दिने भनिए पनि आन्तरिक तयारी नपुगेकाले ढिलाइ भएको सचिवालयले जनाएको छ।