काठमाडौ - एकीकृत नेकपा माओवादीका नेता देवेन्द्र पौडेलले उच्चस्तरीय राजनीतिक समिति र राजनीतिक संवाद समितिको नेतृत्व आफ्नो पार्टीले पाउनु पर्ने दावी गरेका छन्। रिपोर्टर्स क्लबमा बोल्दै उनले बाहिरी सन्तुलन मिलाउन भएपनि एकीकृत माओवादीलाई समितिको नेतृत्व दिनुपर्ने बताए।
पौडेलले भने, ' उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले र संविधानसभा अर्न्तगत रहेको राजनीति संवाद तथा सहमति समितिको नेतृत्व नेता बाबुराम भट्टराईले पाउनु पर्छ। हामीले तीन दलको बैठकमा औपचारिक रुपमा नै प्रस्ताव गरिसकेका छौ।'
उनले सहमतिविपरित जान खोजे कुनै हालतमा संविधान निर्माणमा सहयोग नगर्ने बताए।
अर्को प्रसंगमा नेता पौडेलले स्थानीय निकायको निर्वाचन अहिले आवश्यक नभएको बताए। चुनावले संघीयताको विषयलाई ओझेलमा पार्ने उनको दावी छ।
तर, नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले भने राजनीतिक समितिको नेतृत्व एकीकृत माओवादीलाई दिनै नसकिने बताए। उनले ठुलो पार्टीले समितिको नेतृत्व गर्ने प्रचलन रहेकाले कांग्रेस आफैले समितिको नेतृत्व पाउनुपर्ने दावी गरे। नेता महतले नेतृत्व नपाए संविधान बन्न दिन्न भन्ने अभिव्यक्ति लज्जास्पद भएको टिप्पणी गरे।
यस्तै उनले सरकारको कामको समीक्षा गरिहाल्ने बेला नभएको बताए। ३ महिना सम्म सरकारको काम हेर्ने समय रहेकोले हतारमा टिप्पणी गरिहाल्नु गलत भएको दावी गरे। तर, नेता महतले अपेक्षा अनुरुप सरकारले काम गर्न नसकेको भने स्वीकारे।
कार्यक्रममा बोल्दै एमाले सचिव शंकर पोखरेलले उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व कुनै पार्टीलाई एकलौटी दिन नसकिने बताए। उनले विगतको नजिर पेश गर्दै समितिको नेतृत्व आलोपालो गरिनुपर्नेमा जोड दिए
एमाले सचिव पोखरेलले सरकारको काम कारबाहीप्रति भने असन्तुष्टि जनाएर। सरकारले कुनै पनि गतिलो काम गर्न नसकेको भन्दै उनले प्रधानमन्त्रीले यो सुस्तता तोड्नु पर्नेमा जोड दिए। प्रधानमन्त्रीले सरकार एकलौटी ढङ्गबाट चलाउन खोजेको भन्दै नेता पोखरेल यै गतिमा सरकार अगाडि बढे यसको भविष्य संकटमा पर्ने चेतावनी दिए।