ठाकुर पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने
०३ साउन २०७८
•
१ मिनेट पाठ
ठाकुर पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने
जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ।




प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए।

सोलगत्तै बसेको बैठकले देउवालाई मत दिने निर्णय गरेको जसपाका सांसद उमाशंकर अरगरियाले नागरिकन्यूजलाई जानकारी दिए। जसपाले उठाएका माग तथा मुद्दाहरुलाई देउवाले सम्बोधन गर्ने वचन दिएपछि ठाकुर पक्षले विश्वासको मत दिन तयार भएको अरगरियाले बताए।
अर्को समाचार
ठाकुरले बोलाएको बैठकमा आधा गएनन्
११ असार २०७८
•
३ मिनेट पाठ
ठाकुरले बोलाएको बैठकमा आधा गएनन्
सत्ताको आकर्षण कतिसम्म हुन्छ भन्ने जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले बिहीबार बोलाएको बैठकमा उपस्थित सदस्य हेर्दा पनि थाहा हुन्छ । सरकारबाट हटेको पर्सिपल्ट बिहीबार ठाकुरले विघटित जसपाको संसदीय दलको बैठक बोलाएको थिए । बैठकमा ठाकुरले आफूनिकट विघटित प्रतिनिधिसभाका सदस्यहरूलाई बोलाएका थिए । तर, बैठकमा आधाजसो निवर्तमान सांसद अनुपस्थिति भए ।




अनुपस्थित भएकामध्ये आधाभन्दा बढी काठमाडाैंमै बसेर बैठकमा गएनन् । कोहीले काठमाडौंबाहिर भएको कारण देखाउँदै बैठकमा जान नसकेको बताए।  जसपाको संसदीय दलमा ठाकुर पक्षका २० र उपेन्द्र यादव पक्षका १२ जना सांसद छन् । यादव पक्षका ५ जना सांसदहरू वीमल श्रीवास्तव, उमाशंकर अरगरैया, रुही नाथ, कल्लुदेवी विश्वकर्मा, रेणुका गुरूङ कित्ता परिवर्तन गरी ठाकुर पक्षमा पुगेपछि संसदीय दलमा ठाकुर पक्ष बलियो भएको हो । गत बिहीबार ठाकुर पक्षले बोलाएको बैठकमा राजकिशोर यादव, विमल श्रीवास्तव, प्रमोद साह, नरमाया ढकाल, रुही नाथ, दुलारी देवी खतवे, अमृता अग्रहरी, रानी मण्डललगायतका सांसद अनुपस्थित भए।  

अघिल्लो दिन ठाकुरले संसदीय दलको बैठक बोलाएको जानकारी सबैलाई गराएका थिए । प्रतिनिधिसभा नै विघटन भए पछि विघटित भएको संसदीय दलको बैठकमा आफू नगएको प्रमोद साहले बताए । ‘संसद विघटन भइसकेको छ । विघटित भएको बैठकमा किन जाने ?,’ उनको प्रश्न छ । पछिल्लो समय साह ठाकुर र राजेन्द्र महतोसँग असन्तुष्ट छन् । बैठकमा नगएका श्रीवास्तवले आफू विशेष कारणवश बैठकमा जान नसकेको बताए । बिहीबार उनी काठमाडौंमै थिए।  

गत वैशाख ३१ गते ठाकुर र महतोले भक्तपुरको डोलेश्वरमा आफूनिकट सांसदहरूको बैठक बोलाएका थिए । उक्त बैठकमा सहभागी भएकाहरू पनि बिहीबार बोलाइएको बैठकमा गएनन् । बिहीबार बोलाइएको बैठकमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, अनिल झा भने उपस्थिति भएका थिए। बैठकमा ओली सरकारमा मन्त्री भएकाहरूले छोटो समयमै आफूले ठूलो काम गरेको सुनाएका थिए । ओली सरकारमा ठाकुर पक्षका ११ जना नेता सरकारमा सहभागी भएका थिए । 

तर तीमध्ये १० जना नेता १९ दिनपछि र एक जना राजकिशोर यादव १३ दिनपछि सर्वोच्च अदालतको फैसलाको कारण सरकारबाट बाहिरिए । सब्र्बोच्चको फैसला अनपेक्षित भएको विघटित सांसदहरूले सुनाएका थिए । बैठकमा सहभागी इकबाल मियाले बिहीबार औपचारिक बैठकभन्दा पनि अनौपचारिक छलफल भएको बताए । ‘सरकारबाट बाहिरिएपछि भेटघाट गरौ भनी अध्यक्षज्यूले बोलाउनु भएको हो,’ बैठकमा सहभागी इकबाल मियाले भने, ‘केही साथीहरू काम विशेषले बैठकमा आउन नसक्नु भएको हो । बहिस्कार गरे भनेर नबुझाैं।’

स्रोतका अनुसार निर्वाचन आयोगले ठाकुर पक्षलाई बोलाएको १५ दिने सूचना तथा यादव पक्षले आधिकारिकताको माग गर्दै निर्वाचन आयोगमा गराएको चिठीको बारेमा पनि बैठकमा छलफल भएको थियो । आयोगले पठाएको १५ दिने चिठीको कस्तो जवाफ दिने भन्ने बारेमा ठाकुरले बुधबार आफूनिकट कानुन व्यावासायीहरूसँग छलफल गरेका थिए । बिहीबार बोलाइएको बैठकमा १५ दिनभित्रै आयोगलाई जवाफ दिने निष्कर्ष निकालिएको थियो । ठाकुर पक्षले कार्याकारिणी फेरबदल र हेरफेर गर्ने अधिकार अर्का अध्यक्ष उपेन्द्र यादवको सहमतिमा ठाकुरलाई दिएको दाबी गर्दै बैठककोे माइन्युटिङको प्रतिलिपि आयोगमा बुझाएको छ । ठाकुर पक्षले बुझाएको प्रतिलिपिलाई यादव पक्षले किर्ते भनको छ । २०७७ पुस ७ गतको बैठकले गरेको निर्णयलाई आधार मानेर आयोगमा जवाफ दिने निष्कर्ष बिहीबारको बैठकमा निकालिएको छ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस