काठमाडौं- 'नेतृत्व हस्तान्तरण' को मुद्दामा एकै स्थानमा उभिएर गठबन्धन बनाएका संसदीय दल नेता केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक दस्तावेजमा भने फरक धारणा देखिएको छ।
नेतृत्व हस्तान्तरण गर्नुपर्ने पक्षमा ओलीसहित गौतम, उपाध्यक्ष विद्या भण्डारी, महासचिव ईश्वर पोखरेल र सचिव विष्णु पौडल एकै स्थानमा छन्। तर, विचारका हिसाबले भने गौतम अध्यक्ष झलनाथ खनालनिकट देखिएका छन्।
पार्टीको स्थायी कमिटी बैठकले गौतमलाई महाधिवेशनमा लैजाने दस्तावेज तयारीको प्रमुख बनाएको थियो। गौतमले पनि दस्तावेज मस्यौदा गरी केन्द्रीय कमिटी बैठकमा सदस्यहरूलाई सुझावका लागि दिएका थिए। तर, केन्द्रीय कमिटीको त्यही बैठकले गौतमलाई सरकारमा पठाउने निर्णय गरेपछि मस्यौदा गर्ने जिम्मेवारी अध्यक्ष खनालतर्फ नै फर्किएको छ।
ओली पक्षका भनेर चिनिने सचिव शंकर पोखरेलले मस्यौदा समितिको बैठकमै फरक धारणा राखेका थिए। ओली पक्षले दस्तावेजका लागि पोखरेललाई जिम्मेवारी दिएको छ। उतिबेला गौतमले तयार पारेको मस्यौदा र अहिले पोखरेलले तयार गरेको मस्यौदाबीच भने धेरै विषयमा विरोधाभाष देखिएको छ। पोखरेलले तयार पारेको मस्यौदालाई ओली पक्षले अघि बढाउने तयारी गरेको छ।
ओलीनिकट युवा नेता राजन भट्टराईले अहिले दुइटा धारणा देखिएको जनाउँदै मस्यौदा समितिमा ती धारणा छलफलकै क्रममा रहेको बताए। उनले गौतमप्रति इंगित गर्दै भने, 'अहिले नेतृत्व हस्तान्तरणको मुद्दामा एक स्थानमा उभिएका नेता विचारका हिसाबले पनि एकै ठाउँमा उभिने अपेक्षा छ।'
यता खनाल पक्षले भने विचार नमिल्नेसँग एकता गर्नु नैतिकताविपरीत हुने धारणा राख्दै आएका छन्। 'विचार मिल्नेहरूबीच एकता हुनुपर्ने हो,' केन्द्रीय सदस्य पर्शुराम मेघी गुरुङले नागरिकसँग भने, 'विचार एउटा हुने र गठबन्धन अर्काेतिर गर्नु सम्बन्धित नेताको नैतिकतामा प्रश्न हो।' गुरूङको भनाइ गौतमप्रति लक्षित छ।
गौतमले केन्द्रीय सदस्यहरूलाई बाँडेको 'वर्तमान राष्ट्रिय परिस्थिति र नेकपा एमालेको मार्गदिशा' नामक प्रतिवेदनमा नेपाली समाजको उत्पादन पद्धति पुँजीवादी बनिसकेको ठहर गरिएको छ। 'शिक्षा, स्वास्थ्य, मनोरन्जन र रोजगारीका अधिकार सबै पुँजीवादी छन्। पुँजीवाद सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा हिमाल, पहाड, तराईका सबै गाउँ–ठाउँ कुनाकाप्चामा पुगेको छ,' प्रतिवेदनमा भनिएको छ।
गौतमले २०६२/०६३ को शान्तिपूर्ण जनक्रान्तिले राजतन्त्रसँगै सामन्तवादलाई आधारभूत रूपमा समाप्त पारेको र 'अवशेष' मात्रै बाँकी रहेको ठहर गरेका छन्। 'नेपाली समाजको सांस्कृतिक क्षेत्रमा सामन्तवादका अवशेष छन्। तर, नेपाली समाज पूर्ण रूपले पुँजीवादीकरण भइसकेको छ। साम्राज्यवाद र वैदेशिक एकाधिकार पुँजीवादी प्रभावबाट नेपालमा दलाल र नोकरशाही पुँजीवादको प्रभुत्व कायम भएको छ। यही कारण विदेशी हस्तक्षेप हुने गरेको छ। यसले नेपाली राष्ट्रिय उत्पादन धराशयी बनाएको छ र राष्ट्रिय अर्थतन्त्र तहसनहस भएको छ,' प्रतिवेदनमा भनिएको छ।
सचिव पोखरेलले भने सामन्तवाद समाप्त भइसक्यो भन्ने विचारलाई 'पार्टीको सिद्धान्तबाट विचलन वा दक्षिणपन्थतातर्फको भड्काउ' भनेर टिप्पणी गरेका छन्।
उत्पादन पद्धति पुँजीवादी भइसक्यो भन्ने धारणाले आमजनताको जीवनसँग गाँसिएका आर्थिक सम्बन्धलाई बेवास्ता हुने उनले ठानेका छन्। 'कुल ग्रार्हस्थ उत्पादनमा गैरकृषि क्षेत्रको योगदान वृद्धि भएको आधारमा नेपाल सम्पूर्ण रूपमा पँुजीवाद भइसक्यो भन्ने धारणा भड्काउ हो,' पोखरेलले लेखेका छन्। उनले जनआन्दोलनले जनक्रान्तिको स्वरुप ग्रहण गरेको र जनक्रान्ति जारी रहेको बताएका छन्। 'क्रान्तिका कार्यभार पुरा नहुँदै क्रान्ति सम्पन्न भएको भन्नु राजनीतिक कार्यदिशाको दृष्टिकोणले पनि त्रुटिपूर्ण कुरा हो,' पोखरेलको भनाइ छ।
सचिव पोखरेल २०६२–०६३ को परिवर्तनले सामन्तवाद पूर्ण रूपमा समाप्त गरेको मान्न तयार छैनन्। पोखरेलले संक्रमणकालीन व्यवस्थापनका लागि आठौं महाधिवेशनले पाँचवटा कार्यभार अहिले पनि पूरा नभएको जनाउँदै अहिले पनि त्यसको औचित्य समाप्त नभएको धारणा राखेका छन्।
आठांै महाधिवेशनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्ने, शान्ति प्रक्रियालाई पूर्णता दिने, राज्यको अग्रगामी पुनर्संरचना गर्ने, प्रगतिशील भूमिसुधारको कार्यक्रम लागू गरी सामन्तवादको उन्मूलनलगायत आर्थिक सामाजिक रूपान्तरणका कार्यक्रम लागू गर्ने, राष्ट्रिय सार्वभौमिकता र हित रक्षा गर्ने कार्यभार तोकेको थियो।
यता गौतमले भने एमालेका नयाँ कार्यभार समाजवादउन्मुख समाजिक आर्थिक रूपान्तरणसहितका उत्पादन पद्धति स्थापना गर्नु रहेको बताएका छन्। 'पुँजीवादीकरणभित्र दलाल र नोकरशाही पुँजीवादको प्रभुत्व रहेकै छ। यतिबेला नेपाली समाजको अग्रगतिका लागि सामन्तवादका अवशेष र विशेष रूपमा दलाल र नोकरशाही पुँजीवाद मुख्य बाधक छन्,' गौतमको प्रस्तावमा उल्लेख छ, 'यिनको अन्त्य गर्दै समाजवादउन्मुख सामाजिक आर्थिक रूपान्तरणसहितको उत्पादन पद्धति स्थापना गर्नु यतिबेला नेपाली समाजको मुख्य कार्यभार हो। यही कार्यभारको नामकरण नेपाली विशेषतामा आधारित 'नेपाली नमुनाको समाजवाद' सबभन्दा उपयुक्त हुनसक्छ।'