‘नेपाली समाज अर्ध–औपनिवेशिक छैन'
२४ चैत्र २०७०
•
९ मिनेट पाठ
‘नेपाली समाज अर्ध–औपनिवेशिक छैन'
काठमाडौं-पार्टीको आगामी नवौं महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजमा उत्पादन पद्धतिको विषयलाई लिएर फरक–फरक धारणा राख्दै आएका एमाले नेताहरू नेपाली समाजको चरित्र ‘अर्ध–औपनिवेशिक' नभएकोमा भने एकमत देखिएका छन्।पार्टी स्थापनाको ६५ वर्षपछि एमालेले समाजको चरित्रका विषयमा आफ्नो धारणा र व्याख्या परिवर्तन गर्न लागेको हो। यसअघि नेपाली समाज ‘अर्ध–औपनिवेशिक चरित्रको छ' भन्दै आएका एमाले नेताहरू अहिले मुलुक कहिल्यै औपनिवेशिक नभएको भन्दै यो धारणामा परिवर्तन गर्न एकमत देखिएका हुन्।

कहिल्यै कुनै देशको औपनिवेशभित्र नपरेको नेपाललाई अर्ध–औपनिवेशिक भनी टिप्पणी गर्नु पुर्खाले लडेर जोगाएको स्वाभिमानको अपमान भएको उनीहरूको निष्कर्ष छ। उनीहरूले साम्राज्यवादी र विस्तारवादी राष्ट्रबाट जुन–जुन विषयमा हस्तक्षेप हुन्छ, त्यसलाई त्यसैगरी प्रतिवाद गर्नुपर्ने पनि बताएका छन्। 

एमाले अध्यक्ष झलनाथ खनालले नेपाल ‘अर्ध–औपनिवेशिक' भन्न जरुरी नभएको बताएका छन्। ‘प्रधानमन्त्री हुँदा नेपालको सार्वभौमसत्ता, अखण्डताको कुरा गर्दै जाँदा मैले सोचेँ, यो देश अझै अर्ध–औपनिवेशिक छ भनेर मैले बोलेँ भने के हुन्छ?' नेपाल अध्ययन केन्द्रले आयोजना गरेको एक कार्यक्रममा खनालले भनेका थिए, ‘वास्तवमा यो परिवर्तन नगरी हुन्न भन्ने कुरा जानेपछि मलाई छटपटी लाग्यो। यो देश कहिल्यै कसैको उपनिवेश बनेकै छैन। नेपाल स्वतन्त्र देश हो, अखण्ड देश हो। साम्राज्यवादका सुँडहरू यहाँ छिर्न सक्छन, त्यसविरुद्ध हामीले मुद्दा–मुद्दामा लड्नुपर्ने हुन्छ।' 

एमाले उपाध्यक्ष बामदेव गौतमले पनि नेपाली समाजको चरित्र अर्ध–औपनिवेशिक नक्कल मात्रै भएको बताए। ‘कहिल्यै कसैको उपनिवेश र अर्ध–उपनिवेश नबनेको नेपाल आज सबै मापदण्ड पूरा गरेर एउटा स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न अखण्ड राष्ट्रका रूपमा विकसित भएको छ,' गौतमले मस्यौदा गरेको प्रतिवेदनमा भनिएको छ, ‘यस रूपमा संयुक्त राष्ट्र संघ र संसारका सबै अरू राष्ट्रले मान्यता दिएका छन्।' 

चिनियाँ नेता माओ त्से तुङले जापान र बेलायतले चीनका केही भूभाग कब्जा गरेको समयमा अर्ध–औपनिवेशिक भनेर गरेको विश्लेषणलाई नेपाली कम्युनिस्टहरूले नक्कल गरेकाले यहाँ पनि अर्ध–औपनिवेशिक उल्लेख हुन गएको गौतमले बताए। ‘सानोमा केटाकेटीले नक्कल गरेर सिक्छन्, पार्टी स्थापना हुँदा त्यो ठिकै थियो, हुर्किंदै गएपछि आफैंले सोचेर कुन कुरा सही हो भनेर छुट्याउन सक्छन्,' युवा किसान संघले आइतबार आयोजना गरेको कार्यक्रममा गौतमले भने, ‘तर, हामी ६० वर्षभन्दा बढी भइसक्दा पनि त्यही नक्कल गर्दै आएका छौं।' 

नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्दा पुष्पलाल श्रेष्ठले नेपाली समाजको चरित्र अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक भनेर उल्लेख गरेका थिए। गौतमले साम्राज्यवाद आक्रमक अवस्था भएको र क्षेत्रीय शक्ति राष्ट्रहरूले छिमेकी देशहरूमा प्रभुत्ववादी नीति अवलम्बन गरिरहे पनि शस्त्रको बलमा कुनै पनि देशलाई अर्ध–उपनिवेश र नवउपनिवेश बनाउन सम्भव नभएको दाबी गरेका छन्। 

‘विज्ञान प्रविधिको विकास तथा अभूतपूर्व समृद्धिका कारण विश्वव्यापीकरण भइरहेको छ। मानिस अन्तर्राष्ट्रिय जाति बनिसकेको छ। यस्तो अवस्थामा विश्वयुद्ध, आणविक युद्ध, क्षेत्रीय युद्ध र हतियारको प्रभुत्वबाट संसारमा उपनिवेश, अर्धउपनिवेश र नवउपनिवेश सम्भव छैन,' गौतमले वर्तमान राष्ट्रिय परिस्थिति र नेकपा (एमाले) को मार्गदिशामा लेखेका छन्, ‘यस्तो अवस्थामा संसारभरका कम्युनिस्ट क्रान्तिकारीहरूले जनताको बहुदलीय जनवादका सिद्धान्तमा नयाँ विशेषता समावेश गर्दै समृद्ध गरेर अगाडि बढ्नसके यही शताब्दीमा विश्वव्यापी रूपमा नयाँ समाजवाद स्थापना हुनसक्ने देखिन्छ। यस्तो अवस्थामा लोकतन्त्र शान्ति, समाजवाद, समृद्धि र राष्ट्रिय हितको नारा बुलन्द गर्दै नेकपा एमाले अगाडि बढ्नुपर्छ।' 

खनाल र गौतम मात्र होइन, महासचिव ईश्वर पोखरेल पनि यही निष्कर्षमा पुगेका छन्। उनले ‘अर्ध–औपनिवेशिक' व्याख्या र व्यवहारमा संगति मिल्न नसकेको बताए। ‘पहिलो लाइनमा नेपाल धेरै स्वतन्त्र रह्यो भनेर भन्छौं तर अर्को लाइनमा अर्ध–औपनिवेशिक अवस्था छ भनेर भन्छौं,' काभ्रेको धुलिखेलमा आयोजित युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्ने क्रममा पोखरेलले भने, ‘यो विवादास्पद कुरा भयो। नेपालमा नवउपनिवेशको शोषण छ, त्यसलाई मुद्दाका आधारमा उठाउनुपर्छ।' 

आठौं महाधिवेशनमा घनश्याम भुसालसहितका युवा नेताले नेपाली समाजको चरित्र अर्धसामन्ती र अर्ध–औपनिवेशिक नभै पुँजीवादी भैसकेको दृष्टिकोण सहितको पूरक राजनीतिक प्रस्ताव लगेका थिए। त्यस समयमा महाधिवेशनले समाजको चरित्र अर्धसामन्ती र अर्ध–औपनिवेशक नै भएको पारित गरेको थियो। 

सक्रमणकाल लम्बिँदै जाँदा राष्ट्रिय स्वाधिनता र हितको पक्ष झनै संवेदनशील बन्न पुगेको धारणा राख्ने एमाले सचिव शंकर पोखरेल पनि पछिल्लो समय अर्ध–औपनिवेशिक शब्दको प्रयोग नगर्ने पक्षमा पुगेका छन्। 

‘जनताले आफ्नो संविधान बनाउने अधिकार आफूले पाउनु सार्वभौमसत्ताको दृष्टिले महत्वपूर्ण विषय हो। तर यिनै कुराका आधारमा असमान सन्धि र सम्झौताको बोझबाट नेपाल मुक्त भाइहालेको मान्न सकिँदैन,' पोखरेलले भनेका छन्, ‘त्यसमाथि संक्रमणकाल लम्बिँदै जाँदा राष्ट्रिय स्वाधिनता र हितको पक्ष झनै संवेदनशील बन्न पुगेको निष्कर्ष विभिन्न समयमा पार्टीले निकाल्दै आएको छ। त्यस्तो दृष्टिकोणमा विचलन आउनु हुँदैन। यद्यपि अर्धउपनिवेश शब्दको प्रयोग गरिरहनु भने जरुरी छैन। त्यसलाई नयाँ रूपमा उल्लेख गर्न सकिन्छ।' 

उनले संविधासभामा आफूले नै नेपाल सार्वभौम र स्वतन्त्र हो भनेर स्वीकार गरिसकेको अवस्थामा त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने विषय विचारणीय भएको बताए।
अर्को समाचार
यस्ता छन् एमाले उम्मेदवारका एजेन्डा
२० असार २०७१
•
१२ मिनेट पाठ
यस्ता छन् एमाले उम्मेदवारका एजेन्डा

ठाकुर गैरे


नेपाली समाज अब अर्धसामन्ती छैन। अर्धऔपनिवेशिक पनि छैन। राजनीतिक लडाइँ अब लड्नुपर्दैन। समाज रूपान्तरण भएको छ। पुँजीवादी समाजलाई राष्ट्रिय पुँजीका रूपमा तयार गर्दै समाजवादतर्फ अघि बढ्नुपर्छ। सत्ता कब्जा नभएसम्म क्रान्ति बाँकी रहन्छ भन्ने पुरानो मान्यतामा अडिन हुँदैन। सबै नेपाल महिला, दलित, जनजाति, श्रमजीवी वर्गको हो भन्ने पार्न र सामाजिक न्यायसहितको आर्थिक क्रान्ति नै मेरो एजेन्डा हो।

रामनाथ ढकाल


२०६२/६३ को आन्दोलन हामीले लुम्बिनीबाट सुरु गर्यौं्। सफल पनि भयो। त्यसलाई संस्थागत गर्नु पहिलो प्राथमिकता हो। ६० वर्ष राजनीतिक आन्दोलन मात्र गर्यौंौ, अब आर्थिक विकास गरेर समृद्ध नेपाल निर्माणतिर लाग्नुपर्छ। पार्टीमा आवधिक पदीय प्रणाली राखेर पुस्तान्तरणको एजेन्डा उठाएको छु।

हिक्मत कार्की 


पहिला विधान पास हुनुपर्छ। त्यसपछि मात्र उम्मेदवारीको कुरा आउँछ। समकालीन नेताहरूले जानुपर्छ त भन्नुभएको छ तर टिमले नै फैसला गर्नुपर्छ। एमालेको केन्द्रीय समिति सर्वोच्च निकाय हो। हाम्रो पार्टीमा तीन पुस्ता छन्। ६० माथिका, ५० माथिका र ४० भन्दा माथिको छुट्टाछुट्टै पंक्ति छ। पहिलो पंक्ति रिटायर्ड हुँदै छ। त्यसपछि युवाको बाहुल्य हुनुपर्छ। मैले ३३ वर्ष पार्टीमा योगदान गरेकाले अब बेला भयो भनेर उम्मेदवारी दिने निर्णय गरेको हुँ। एउटै नेता दोहोरिइरहन हुँदैन। न्यायोचित वितरण प्रणालीका लागि उम्मेदवारी दिँदै छु।

सूर्य थापा


काममा स्थापित र पार्टी आवश्यकता पूरा गर्न सक्ने विज्ञपंक्ति अब तयार छ। म पनि सञ्चारक्षेत्रको विज्ञ अवश्य हुँ। हिजोभन्दा परिस्थिति बदलिएको छ। बहुआयामिक क्षेत्रमा नेतृत्वले सन्तुलन कायम गर्नुपर्छ। एमालेमा युवा र वयष्कको भेद मेटिएको अवस्था छ। युवा, वयष्क र पाको पुस्ताको सन्तुलित नेतृत्व हुनुपर्छ।
महाधिवेशनले मुख्य नेतृत्व त एउटै निर्वाचित गर्ने हो। बाँकी मिश्रित रूपमा प्रतिनिधिले चयन गर्छन्। अहिलेको विभाजन नीति र सिद्धान्तभन्दा व्यक्तिकेन्द्रित छ। कमसेकम एउटा थिति निर्माण गरेपछि म अलग्गिएँ भन्ने महसुस नहोस्। दोहोरिने र तेहेरिने नेताका लागि पनि विधि बनाइएको छ। समस्या त पार्टीमा आई नै रहन्छन्। छलफल भइरहन्छ। तिनाउदेखि भृकुटीमण्डपसम्म होइन, कलकत्ताको श्यामबजारदेखि भृकुटीमण्डपसम्म आउँदा विवादका अनेक आयाम भेटिन्छन्। 

टंक कार्की 


मेरो व्यक्तिगत एजेन्डाले अर्थ राख्दैन। पार्टीमा सामूहिक एजेन्डा हुन्छन्। सामूहिक विचारबाट आएका एजेन्डा। सामूहिक बुद्धिको संयोजन गर्ने थलो। तर, व्यक्तिका एजेन्डामा पनि प्रवेश गर्न सकिन्छ। अहिलेको एजेन्डा भनेको माघ ८ सम्म संविधान जारी गर्नु नै पहिलो काम हो। हामी नयाँ युगमा प्रवेश गरेका छौं। नयाँ राजनीतिक प्रणाली स्थापित गरेका छौं। अब आर्थिक विकासका लागि सहयोग पुर्या उनुपर्छ। 
अबको विकास न्यायपूर्ण हुनुपर्छ। रोटी पकाउने नै हो तर सबैलाई बाँड्नुपर्छ। राजनीतिक संरचना देखिनुपर्छ। राष्ट्रको अस्मिता संवर्द्धन गर्नुपर्छ। हाम्रो कमजोरीबाट कसैले फाइदा नलेओस्। भारत र चीनको अहित नहुने गरी कसैका पक्षमा नउभिई काम गर्नुपर्छ। निष्ठाको राजनीति बनाउन आवश्यक छ। 

राजन भट्टराई 


निर्णयमा पुगिसकेको छुइनँ तर उठ्ने तयारी हो। मूलतः पार्टीका लागि भनिएका नीतिगत र वैचारिक कुरा अब व्यवहारमा लैजानुपर्छ। त्यसैअनुसार नेतृत्व बनाउनुपर्छ। त्यसपछि स्पिरिटमा काम हुन सक्छ। पार्टीका अगाडि सम्भावना र चुनौती दुवै छन्। सम्भावनालाई पक्षमा राख्दै चुनौती पन्छाउँदै लैजानुपर्छ। हिजो युवाको भूमिका प्रभावकारी भएन कि भन्ने छ। त्यसका लागि युवाको संख्या बढाउनुपर्छ।
विचारमा हामी एकमत छौं। राजनीतिक अधिकार संस्थागत गरिसकेपछि आर्थिक विकासमा लाग्नुपर्छ। आर्थिक–सामाजिक रूपान्तरण चुनौती पनि छ। पार्टी हाँक्न सक्ने क्षमतासम्पन्न केन्द्रीय कमिटी बने चुनौती सामना गर्न सक्छौं। मेरो उपस्थितिले यसमा सहयोग पुर्या्उन सक्छ। महाधिवेशनपछि विवाद अन्त्य हुन्छ। एमालेका लागि यो पहिलो होइन, २०४९ देखि सुरु भएको हो। यसका केही तिता अनुभव पनि छन्। सुधार्दै अघि बढेका छौं। 

योगेश भट्टराई 


मुख्य कुरा एमाले जुन ठाउँबाट अघि बढ्नुपर्ने हो, हामी वैचारिक रूपमा प्रस्ट हुनुपर्छ। आठांै महाधिवेशनमा हामीले नेपाली समाजको बदलिँदो चरित्र, जबजका बारेमा जे कुरा अघि सार्यौं , अहिले त्यो एमालेको विचार भएको छ। त्यो कार्यान्वयन हुनुपर्यो । अब पार्टी राजनीतिक आन्दोलनमा जाँदैन, आर्थिक विकासमा लाग्छ। उत्पादनमुखी हुन्छ। जसले विचार अघि सार्यो।, उसैले त्यसको अगुवाइ गर्ने हो। राष्ट्रिय पुँजी विकास गरेर आर्थिक समृद्धि बढाउने एमालेको धारणा हो। यो धारणा अघि सार्ने नै नेतृत्वमा आए कार्यान्वयन सहज हुन्छ। 
अब पार्टीमा तीन पुस्ता छन्। पुरानो पुस्ताले विश्राम लिँदै छ। बीचको पुस्ता सल्लाहकारको भूमिकामा जाँदै छ। पार्टीलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ। एमालेलाई पहिलो पार्टी बनाउने हिम्मतसाथ अघि बढ्न आवश्यक छ। पार्टी होस् वा राज्य, नेतृत्वमा सही मान्छे पुगे मात्र धेरै काम हुन्छ। एमाले बन्नु देश बन्नु हो। त्यसैले महाधिवेशनले सही नेतृत्व चयन गर्नुपर्छ।

रवीन्द्र अधिकारी 


मुख्य कुरा पार्टी जीवनको लोकतन्त्रीकरण हो। पार्टीलाई चुनौती सामना गर्न सक्ने बनाउनु छ। पुरानो तरिकाले यो सम्भव छैन। नयाँ जेनेरेसनलाई नेतृत्व गर्न नयाँ सोच आवश्यक छ। त्यसैले नेतृत्व तहमा जानुपर्ने मेरो बुझाइ हो। संविधान निर्माण पनि समयमै पूरा गर्नुपर्छ। त्यसमा पार्टी नेतृत्व प्रभावकारी हुनुपर्छ। पार्टीको सामाजिक जीवनशैली स्वच्छ र पारदर्शी हुनुपर्छ। शब्द रटेर मात्र हुँदैन। कार्यकर्ता तयार पारेर सोचाइ नै त्यस्तै बनाउनुपर्योप। पार्टीमा अझै धेरै विज्ञसमूह आवश्यक छ। नयाँ जेनेरेसन आवश्यक छ। फराकिलो बनाउने भन्दैमा खराब ल्याउने होइन। ज्ञान र स्किल भएकालाई ल्याउनुपर्छ।
एमाले नयाँ ढंगले जान चाहन्छ। पार्टीलाई आर्थिक–सामाजिक रूपान्तरणका लागि योग्य बनाएर लैजान चाहन्छ। धेरै नयाँ र योग्य व्यक्ति आएर नेतृत्व गर्नेछन्। पद्धतिको विजय हुनेछ। 

रामकुमारी झाँक्री


व्यक्तिको एजेन्डाभन्दा पनि राष्ट्रिय महाधिवेशन मुख्य हो। यसले आगामी पाँच वर्षमा एमालेलाई कता लैजाने निर्देश गर्छ। शान्तिप्रक्रिया टुंगो लगाउने, प्रभावकारी सरकारलगायत विषयमा फैसला गर्ने हो। वैचारिक तहलाई महŒव दिन्छौं। आजको नेपाली समाज पुँजीवादी हो। राज्य सञ्चालन गर्ने शक्ति भएकाले एमालेले आर्थिक समृद्धिका लागि एजेन्डा तय गर्नुपर्छ। 
गाउँबाट सहरतिर युवाको ओइरो लाग्छ। सहरमा पनि बस्न दिएको छैन। पढेका पनि बाहिर पलायन भएका छन्। आजको पुँजीवादले महिलालाई घरबाहिर निस्कन छुट दिए पनि रोजगारीको बजारमा जान दिएको छैन। त्यसैले राष्ट्रिय चरित्रको पुँजी निर्माणमा लाग्नुपर्छ।
पार्टीमा विवाद त भई नै रहन्छ। कम्युनिस्ट पार्टीको प्रजातन्त्रीकरणपछि लोकतन्त्रको मसिहा भन्ने पार्टीलाई पनि माथ गर्ने गरी अघि बढ्यौं। त्यो छनोट गर्ने सन्दर्भमा प्रतिस्पर्धा स्वाभाविक हो।

दीपकप्रकाश भट्ट


२०६२/६३ पछिको आन्दोलनले राजनीतिक पाटो सम्पन्न भएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो। अब आर्थिक समृद्धिको पूर्वाधार तयार पार्नुपर्छ । यससम्बन्धी विचारै पास भएको छ। हिजो पञ्चायतकालमा जेलनेल देखिन्थ्यो, अहिले दक्षता पनि पार्टी जीवनका लागि आवश्यक हो। मैले सेना समायोजन प्राविधिक समितिमा रहेर काम गरेँ। अब पार्टीमा रहेर काम गर्न चाहन्छु।
बहुपदको संरचनामा हामी पहिले पनि गएका छौं। सामूहिक नेतृत्व राम्रो हुने भनेर गएको हो। झापा आन्दोलनदेखिका नेता पनि छन्। विद्यार्थी आन्दोलन र शान्तिपूर्ण जनक्रान्ति शृंखलाको कडी समात्ने गरी नेतृत्व चयन गरिनुपर्छ। ऊर्जाक्षेत्रमा जे हुनुपर्थ्यो त्यो गर्न सकेका छैनौं। यो नेतृत्वले त्यसलाई सम्बोधन गर्न सक्नुपर्छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस