एकता घोषणा वैशाख दोस्रो साताभित्रै
२५ चैत्र २०७०
•
५ मिनेट पाठ
एकता घोषणा वैशाख दोस्रो साताभित्रै
काठमाडौं-संविधानसभाका प्रमुख तीन तराई–मधेस केन्द्रित पार्टीले वैशाख दोस्रो साताभित्रै एकीकरणको घोषणा गर्ने तयारी गरेका छन्।तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल, मधेसी जनअधिकार फोरम नेपाल र सद्भावना पार्टीबीच एकीकरणका लागि गठित कार्यदलले नेतृत्व प्रणालीमात्र बाँकी राखेर अरू विषय टुंगो लगाएको छ । एकीकरणका लागि तयार राजनीतिक मस्यौदामा तीनै पार्टीले हस्ताक्षर गरिसकेका छन्।

एकीकरणपछि ‘लोकतान्त्रिक सद्भावना फोरम' नाम जुराइएको कार्यदलका सदस्य योगेन्द्रराय यादवले बताए। ‘एक अध्यक्ष र दुई कार्यकारी अध्यक्ष कि अध्यक्ष, वरिष्ठ नेता र सह–अध्यक्षमध्ये कुन नेतृत्व प्रणाली अपनाउने भन्नेबाहेक अरू विषय टुंगो लागेको छ,' यादवले नागरिकसँग भने, ‘नेतृत्व प्रणाली र कार्यविभाजनबारे तीनै पार्टीका अध्यक्षले टुंगोमा पुर्‍याएपछि सम्भवतः वैशाख दोस्रो साता एकीकरणको औपचारिक घोषणा गरिनेछ।'

कार्यदलले आफूलाई दिइएको जिम्मेवारी पूरा गरेर तीनै पार्टी अध्यक्षलाई त्यससम्बन्धी अनौपचारिक जानकारी गराइसकेको यादवले बताए। एकीकरणका लागि तयार पारिएको राजनीतिक मस्यौदामा तमलोपा अध्यक्ष महन्थ ठाकुर, फोरम अध्यक्ष उपेन्द्र यादव र सद्भावना अध्यक्ष राजेन्द्र महतोले हस्ताक्षर गरिसकेका छन्। 

राजनीतिक र सैद्धान्तिक विषयमा सहमति जुटे पनि औपचारिक रूपमा सार्वजनिक गरिएको छैन। नेतृत्वबारे जुन प्रणालीमा सहमति जुटे पनि ठाकुर सर्वसम्मत अध्यक्ष तथा यादवले संसदीय मोर्चा र महतोले सांगठनिक मोर्चा सम्हाल्ने सहमति भइसकेको स्रोतले बतायो।

पार्टी झन्डा र चुनाव चिह्नमा तमलोपाले इच्छा व्यक्त नगरेपछि तेर्सो आकारमा माथि रातो, बीचमा सेतो र तल हरियो रंग तथा केन्द्रमा तारा रहने पार्टी झन्डामा सहमति जुटेको छ। कार्यदलले फोरम नेपालले प्रयोग गरेको ‘मशाल'लाई चुनाव चिह्न स्वीकार गरेको छ।
कार्यदलले एकीकरणपछि पार्टीको संगठनात्मक स्वरूप र संरचना पनि टुंगोमा पुर्‍याएको छ। तत्कालका लागि ३ सय १ सदस्यीय केन्द्रीय समिति निर्माण गर्ने र वर्ष दिनभित्रै एकता महाधिवेशनमार्फत चुस्त केन्द्रीय समिति निर्माण गर्ने योजना पारित गरेको छ। हाल तमलोपाका १ सय २१, फोरमका ५५ र सद्भावनाका ९४ सदस्यीयसहित तीन पार्टीमा २ सय ७० केन्द्रीय सदस्य छन्। एकीकरणपछि तीनै पार्टीबाट थप्ने सर्तमा केन्द्रीय समिति बनाउन लागिएको हो।
कार्यसम्पादन समिति ३१ सदस्यीय बनाउने निष्कर्षमा पुगेका तीन पार्टीले ६५ सदस्यीय राजनीतिक समिति बनाएर पार्टी एकीकरण घोषणा गर्ने निष्कर्ष छ। तीन पार्टीबीच एकीकरण घोषणासँगै यो राजनीतिक दल संविधानसभाभित्र चौथो ठूलो शक्तिका रूपमा स्थापित हुनेछ। संविधानसभाभित्र हाल तमलोपाका ११, फोरमका १० र सद्भावनाका ५ जना सभासद छन्। एकीकरणपछि त्यसको संख्या २७ पुग्नेछ। हाल २४ सभासदसहित चौथो शक्ति रहेको राप्रपा नेपाललाई पाँचौंमा झारेर यो पार्टी चौथो शक्तिमा उक्लिनेछ।
एकीकरण प्रक्रिया अन्तिमतिर पुगेलगत्तै तमलोपाले जिल्ला–जिल्लामा पार्टीको विस्तारित बैठक बोलाएको छ। ‘पार्टी एकीकरणका लागि केन्द्रमा भएको निर्णय जानकारी गराउन तथा तल्लो तहबाट सुझाव लिन जिल्लामा विस्तारित बैठक गरिरहेका छौं,' केन्द्रीय सदस्य सुरेश मण्डलले नागरिकसँग भने। फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एकता प्रक्रियामा असन्तुष्टसँग वार्ता गरेर सहमति खोजिरहेका छन्।
अर्को समाचार
एकता घोषणा वैशाख दोस्रो साताभित्रै
२५ चैत्र २०७०
•
५ मिनेट पाठ
एकता घोषणा वैशाख दोस्रो साताभित्रै
काठमाडौं– संविधानसभाका प्रमुख तीन तराई–मधेस केन्द्रित पार्टीले वैशाख दोस्रो साताभित्रै एकीकरणको घोषणा गर्ने तयारी गरेका छन्।


तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल, मधेसी जनअधिकार फोरम नेपाल र सद्भावना पार्टीबीच एकीकरणका लागि गठित कार्यदलले नेतृत्व प्रणालीमात्र बाँकी राखेर अरू विषय टुंगो लगाएको छ । एकीकरणका लागि तयार राजनीतिक मस्यौदामा तीनै पार्टीले हस्ताक्षर गरिसकेका छन्।

एकीकरणपछि ‘लोकतान्त्रिक सदभावना फोरम' नाम जुराइएको कार्यदलका सदस्य योगेन्द्रराय यादवले बताए। …एक अध्यक्ष र दुई कार्यकारी अध्यक्ष कि अध्यक्ष, वरिष्ठ नेता र सह–अध्यक्षमध्ये कुन नेतृत्व प्रणाली अपनाउने भन्नेबाहेक अरू विषय टुंगो लागेको छ,' यादवले नागरिकसँग भने, ‘नेतृत्व प्रणाली र कार्यविभाजनबारे तीनै पार्टीका अध्यक्षले टुंगोमा पुर्‍याएपछि सम्भवतः वैशाख दोस्रो साता एकीकरणको औपचारिक घोषणा गरिनेछ।'

कार्यदलले आफूलाई दिइएको जिम्मेवारी पूरा गरेर तीनै पार्टी अध्यक्षलाई त्यससम्बन्धी अनौपचारिक जानकारी गराइसकेको यादवले बताए। एकीकरणका लागि तयार पारिएको राजनीतिक मस्यौदामा तमलोपा अध्यक्ष महन्थ ठाकुर, फोरम अध्यक्ष उपेन्द्र यादव र सद्भावना अध्यक्ष राजेन्द्र महतोले हस्ताक्षर गरिसकेका छन्। राजनीतिक र सैद्धान्तिक विषयमा सहमति जुटे पनि औपचारिक रूपमा सार्वजनिक गरिएको छैन। नेतृत्वबारे जुन प्रणालीमा सहमति जुटे पनि ठाकुर सर्वसम्मत अध्यक्ष तथा यादवले संसदीय मोर्चा र महतोले सांगठनिक मोर्चा सम्हाल्ने सहमति भइसकेको स्रोतले बतायो।

पार्टी झन्डा र चुनाव चिह्नमा तमलोपाले इच्छा व्यक्त नगरेपछि तेर्सो आकारमा माथि रातो, बीचमा सेतो र तल हरियो रंग तथा केन्द्रमा तारा रहने पार्टी झन्डामा सहमति जुटेको छ। कार्यदलले फोरम नेपालले प्रयोग गरेको …मशाल'लाई चुनाव चिह्न स्वीकार गरेको छ।

कार्यदलले एकीकरणपछि पार्टीको संगठनात्मक स्वरूप र संरचना पनि टुंगोमा पुर्‍याएको छ। तत्कालका लागि ३ सय १ सदस्यीय केन्द्रीय समिति निर्माण गर्ने र वर्ष दिनभित्रै एकता महाधिवेशनमार्फत चुस्त केन्द्रीय समिति निर्माण गर्ने योजना पारित गरेको छ। हाल तमलोपाका १ सय २१, फोरमका ५५ र सद्भावनाका ९४ सदस्यीयसहित तीन पार्टीमा २ सय ७० केन्द्रीय सदस्य छन्। एकीकरणपछि तीनै पार्टीबाट थप्ने सर्तमा केन्द्रीय समिति बनाउन लागिएको हो।

कार्यसम्पादन समिति ३१ सदस्यीय बनाउने निष्कर्षमा पुगेका तीन पार्टीले ६५ सदस्यीय राजनीतिक समिति बनाएर पार्टी एकीकरण घोषणा गर्ने निष्कर्ष छ। तीन पार्टीबीच एकीकरण घोषणासँगै यो राजनीतिक दल संविधानसभाभित्र चौथो ठूलो शक्तिका रूपमा स्थापित हुनेछ। संविधानसभाभित्र हाल तमलोपाका ११, फोरमका १० र सद्भावनाका ५ जना सभासद छन्। एकीकरणपछि त्यसको संख्या २७ पुग्नेछ। हाल २४ सभासदसहित चौथो शक्ति रहेको राप्रपा नेपाललाई पाँचौंमा झारेर यो पार्टी चौथो शक्तिमा उक्लिनेछ।

एकीकरण प्रक्रिया अन्तिमतिर पुगेलगत्तै तमलोपाले जिल्ला–जिल्लामा पार्टीको विस्तारित बैठक बोलाएको छ। ‘पार्टी एकीकरणका लागि केन्द्रमा भएको निर्णय जानकारी गराउन तथा तल्लो तहबाट सुझाव लिन जिल्लामा विस्तारित बैठक गरिरहेका छौं,' केन्द्रीय सदस्य सुरेश मण्डलले नागरिकसँग भने। फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एकता प्रक्रियामा असन्तुष्टसँग वार्ता गरेर सहमति खोजिरहेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस