अखिल क्रान्तिकारीको १९ औं सम्मेलनमा पदाधिकारी लगायत सदस्यहरु छनौटका लागि हुन लागेको निर्वाचन बिथोलिएको छ। नयाँ कार्य समितिका लागि सहमति हुन नसकेपछि निर्वाचन समितिले २ बजे निर्वाचन कार्यतालिका लिएर हलमा प्रवेश गरे लगत्तै प्रतिनिधिहरुले विरोध जनाएका थिए।हलमा रहेका प्रतिनिधिहरुले सहमतिको माग गर्दै करिब आधा घण्टा नारा लगाएको एक प्रतिनिधिले बताए।
प्रतिनिधिले विरोध जानएपछि नेतृत्व चयन गर्ने जिम्मा क्रान्तिकारीका पूर्व पदाधिकारीले माउ पार्टी एमाओवादीको केन्द्रीय कार्यलयलाई दिएको निवर्तमान उपाध्यक्ष सुदिप कुँवरले नागरिकन्युजलाई जानकारी दिए। पूर्वपदाधिकारीले ८ बुँदे ज्ञापनपत्र पार्टी 'हेडक्वाटर'मा बुँझाउँदै पार्टीको निर्णय मान्ने बताएका छन्।