काठमाडौं– नेकपा एमालेको नवौ महाधिवेशन दशरथ रंगशालामा उद्घाटन र भृकुटीमण्डको हलमा बन्द सत्र गर्ने गरी तयारी गरेको छ। महाधिवेशन तयारीका लागि गठित उप समितिहरुलाई एक साताभित्र पूर्णता दिने निर्णय पनि एमालेले गरेको छ।
मुल व्यवस्थापन कमिटीको केन्द्रीय कार्यालय बल्खुमा बिहीबार सम्पन्न बैठकले बैशाख तीन गतेसम्म उपसमितिलाई पूर्णता दिने निर्णय गरेको एमाले नेता विष्णु रिमालले जानकारी दिए।
महासचिव ईश्वर पोखरेलको संयोजक रहेको मुल व्यवस्थापन कमिटी अन्तर्गत ११ वटा उप समिति गठन गरिएको छ। मुल व्यवस्थापन कमिटीको बैठक लामो समयसम्म नबस्दा र उप समितिले पूर्णता नपाउँदा जेठको अन्तिम साताका लागि मिति तोकिएको महाधिवेशनको बारेमा अन्यौल उत्पन्न भएको थियो ।
जेठ २४ – ३० सम्मको महाधिवेशनका लागि देशभरबाट १ हजार ८ प्रतिनिधि सहभागिता रहने छ ।