काठमाडौं-एकीकृत नेकपा माओवादीले वैचारिक र सांगठनिक विषय हल गर्न वैशाख १८ गतेलाई तय गरेको राष्ट्रिय सम्मेलन सर्ने भएको छ। सम्मेलन आउन तीनसाता मात्र बाँकी रहँदा पनि गाउँ र जिल्ला अधिवेशन सम्पन्न नभइनसकेको तथा वैचारिक एजेन्डा अझै तय नभएकाले सम्मेलन सर्ने भएको हो।फागुन मसान्तभित्र सदस्यता नवीकरण गर्ने र चैतभित्र गाउँ तथा जिल्ला अधिवेशन सम्पन्न गर्ने पूर्वनिर्धारित योजना असफल भइसकेको छ। सदस्यता नवीकरणका लागि केन्द्रले पटक–पटक म्याद थप गरे पनि धनुषालगायत आधा दर्जन जिल्लामा सदस्यता नवीकरण हुन सकेको छैन।
पूर्व पोलिटब्युरो सदस्य देवेन्द्र पौडेलले अन्तिम समयमा भए पनि अहिले सदस्यता नवीकरणले तीव्रता पाएको जानकारी दिए। ‘केही जिल्लामा अझै पनि सदस्यता नवीकरण हुन सकेको छैन। अब नवीकरण हुन नसकेका जिल्लालाई छाडेर भए पनि अघि बढ्ने कुरा छ।' उनले पार्टी सदस्यता नवीकरणका लागि छानबिन प्रक्रिया जारी रहेको जानकारी दिँदै यसै साता त्यसको अन्तिम निर्णय हुने बताए।
मिथिला राज्य इन्चार्ज विश्वनाथ साहले गाउँ र जिल्ला अधिवेशन सम्पन्न नगरे प्रतिनिधि चयन गर्न गाह्रो हुने बताए। ‘सम्मेलन प्रतिनिधि चयन गर्न गाउँ र जिल्ला अधिवेशन गर्नुपर्छ,' साहले नागरिकसँग भने, ‘अब तीनसातमा गाउँ र जिल्ला अधिवेशन सक्ने गरी काम थालिएन भने सम्मेलन प्रभावित हुन्छ।'
एमाओवादी मुख्यालय देशभरबाट संकलित सदस्यता नवीकरण तथा त्यसमा परेको विवाद हल गर्न खटिएको छ। गाउँ र जिल्लाबाट नवीकरण गराएका कतिपय सदस्यले गत संविधानसभामा अन्तर्घात गरेको भन्दै सदस्यता नवीकरण नगर्न पनि केन्द्रमा उजुरी परेको छ। पूर्व पोलिटब्युरो सदस्य हरिबोल गजुरेलको नेतृत्वमा गठित अन्तर्घात छानबिन समितिले दोषी ठहर्या।एका सदस्यको नवीकरण गर्न नहुने दबाब केन्द्रमा परेको छ।
गाउँदेखि जिल्लासम्म सकेसम्म सहमति र नभए निर्वाचनमार्फत नेतृत्व चयन गर्ने पार्टी केन्द्रको निर्णय प्रभावकारी हुन्छ भन्ने ठेगान नभएको एक नेताले बताए। ‘पार्टीभित्रको विवाद हेर्दा यस्तो लाग्छ– जिल्ला सम्मेलन तोकिएको दिन एउटा पक्षले त्यसलाई अमान्य भन्छ,' ती नेताले नागरिकसँग भने, ‘वैद्य माओवादीमा जस्तो हाम्रो पार्टीमा पनि समानान्तर समिति निर्माण हुने सम्भावना धेरै ठाउँमा देखिएको छ।' उनले पार्टीभित्र सहअस्तित्वको सम्बन्ध विकास हुन निकै गाह्रो रहेको बताए।
यसैगरी, हेटांैडा महाधिवेशनले तय गरेको उत्पादन र निर्माणको कार्यदिशा ‘असफल' भयो भन्ने पूर्व उपाध्यक्ष बाबुराम भट्टराईको विचार सम्मेलनमा छलफलको सबैभन्दा चोटिलो बन्ने देखिएको छ। ‘बाबुरामजीले नयाँ शक्तिबारे बहस थाल्नुभएको छ, त्यो हेटौंडा महाधिवेशनले तय गरेको उत्पादन र निर्माणको कार्यदिशा असफल भएको भन्ने हो,' दाहालनिकट एक नेताले भने, ‘उहाँले सिधै भन्न नसकेको मात्रै हो, त्यो सफल थियो र हो भन्ने उहाँलाई लागेको भए नयाँ शक्तिको कुरा गर्नुहुन्थेन।' राष्ट्रिय सम्मेलनका लागि विशेष महाधिवेशनबाट वैचारिक समस्या हल गर्न माग गर्नुको कारण त्यही रहेको ती नेताको भनाइ छ।
अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको ‘उत्पादन र निर्माण'ले पार्टीभित्रको वैचारिक समस्या हल गर्न नसक्ने र त्यहीअनुसार पार्टी अघि बढ्न नसक्ने भएकाले नयाँ शक्तिको बहस सुरु भएको भट्टराईनिकट एक नेताले बताए। ‘पार्टी डुब्न लाग्दा पनि बाबुरामजीको विचारलाई प्रवेश नै नगराउने भनेर बाहिर सुरु भएको बहसले पार्टीभित्र समस्या ल्याएको छ,' ती नेताले नागरिकसँग भने, ‘उहाँको विचारलाई छलफलको विषय बनाइएन भने सम्मेलन नै प्रभावित हुनसक्छ।'
पुँजीवाद (नवउदारवाद) र समाजवादका ‘असल विषय' लाई फ्युजन गरेर पार्टीले नयाँ कार्यदिशा तय गर्नुपर्ने भन्दै राखेको भट्टराईको मागलाई दाहाल पक्षधर नेताले ‘गैरमार्क्सवादी र राजनीतिक विचलनको पराकाष्ठा' भन्दै छलफल गर्न अस्वीकार गरिरहेका छन्। तर, भट्टराईसहित उनी पक्षधर भने उक्त विषयलाई पार्टीभित्र छलफलको एजेन्डा बनाउनुपर्ने अडानमा कायमै छन्।
उत्पादन र निर्माणको कार्यदिशालाई थप व्याख्यासहित परिमार्जन गर्ने कि पुँजीवाद (नवउदारवाद) र समाजवादका असल पक्षलाई फ्युजन गरेर अघि बढ्ने भन्ने वैचारिक विषयले माओवादीभित्र लामो समयसम्म बहस हुने संकेत देखिएको छ।