गण्डकी सरकारले पायो पूर्णता, जसपाद्वारा शपथ बहिष्कार
०९ साउन २०७८
•
४ मिनेट पाठ
गण्डकी सरकारले पायो पूर्णता, जसपाद्वारा शपथ बहिष्कार
गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार थप ६ मन्त्रीले शपथ लिएसँगै प्रदेश सरकारले पूर्णता पाएको हो । यसअघिको मन्त्रिपरिषद् मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल (नेपाली) सहित पाँच सदस्यीय थियो । विस्तारपछिको मन्त्रिपरिषद् ११ सदस्यीय भएको छ ।




सरकारमा शुक्रबार कांग्रेस र माओवादी केन्द्रका तीनतीन मन्त्री थपिएका हुन् । थपिएका मन्त्रीमा माओवादी केन्द्रका रामजीप्रसाद बराल, दीपक थापा र चन्द्रबहादुर बुढा तथा नेपाली कांग्रेसका मेखलाल श्रेष्ठ, मणिभद्र शर्मा र बिन्दुकुमार थापा छन् । नवनियुक्त मन्त्रीहरूलाई गण्डकी प्रदेश प्रमुख सीता पौडेलले शपथ गराइन् ।

सरकारमा माओवादी केन्द्रका तर्फबाट नेतृत्व गर्दै मन्त्री बनेका बरालले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् भने बुढाले भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण र थापाले वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयको जिम्मेवारी पाएका छन् । नेपाली कांग्रेसका श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास, बिन्दुकुमारले कानुन, सञ्चार तथा प्रदेशसभा मामिला र शर्माले पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

सरकारमा शुक्रबार कांग्रेस र माओवादी केन्द्रका तीनतीन मन्त्री थपिएका हुन् । थपिएका मन्त्रीमा माओवादी केन्द्रका रामजीप्रसाद बराल, दीपक थापा र चन्द्रबहादुर बुढा तथा नेपाली कांग्रेसका मेखलाल श्रेष्ठ, मणिभद्र शर्मा र बिन्दुकुमार थापा छन् । यसअघि मन्त्रिपरिषद् पाँच सदस्यीय थियो ।
त्यसअघि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट डोबाटे विश्वकर्मा छनोट भएपनि अन्तिम क्षणमा उनको सट्टा थापालाई मन्त्री बनाइएको हो । यतिसम्म कि विश्वकर्मालाई शपथका लागि निमन्त्रणासमेत गरिएको थियो । तर केन्द्रीय नेताहरूको दबाबका कारण विश्वकर्माको स्थानमा थापालाई मन्त्री बनाइएको स्रोतको दाबी छ । थापा पार्टीमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवानिकट मानिन्छन् ।

११ सदस्यीय मन्त्रिमण्डलमा यसअघि मन्त्री बनेका कुमार खड्काले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् । सुरुका केही दिन बिनाविभागीय मन्त्री बनेका उनलाई बीचमा शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको थियो । सबै मन्त्रीको कार्यविभाजन भएसँगै उनलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी तोकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

त्यस्तै यसअघि माओवादी केन्द्रबाट मन्त्री बनेकी मधु अधिकारी गुरुङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री बनेका हरिशरण आचार्यलाई ऊर्जा, जलस्रोत तथा खानेपानी र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई युवा तथा खेलकुद मन्त्रालयमा यथावत् राखिएको छ ।

कास्कीले पायो तीन मन्त्री

अघिल्लो सरकारमा निल बनेको गण्डकी प्रदेशको राजधानीसमेत रहेको कास्की जिल्लाले यसपटक भने तीनवटा मन्त्री पाएको छ । पृथ्वी सुब्बा गुरुङ नेतृत्वको तत्कालीन एमाले सरकारले कास्कीबाट कसैलाई पनि मन्त्री नबनाउँदा ठूलो आलोचना भएको थियो । आलोचनापछि कास्कीबाट मन्त्री बनाउने सोच बनाए पनि आफूले नरुचाएका एमाले सांसद कृष्ण थापाको नाम आएपछि गुरुङ ब्याक भएका थिए । आफू मुख्यमन्त्री बन्ने बेला असहयोग गरेको भन्दै उनले कृष्णलाई मन्त्री बनाउनुभन्दा बरु मन्त्रिपरिषद् नै विस्तार नगर्ने अडान लिए । कृष्णलाई मन्त्री बनाउन पार्टी पंक्ति र स्वयं एमाले अध्यक्ष केपी शर्मा ओलीले दबाब दिँदासमेत गुरुङले मानेनन् ।

तर कांग्रेस नेतृत्वको वर्तमान सरकारमा भने कास्कीले तीन मन्त्री पाएको छ । मन्त्री भएका कुमार खड्का, बिन्दुकुमार थापा र रामजीप्रसाद बराल कास्कीका हुन् । माओवादी केन्द्रका बराल कास्की क्षेत्र नम्बर ३ (क) तथा कांग्रेसका बिन्दुकुमार कास्की क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित भएका हुन् । त्यस्तै कांग्रेसका खड्का समानुपातिक सांसद हुन् । कास्कीले तीन मन्त्री पाएपछि जिल्लावासी खुसी भएका छन् ।

जसपाद्वारा शपथ बहिष्कार

गण्डकी प्रदेशमा सत्ता साझेदार जसपाले शुक्रबार मन्त्रीहरूको शपथ कार्यक्रम बहिष्कार गरेको छ । सरकारको नेतृत्व गरेको कांग्रेसले पूर्वसहमतिअनुसार थप एक मन्त्री जसपालाई नदिएपछि शपथ कार्यक्रम बहिष्कार गरिएको हो । दुई सांसद मात्र रहेको जसपालाई कांग्रेसले सुरुमा अर्थसहित दुई मन्त्रालय दिने सहमति गरेको थियो । पछि अर्थ मन्त्रालयमा माओवादीसँगको विवाद देखाएर कांग्रेसले दुई मन्त्रालय जसरी पनि दिने प्रतिबद्धता पुनः जनायो । तर शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने बेला जसपालाई छुटाएपछि ऊ असन्तुष्ट बनेको छ । कांग्रेसले सहमति उल्लंघन गरेर धोका दिएकाले शपथ बहिष्कार गरेको जसपाले जनाएको छ ।

जसपा सांसद धनमाया लामा पोखरेलले कांग्रेसले पटकपटक धोका दिएकाले अब सहकार्य टुंग्याउनुपर्ने पक्षमा आफूहरू पुगेको बताइन् । ‘धोका एकपटक होइन, पटकपटक भएको छ, अब यसरी धोका दिने र बेइमानी गर्नेसँग सहकार्य गर्नुहुन्न भन्ने छ,’ उनले भनिन् । प्रतिगमन ढलाइसकेकाले अब सधैं सहकार्य गर्नुपर्छ भन्ने पनि नभएको भन्दै उनले थपिन्, ‘सरकार छाडेर प्रतिपक्षमा बसौं भन्ने छ तर पार्टीले के निर्णय गर्छ, हेरौं ।’
अर्को समाचार
गण्डकी सरकारका माओवादी मन्त्रीहरुले दिए राजीनामा, समर्थन पनि फिर्ता
१० चैत्र २०७९
•
२ मिनेट पाठ
गण्डकी सरकारका माओवादी मन्त्रीहरुले दिए राजीनामा, समर्थन पनि फिर्ता
गण्डकीका माओवादी मन्त्रीहरु शुक्रबार मुख्यमन्त्री खगराज अधिकारीलाई राजीनामा पत्र बुझाउँदै।
नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। माओवादीले एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। 




नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको शुक्रबार दिउँसो बसेको बैठकले एमाले नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। त्यस लगत्तै संसदीय दलका नेता हरिबहादुर चुमानले सरकारलाई दिएको समर्थन फिर्ता लिने पत्र बुझाएका थिए।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयसँगै माओवादीका मन्त्रीहरुले शुक्रबार नै पदबाट राजीनामा दिएका छन्। गण्डकी प्रदेश सरकारमा माओवादीबाट मन्त्री बनेका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जाली मगरले मुख्यमन्त्री खगराज अधिकारीलाई राजीनामा पत्र बुझाएका हुन्।

मन्त्रीहरुले राजीनामा र सरकारलाई दिएको समर्थन फिर्ता लिनुअघि माओवादीले काँग्रेससँग छलफल गरेको थियो। छलफलमा माओवादीले आगामी सरकारमा आलोपालोसँगै पहिलो कार्यकालमै सरकारको नेतृत्व मागेको थियो। तर काँग्रेस नेताहरुले भने केन्द्रबाटै सबै कुरा टुङ्गिने भएकाले यसलाई अहिले प्रमुख विषय बनाउन नहुने भन्दै ठोस जवाफ नदिएको श्रोतले बताएको छ।

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले राजनीतिक परिस्थिति फेरिएसँगै सरकारबाट फिर्ता हुँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए। उनले चाँडै काँग्रेससँग मिलेर नयाँ सरकार निर्माण गरिने र पहिलो कार्यकाल नै सरकारको नेतृत्व आफूहरूले पाउनुपर्ने बताए। सरकारमा आलोपालो गर्ने भन्ने त टुंगिसकेको छ,उनले भने, ‘यो त नेताहरुले पहिल्यै टुंग्याईसकेको विषय हो। तर पहिलो कार्यकाल नै माओवादी नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने हाम्रो कुरा हो।’

यसअघि प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेपनि प्रदेशमा पनि आलोपालो सरकार बन्ने बताइसकेका छन्। तर काँग्रेसले आलोपालो सरकार बनाउन गण्डकीमा आनाकानी गर्दै आएको छ।

माओवादी र राप्रपाको समर्थनमा नेकपा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बनेका थिए। तर माओवादीले समर्थन फिर्ता लिएसँगै अधिकारी नेतृत्वको गण्डकी सरकार अल्पमतमा परेको छ। ६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका ८ र राप्रपाका दुई सांसदको समर्थनमा बनेको सरकारलाई माओवादीले समर्थन फिर्ता लिएसँगै अधिकारी सरकार अल्पमतमा परेको हो। अब मुख्यमन्त्री अधिकारीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ।

अधिकारीले विश्वासको मत नपाएको खण्डमा काँग्रेस नेतृत्वमा सरकार गठनको बाटो खुल्नेछ। काँग्रेसको २७ सांसद भएकाले माओवादी र काँग्रेस मिल्ने बित्तिकै गण्डकीमा बहुमत पुग्छ। उसो त स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका दीपक मनाङेलेपनि काँग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने बताइएको छ।
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस