काठमाडौं-नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली उपचारका लागि लामो समयदेखि नयाँ दिल्लीमा रहेकाले महत्वपूर्ण राजनीतिक निर्णय रोकिएका छन्।संसदीय दलको निर्वाचनमा ओलीसँग पराजित भएका अध्यक्ष झलनाथ खनाल पार्टीमा निर्णायक हुन सकिरहेका छैनन्। संसदीय दलले सरकार, संविधानसभा र पार्टीबीच ‘पुलको भूमिका' निर्वाह गर्छ भने सत्ता गठबन्धनका अन्य दलले पनि संसदीय दलमार्फत सम्बन्धित पार्टीसँग समन्वय गर्छन्। यस हिसाबले ओलीको अनुपस्थितिका कारण राष्ट्रिय राजनीतिका मुद्दासमेत प्रभावित भएका छन्।
केन्द्रीय सदस्य योगेश भट्टराईले संसदीय दल सक्रिय नहुँदा दीर्घकालीन महत्वका विषयमा पार्टीभित्र छलफल हुन नसकेको बताए। ‘सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगजस्ता विषयको विधेयक संसदमा प्रस्तुत हुँदा त्यसलाई लिएर पार्टीभित्र छलफल नै भएन,' भट्टराईले आइतबार नाागरिकसँग भने, ‘सरकारले मनोनित गर्ने २६ सभासदको नामबारे छलफल हुनुपर्ने थियो, संविधानसभा समितिको नेतृत्व विवाद पनि यथावत छ।' संसदीय दलका नेताको अनुपस्थितिका कारण पार्टीबाट ती निकायमा कसले प्रतिनिधित्व गर्ने भन्ने विषयमा छलफल हुन सकेको छैन।
ओली निर्वाचित हुनेबित्तिकै उपचार गर्न गएका कारण उपनेतादेखि प्रमुख सचेतक र सचेतकको चयनसमेत हुन सकेको छैन। ‘सरकार सञ्चालन र संविधान निर्माण गर्ने फाँटको प्रमुख जिम्मेवार संसदीय दल हो,' प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले भने, ‘अहिले विशेष अवस्थाका कारण गठबन्धन सरकार सञ्चालन र संविधानसभा प्रभावित हुनु स्वाभाविक हो।' उपनेता छनोट हुन नसकेका कारण संसदीय दलको गतिविधि प्रभावित बनेको उनले बताए।
‘संसदीय दलको नेता नहुँदा उपनेताले त्यस्तो जिम्मेवारी बहन गर्ने हो,' ज्ञवालीले भने, ‘उपनेताको विषयमा स्थायी कमिटीले गरेको निर्णय कार्यान्वयन हुन सकेको छैन।' संसदीय दलको उपनेतामा विष्णु पौडेलको नाम प्रस्ताव गर्ने स्थायी कमिटीले निर्णय गरेको थियो।
उपनेता संसदीय दलले र मुख्य सचेतक तथा सचेतक संसदीय दलका नेताले छान्ने प्रावधान छ। अर्को सत्ता साझेदार दल नेपाली कांग्रेसले प्रमुख सचेतक र सचेतक छनोट गरेको करिब एक महिना पुग्दा एमालेले भने संसदीय दल नेताको अनुपस्थितिकै कारण यी कार्य पूरा गर्न सकेको छैन।
ओलीको अनुपस्थितिमा संसदील दलको एकपटक मात्रै बैठक बस्यो। पार्टी अध्यक्ष खनालको अध्यक्षतामा बसेको दलको बैठकले संसदीय दलको विधान पारित गर्यो्। तर, संसदीय दलका नेता अनुपस्थित रहेको बैठकको वैधानिकता र निर्णयको स्वामित्व विषयमा सभासदले प्रश्न उठाएका थिए।
‘लामो समयसम्म संसदीय दलका नेता बाहिर हुँदा पार्टी र सरकारको गतिविधि प्रभावित भएका छन्,' केन्द्रीय सदस्य घनश्याम भुसालले भने, ‘संविधानसभा र सरकारमा संसदीय दलमार्फत जाने हो। मुली नै नभएपछि त्यसको प्रत्यक्ष असर देखिएको छ। एमाले संसदीय दलले महत्वपूर्ण भूमिका खेल्न सकेको छैन।' भुसालले संसदमा नेताहरूको मर्यादाक्रमसमेत तोक्न नसकिएको बताए।
केन्द्रीय सदस्य भट्टराईले पार्टी अध्यक्षले नै संसदीय दलको अध्यक्षता गर्ने कुरा विधानमा नभएको बताउँदै भने, ‘संसदीय दल तदर्थवादमा चलिरहेको छ।' एमालेको तर्फबाट समन्वयको जिम्मेवारी सभासद राजेन्द्र पाण्डले सम्हाल्दै आएका छन्।
नियमित स्वास्थ्य परीक्षणका लागि फागुन १८ गते भारत गएका ओली नयाँ दिल्लीमा स्वास्थ्यलाभ गरिरहेका छन्। नयाँ दिल्लीको साकेतस्थित म्याक्स अस्पतालमा २७ दिन उपचार गराएर उनी केही समयअघि डिस्चार्ज भएका थिए।