दिक्तेलबजार हिलाम्मे, तत्काल ढलान सुरु गर्न कांग्रेसको माग
१० साउन २०७८
•
३ मिनेट पाठ
दिक्तेलबजार हिलाम्मे, तत्काल ढलान सुरु गर्न कांग्रेसको माग
वर्षा याममा खोटाङको दिक्तेलबजार हिलाम्मे हुँदा स्थानीयलाई आवात–जावत गर्न समस्या भएको भन्दै कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ। दिक्तेलको हाटडाँडादेखि सिँचाईगेटसम्मको खण्ड ढलान नहुँदा वर्षा याममा हिलाम्मे हुँदा पैदल यात्रा गर्न समेत असहज भएको भन्दै नेपाली कांग्रेस क्षेत्र नम्बर २ खोटाङले ध्यानाकर्षण भएको जनाएको हो। 




जिल्ला प्रशासन कार्यालयमा शनिबार ज्ञापन–पत्र बुझाउँदै कांग्रेसले दिक्तेलबजारको बाँकी खण्ड ढलानको जिम्मा लिएका ठेकेदारलाई तत्काल बोलाएर वैकल्पिक व्यवस्था गरी सहज आवत–जावतको व्यवस्था मिलाउन ध्यानाकर्षण गराएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पर्ने बजारको सडक ढलानमा भएको ढिलासुस्तीमा स्थानीय सरकारले परिणामुखी पहलकदमी गर्न नसकेको कांग्रेसले जनाएको छ।  

साविकको सदरमुकाम दिक्तेलबजारको रत्नपार्कदेखि सिँचाईगेटसम्म, त्रिबेणीचोकदेखि मालपोत कार्यालय र भवनगैरादेखि कृषि ज्ञानकेन्द्रसम्म ढलान भइसकेको छ। अव हाटडाँडादेखि त्रिबेणीचोक हुँदै सिँचाई गेटसम्मको खण्ड ढलान गर्न बाँकी छ। त्यसमध्ये टेलीकमको कार्यालयदेखि हाटडाँडा क्षेत्रमा दिक्तेल–खानीडाँडा आहाले सडक कालोपत्रे गर्ने क्रममा स्वःत ढलान हुने छन्। टेलीकमदेखि सिँचाईगेटसम्मको खण्डको ढलानका लागि ठेक्का सम्झौता भएको महिना दिन वित्दा समेत काम नहुँदा स्थानीय हिलाम्मे बजारमा हिँड्न बाध्य बनेको कांग्रेस क्षेत्र नम्बर २ का सभापति तिर्थराज भट्टराईले बताए।  

पहाडी जिल्लाका सदरमुकाम ढलान भएको वर्षौँवित्दा दिक्तेलबजार हालसम्म ढलान हुनसकेको छैन। जिल्लाका जनप्रतिनिधि, नेता लगायतलाई नै गिज्याइरहेको दिक्तेलबजारको टेलीकमदेखि सिँचाईगेटसम्मको खण्डको ढलानका लागि सुर्य विकास जेभी लाहानले ठेक्का पारेको छ। सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाको २ करोड ६८ लाखमा आगामी मंसिर २० गतेसम्ममा सम्पन्न गर्नेगरी सुर्य विकास जेभीले गत असार १० गते सम्झौता गरेको हो। 

तर, ठेकेदारले काम सुरु नगर्दा दिक्तेलबजार हिलाम्मे बनेको कांग्रेसको ध्यानाकर्षण पत्रमा उल्लेख छ। दिक्तेलबजारका पुरानो बेसक्याम्प, सिँचाई गेट आसपासमा आहालजस्तै धमिलो पानी जमेको देखिन्छ। हिलो जमेको सडकको डिलबाट हिँडडुल गर्दा समेत यात्रुको खुट्टा भासिने गरेको छ। जुत्ता चप्पलमा हिलो लाग्ने गरेको छ। सडकमा जमेको हिलो सवारी साधनले उछिट्याउँदा पैदल यात्रीलाई भिजाउने गरेको गुनासो छ। २०२० सालमा खोटाङबजारबाट दिक्तेलमा सारिएको सदरमुकामलाई ढलान गर्ने प्रयास हालसम्म सफल हुन सकेको छैन। 

कांग्रेसले कोभिड–१९ को महामारीको वाहनामा कतिपय ठेकेदारले भौतिक पुर्वाधारको काम अलपत्र छाडेको पाइएको जनाएको छ। 

कोभिड विरुद्धको खोप सुनिश्चित गर  

अधिकांश जिल्लामा कोभिड–१९ विरुद्धको खोप पुगिसकेको उल्लेख गर्दै कांग्रेसले खोटाङका नागरिकका लागि तत्काल खोपको व्यवस्थाका लागि प्रशासनको ध्यानाकर्षण गराएको छ। यस्तै, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असार २८ गते पत्र अनुसार शिक्षकलाई पहिलो प्राथमिकतामा राखेर कोभिड–१९ विरुद्धको खोप व्यवस्था गरेर जीवन सुरक्षित गर्न माग गरिएको छ। 

‘कोरोना संक्रमण विरुद्धको खोप देशका अधिकांश जिल्लामा प्रयोग गरिसकिएको समाचार आइरहँदा खोटाङमा भने खोप दिनबाट वञ्चित भइ नागरिकले असुरक्षित महसुस गरिहेकाले तत्काल खोप व्यवस्थाका लागि सरोकारवाला पक्षलाई ध्यानाकर्ष गराइयोस्,’ ध्यानाकर्षण–पत्रमा भनिएको छ, ‘नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट असार २८ गते शिक्षक तथा कर्मचारीलाई पहिलो प्राथमिकतामा राखी खोप लगाउन परिपत्र गरिएकाले उक्त निर्देशनलाई कार्यान्वयन गरी पठन–पाठन गराउने शिक्षकको जीवन सुरक्षित गरियोस्।’ 
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
५ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस