प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा ओली निकट एक सांसदले जनताले नभई अदालतले संसद् पुनःस्थापना गरेको बताएपछि भएको विवादले समितिको बैठक प्रभावित बनेको छ। संसद् पुनःस्थापना भएपछिको पहिलो बैठकमा सरकारले गरेको निर्देशनको कार्यान्वयन र विविध विषयमा छलफल गर्ने एजेण्डा राखिएको थियो। समितिका सदस्य रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको बलले दुई÷दुई पटकको प्रतिगमन पराजित भएको बताउँदै संसद् दोस्रो पटक पुनःस्थापना भएकोमा सबैलाई बधाई दिए। उनले अब संसदीय समितिलाई प्रभावकारी बनाउनुपर्ने बताए।
तर ओली सरकारमा १८ दिने वन तथा वातावरण मन्त्री बनेका नारदमुनी रानाले भने जनताले नभई अदालतले संसद् पुनःस्थापना गरेको बताए पछि संसदीय समितिमा नेपाल समूह, माओवादी केन्द्र र काँग्रेसका सांसद तथा जनता समाजवादी पार्टीका सांसद आक्रोशित बनेका थिए। सांसद रानाले संसद् विघटन गराउनका लागि क–कसले भूमिका खेले भन्दै माधव नेपालप्रति कटाक्ष गरेपछि एमाले कै दिपकप्रकाश भट्टले रानाको भनाइमा आपत्ति जनाउँदै ‘प्रतिगमनकारीलाई यहाँ बोल्ने ठाउँ छैन’ भन्दै यस्ता कुरा नगर्न चेतावनी दिएका थिए।
त्यसपछि माधव नेपालले ‘प्रतिगमनको मतियार बन्ने तपाई बाहिर जानुस् वा राजिनामा दिनुनस्’ भन्दै सांसद रानालाई धम्काएका थिए। नेपालले सांसद रानालाई चोर औंला देखाएर भने, ‘तपाई प्रतिगमनको मतियार बन्ने ? प्रतिगमनको मतियार भएर यहाँ बोल्न पाइँदैन। तपाईं राजीनामा दिनुस्, निस्कनुस्।’ माधव नेपालले चेतावनी दिँदै गर्दा काँग्रेसका दिव्यमणी राजभण्डारीले समितिमा सांसद रानाले संविधान विपरित कुरा गरेको भन्दै आपत्ति जनाएका थिए। माओवादी केन्द्रका सुदन किराँतीले मन्त्री भएको मानिसलाई सभामुखले समिति नतोकेसम्म समितिमा उपस्थित हुन नपाउने बन्दै समितिमा बस्न नदिन सभापतिसँग आग्रह गरेका थिए।
ओली सरकारमा सहभागी भएका एमाले सांसद मोहन बाँनिया र जनता समाजवादी पार्टीकी रेणुका गुरुङ भने यसअघि नै बाहिरिएका थिए। नारदमुनी रानाले बैठकको मध्यसमयमा प्रवेश गरेर बैठक प्रभावित बनाएका थिए। कांग्रेस सांसद दिव्यमणीराज भण्डारीले नेता नेपालको योगदानबाट प्रतिनिधिसभा बचेको भन्दै अहिलेको संसद् र सरकार १ सय ६५ जना सांसदको बहुमतबाट जीवित भएको बताए। सांसद पुष्पा कुमारी कर्ण कायस्तले संसद जोगाउनका लागि आफ्नो पार्टीका २२ सांसदका लागि बाध्यकारी अवस्था रहेको र संसद जोगाउन सफल भएको बताइन्।
संसदमा सबैजना बोल्न थालेपछि समिति सभापति पवित्रा निरौला खरेललाई बैठक नियन्त्रण गर्न कठिनाई भएको थियो। रानाले अन्य सांसदलाई तपाई को हो ? मलाई यहाँबाट जा भन्ने मलाई सभापतिले खबर गरेर आएको हो भन्दै आफ्ना भनाइ राखिरहेका थिए। रानालाई अन्य सांसदले तपाई को हो ? यहाँ आएर ठूल्ठूला कुरा गर्ने भन्दै चुप लाग्न चेतावनी दिएका थिए।