पाल्पा - पाल्पा पोखराथोक स्थित मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीको घरमा नेकपा माओवादी क्रान्तिकारीको पर्चासहित झोलामा विस्फोटक पदार्थ भेटिएको छ। सेनाको डिस्पोजल टोली उनको घर पुगेर हेर्दा २ लिटरको प्रेसर कुकर बम रहेको फेला परेको हो। टोलीले बम डिस्पोज गरेको छ।
हिजोमात्रै सरकार नेतृत्वको १०० दिन पूरा गरेका रेग्मीको घरमा बम भेटिएको हो।
बम डिस्पोजका लागि बुटवलबाट नेपाली सेनाको टोली झिकाइएको पाल्पा प्रहरी प्रमुख स्थानेश्वर रेग्मीले बताए। बिहान करिब ६ बजेतिर विष्फोटको झोला राखिएको हुनसक्ने आशंका गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी र नेपाली सेनाको चन्डीप्रसाद गणबाट गएका सेना रेग्मीको घरमा सुरक्षार्थ खटिएका थिए।