काठमाडौं- प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणमा पक्राउ परेका आफ्ना दुई कार्यकर्ता रिहाइ गर्नुपर्ने र मुद्दा फिर्ता लिनुपर्ने माग गर्दै बुधबार व्यवस्थापिका संसद बैठक अवरूद्ध गरेको छ। एक महिनाअघि आफैंले गरेको प्रतिबद्धताविपरीत एमाओवादीले व्यवस्थापिका संसद अवरुद्ध गरेको हो।
एमाओवादीले संसद बैठक अवरोध गरेपछि सभामुख सुवासचन्द्र नेम्वाङको कार्यकक्षमा भएको वार्तामा सरकार हत्या प्रकरणलाई सत्यनिरुपण तथा मेलमिलाप आयोगमा लैजान तयार भएको थियो। तर, एमाओवादीले भने त्यस प्रकरणमा पक्राउ परेका छविलाल पौडेल र भीमसेन पौडेललाई रिहाइ गर्नुपर्ने र १३ जनाविरूद्ध परेको मुद्दा फिर्ता लिनुपर्ने जिकिर गरेको हो।
वार्तामा प्रधानमन्त्री सुशील कोइरालाले फुजेल प्रकरणलाई उचालेर सदन अवरुद्ध नगर्न एमाओवादीलाई आग्रह गरेका थिए। तर, कार्यकर्ता रिहाइ नभएसम्म कुनै पनि हालतमा सहमति कायम हुन नसक्ने र सदन पनि चल्न नसक्ने अडान राखेको एमाओवादी नेता अग्नि सापकोटाले जानकारी दिए। 'उहाँहरू फुजेल घटनालाई सत्यनिरुपण तथा मेलमिलाप आयोगमा लैजान तयार देखिनुभएको छ,' सापकोटाले भने, 'हामीले पहिले मुद्दा फिर्ता लिएर पक्राउ परेका दुईजनाको रिहाइ हुनुपर्छ भनेका छौं।'
वार्तामा सहमति नभए पनि करिब दुई घन्टापछि व्यवस्थापिका संसद बैठक चलेको थियो, तर एमाओवादीले अवरोध गर्योा। त्यसपछि बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले चैत ६ गते रोस्ट्रममा उभिएर भनेका थिए, 'सामान्य राजनीतिक अवस्थाको सत्तापक्ष र प्रतिपक्ष होइनौं, विशेष मोडमा छौं। यसको गाम्भीर्यता बुझेर हामी सकेसम्म सदन अवरुद्ध गर्ने छैनौं।'
एमाओवादीले अहिले भने संसद बहिष्कार गर्नु आफ्नो बाध्यता भएको जिकिर गरेको छ। व्यवस्थापिका संसदको बुधबार बैठक सुरु हुनासाथ एमाओवादी सभासदले उठेर विरोध जनाएपछि सभामुख नेम्वाङले एमाओवादी नेता बाबुराम भट्टराईलाई बोल्न समय दिएका थिए। भट्टराईले सम्बोधनमा संसद अवरोध गर्नु बाध्य भएको बताएका थिए। 'थुप्रै जिल्लामा पनि द्वन्द्वकालीन घटना ब्युँताइएको छ,' भट्टराईले भने, 'उनीहरूको मुद्दा फिर्ता नलिएसम्म सदनको कामकारबाही अघि बढ्दैन। हामी बाध्य भएर सदन अवरुद्ध गर्न लागेका हौं।'
प्रधानमन्त्रीप्रति कटाक्ष
एमाओवादी नेता भट्टराईले प्रधानमन्त्री सुशील कोइराला विगतदेखि नै शान्ति प्रक्रिया भाँड्न लागेको र अहिले फुजेल घटनामा आफ्ना कार्यकर्ताविरूद्ध मुद्दा चलाएर त्यसलाई पुष्टी गरेको आरोप लगाए। '३० गते तीन दलका नेताबीच अनौपचारिक कुराकानी हुँदा सबै दलका नेताले यस विषयमा मुद्दा चलाउन नमिल्ने बताउनुभएको थियो,' भट्टराईले भने, 'एमालेका नेताहरू र प्रधानमन्त्रीकै पार्टीबाट पनि यस्तो सुझाव आएको थियो। तर, प्रधानमन्त्रीले एक्लै कसरी निर्णय गर्नुभयो? यसमा आशंका जाग्यो। प्रधानमन्त्री स्वतन्त्र हुनुहुन्छ कि कसैबाट स्वचालित हुनुहुन्छ? कसको दबाबमा काम गर्दै हुनुहुन्छ?'
पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले आफूहरू शान्ति प्रक्रियामा आएका बेला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शान्ति प्रक्रियाका काम अघि बढाउँदा नजिकका व्यक्तिले नै अवरोध गरिरहेको जानकारी दिएको स्मरणसमेत गरे। 'जतिबेला हामी शान्ति प्रक्रियामा आएका थियौं। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला आफूलाई आफ्नै नजिकका मान्छेले शान्ति प्रक्रियामा बाधा पुर्याकइरहेको भन्नुहुन्थ्यो,' भट्टराईले भने, 'अहिले संयोगले गिरिजाप्रसाद कोइरालाकै नजिकका पात्र मानिने व्यक्ति (सुशील कोइराला) प्रधानमन्त्री हुनुभएको छ। आज हामीलाई आशंका भइरहेको छ। शान्ति प्रक्रिया भाँड्न को लागिरहेको छ। सहमति भइसकेपछि प्रधानमन्त्री एक्लैले मुद्दा चलाउने आदेश कसरी दिनुभयो?'
भट्टराईले द्वन्द्वकालीन घटनामा आयोग नबनेसम्म मुद्दा चलाउन मिल्छ भन्ने भ्रम रहेकोसमेत बताए। 'धेरै मानिसलाई भ्रम छ, 'सत्यनिरुपण तथा मेलमिलाप आयोग नबनेसम्म द्वन्द्वकालीन घटना चलाइराख्नुपर्छ भन्ने कुरा आएको छ। तर, यसले शान्ति प्रक्रिया भाँडिन्छ,' उनले भने, 'फुजेल घटनामा आरोपित रामप्रसाद अधिकारी र परशुराम पौडेललाई चुनावी अन्तरिम मन्त्रिपरिषदले पक्राउ गरी बयान लिँदा दोषी पाइएन, अहिले कसरी दोषी देखिए?'
आफूहरू लोकतान्त्रिक मार्गमा अघि बढिरहेका बेला सरकारले प्रश्न उठाउने काम गरेको भट्टराईको भनाइ थियो। 'हिजो प्रधानन्यायाधीश नेतृत्वको सरकार र अहिलेको पुलिस प्रशासनले छानबिनका क्रममा कुनै दोषी भेटिएन भनेर छाडेका मान्छेलाई अहिले प्रधानमन्त्रीको ठाडो आदेशमा मुद्दा चलाइएको छ। यो गम्भीर विषय हो। प्रधानमन्त्रीले कसरी सोच्नुभएको छ?'
भट्टराईले मुद्दा फिर्ता नभएसम्म सदनका कुनै काम अघि बढ्न नसक्ने प्रष्ट्याए। भट्टराईले प्रधानमन्त्री र सरकारको आलोचना गर्दै सम्बोधन गरेपछि बैठक स्थगित गरी सभामुख नेम्वाङको उपस्थितिमा दुवै पक्षबीच वार्ता भएको थियो। तर, बैठकमा एमाओवादीले कार्यकर्ता रिहाइलाई 'बटमलाइन' तोकेपछि सहमति हुन सकेन।
सहमति नभइ दुई घन्टापछि सुरु भएको बैठकमा एमाओवादी नेता जनार्दन शर्माले द्वन्द्व नै चाहेको भए घोषणा गर्न सरकारलाई चुनौती दिए। 'विभिन्न समयमा भएका आन्दोलनको हिसाबकिताब गर्ने हो भने प्रधानमन्त्रीले पनि कुनैबेला विमान अपहरण गर्नुभएको थियो। उहाँका बारेमा पनि प्रश्न उठाउन सकिन्छ,' उनले भने।