काठमाडौं- राजदूतहरूको पद, जिम्मेवारी र नियुक्ति प्रक्रिया एउटै भए पनि उनीहरूले पाउने तलबसुविधामा साढे १० हजार रुपैयाँसम्मको भिन्नता पाइएको छ।तलब समान बनाउने विषय पटक–पटक उठ्दै आए पनि परराष्ट्र मन्त्रालयले ध्यान नदिँदा तीनथरीको तलबमान कायम छ। एउटै ठाउँमा परराष्ट्र सेवाबाट राजदूत भएर जाँदा कम तलब हुन्छ भने राजनीतिक नियुक्तिमा जाँदा बढी।
बहालवाला परराष्ट्रका सहसचिव तथा निजामती सेवाका सहसचिव राजदूत भएर गए सहसचिव सरहकै तलब दिइन्छ। तिनै सहसचिवले अवकाश लिएपछि राजदूत भएर गएको अवस्थामा सचिव सरह तलब पाउँछन्। बहालवाला सहसचिव राजदूतले मासिक ३० हजार १ सय ९३ रुपैयाँ तलब पाउँछन् भने अवकाशप्राप्त सहसचिव राजदूतले ३८ हजार ३ सय ८२ रुपैयाँ बुझ्छन्।
निजामती सेवाका बहालवाला सचिव तथा पूर्वसचिव राजदूत भएर गए सचिव सरह नै तलब थाप्छन्। मुख्य सचिव राजदूत भएर जाँदा मुख्य सचिव सरहकै तलबसुविधा पाइन्छ।
उदाहरणका लागि, डेनमार्कका लागि नेपाली राजदूत मुक्तिनाथ भट्ट, पाकिस्तानका लागि भरतराज पौड्याल र अस्टे्रलियाका लागि रुद्रकुमार नेपालले वैदेशिक भत्ताबाहेक मासिक ३० हजार १ सय ९३ रुपैयाँ तलब बुझ्छन्। उनीहरू तीनैजना परराष्ट्रका बहालवाला सहसचिव अर्थात ‘करिअर डिप्लोम्याट्स' हुन्।
बंगलादेशका लागि राजदूत हरिकुमार श्रेष्ठ, मलेसियाका लागि निरञ्जनमान सिंह बस्नेत, युनाइटेड अरब इमिरेट्सका लागि धनञ्जय झा र इजरायलका लागि प्रह्लादकुमार प्रसाईंले भत्ताबाहेक ३८ हजार ३ सय ८२ रुपैयाँ बुझ्छन्। उनीहरू चारैजना परराष्ट्रका अवकाशप्राप्त सहसचिव हुन्। उनीहरूको गन्ती ‘करिअर डिप्लोम्याट्स' मै हुन्छ।
त्यस्तै, न्युयोर्कस्थित राष्ट्रसंघीय स्थायी नियोगका लागि नेपाली प्रतिनिधि तथा सरकारका सचिव दुर्गाप्रसाद भट्टराई, जापानका लागि राजदूत तथा पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराईले पनि वैदेशिक भत्ताबाहेक ३८ हजार ३ सय ८२ रुपैयाँ बुझ्छन्। दुवै राजदूतलाई ‘करिअर डिम्लोम्याट्स' मा गणना गरिन्छ।
दक्षिण कोरियाका लागि राजदूत कमानसिंह लामा, साउदी अरबका लागि उदयराज पाण्डे, बेल्जियमका लागि राममणि पोखरेल, चीनका लागि महेशकुमार मास्के र रुसका लागि रविमोहन सापकोटा ‘कोपिला' ले ३८ हजार ३ सय ८२ रुपैयाँ बुझ्छन्। पाँचैजनाले राजनीतिक नियुक्ति पाएका हुन्।
केही महिनाअघि कार्यकाल सकेर फर्केका क्यानडाका लागि राजदूत तथा पूर्व मुख्यसचिव भोजराज घिमिरेले वैदेशिक भत्ताबाहेक मासिक ४० हजार ६ सय ९५ रुपैयाँ बुझ्ने गर्थे। दुई वर्षअघि कार्यकाल सकेर फर्केका रुसका लागि राजदूत तथा संसद सचिवालयका पूर्व महासचिव सूर्यकिरण गुरुङ पनि बढी तलब बुझ्नेमै पर्थे। गुरुङले मुख्यसचिवको मासिक तलब बराबर बुझेका थिए।
मुख्य सचिवबाट अवकाश पाएपछि क्यानडाका राजदूत बनेका घिमिरेले सचिव सरह तलब बुझ्न मानेनन्। त्यस्तै, संसद सचिवालयको महासचिव छँदै रुसका राजदूत नियुक्त भएका गुरुङले आफ्नो मर्यादाक्रम मुख्य सचिवसरह रहेको जनाउँदै सचिवसरह तलब थाप्न इन्कार गरे। अन्ततः घिमिरे र गुरुङ दुवैलाई मुख्यसचिवसरह नै तलब भुक्तानी गरिएको स्रोतले जानकारी दियो।
अन्य देशका राजदूतको हकमा भने यस्तो भिन्नता हुँदैन। ती देशमा अधिकांश राजदूत कूटनीतिक सेवाका (करिअर डिप्लोमेट्स) हुने हुँदा तलब उस्तै हुन्छ। राजनीतिक नियुक्ति भइहाले पनि समान नै हुन्छ।
‘हाम्रोमा सचिव राजदूत भए सहसचिव सरहको तलब बुझ्न मर्यादाले दिँदैन भन्छन्। मुख्यसचिव गए सचिवसरह लिन मान्दैनन्। खासमा राजदूतहरूको तलब समान हुनुपर्ने हो,' एक पूर्वराजदूतले भने, ‘तीनथरी तलब हुँदा कम पाउनेको मनोबल उँचो रहन सक्दैन। तलब भिन्नताकै कारण राजदूतहरूमा भेट हुँदा सानो र ठूलो भन्ने अहम् देखिन्छ।' तलब तथा वैदेशिक भत्तासमेत गरी औसत एकजना राजदूतले मासिक ३ हजार अमेरिकी डलर (करिब तीन लाख रुपैयाँ) बुझ्ने गर्छन्।
राजदूतहरूको तलब मन्त्रिपरिषद बैठकले निर्क्याैल गर्दै आएको छ। मन्त्रिपरिषदले सहसचिव गए सहसचिव सरह, सचिव गए सचिव सरह, राजनीतिक व्यक्ति गए सचिव सरह, मुख्यसचिव गए मुख्यसचिव सरह तलब दिने निर्णय गर्दै आएको छ।
महालेखापरीक्षकको कार्यालयले प्रत्येक वर्ष राजदूतहरूको तलब समान गर्न भन्दै आए पनि कार्यान्वयन भएको छैन। उसको आग्रह प्रतिवेदनमै सीमित छ। केही दिनअघि सार्वजनिक प्रतिवेदनमा पनि महालेखाले राजदूतहरूले फरक–फरक तलब बुझ्ने गरेकामा आपत्ति जनाएको छ।
‘एकै पदको तलबभत्तामा विविधता देखिएकाले कानुनद्वारा स्पष्ट व्यवस्था गरी एकरुपता ल्याउनु जरुरी छ,' प्रतिवेदनमा भनिएको छ।