काठमाडौं- एनेकपा माओवादी, मधेसवादी दल र संघीय समाजवादीबीच 'रणनीतिक मोर्चा' बनाउनेबारे छलफल भएको छ।'
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा भएको छलफल निष्कर्षमा पुगिनसकेको बैठकमा सहभागि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताए।
उनका अनुसार बदलिँदो राजनीतिक परिस्थितिमा संघीयता पक्षधरहरुले साझा मोर्चा बनाएर अघि बढ्ने विषयमा छलफल भएको थियो। 'पहिचानसहितको संघीयताका पक्षधरहरु एक ठाउँ हुनुपर्नेमा सबैको एक मत छ,' उनले भने, 'यसबारे फेरि बैठक बसेर निष्कर्षमा पुग्छौं।'
बैठकमा एमाओवादी अध्यक्ष दाहाल, वरिष्ठ नेता बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदार, सद्भावना अध्यक्ष राजेन्द्र महतो, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिकका अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादीका अध्यक्ष अशोक राई सहभागी थिए।