पहिचान संघीयतामा फेरि मोर्चाबन्दी
०६ वैशाख २०७१
•
६ मिनेट पाठ
पहिचान संघीयतामा फेरि मोर्चाबन्दी
काठमाडौं-एकीकृत माओवादीले पहिचानसहितको संघीयता पक्षधरबीच फेरि मोर्चाबन्दी सुरु गरेको छ। शनिबार अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा आयोजित दिवा भोजसहित बैठकमा केही मधेसवादी दल र संघीय समाजवादी पार्टीले मोर्चामा सहभागी हुन सहमति जनाएका छन्।बैठकमा तीन शक्तिबीच साझा ‘रणनीतिक मोर्चा' बनाउने सहमति भएको सहभागी नेताहरुले जानकारी दिएका छन्। 
‘प्रतिपक्षमा रहेका दलहरुबीच साझा धारणा बनाउने विषयमा छलफल केन्द्रित रह्यो,' सद्भावना अध्यक्ष राजेन्द्र महतोले नागरिकसँग भने, ‘संघीयता पक्षधरहरु एक ठाउँमा उभिनुपर्छ भन्नेमा सबै एकमत छन्।'
मोर्चालाई कस्तो सांगठनिक ढाँचा दिने भन्नेबारे बैठकमा छलफल भए पनि टुंगो लागिसकेको छैन। तत्कालका लागि विचार मिल्ने मुद्दाहरुमा साझा धारणा बनाउने र छलफल प्रक्रिया अघि बढाइरहने निर्णय भएको एमाओवादी नेता पोष्टबहादुर बोगटीले जानकारी दिए। 
‘कुन–कुन मुद्दामा दीर्घकालीन रुपमा अघि बढ्न सकिन्छ, त्यसको पहिचान गर्नै छलफल समिति भयो,' उनले भने, ‘साझा एजेन्डा तय भएपछि मोर्चाको सांगठनिक ढाँचा तयार हुनेछ।' एजेन्डा मिल्ने दलहरुबीच दीर्घकालीन समझदारी हुनुपर्नेमा बैठकले जोड दिएको उनले बताए।
अघिल्लो संविधानसभा ताका बनाइएको मोर्चालाई नयाँ रुपमा सक्रिय बनाउन लागिएको बोगटीको भनाइ छ। उनका अनुसार मोर्चामा बस्न चाहने दलहरु सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्ति खोजबिन आयोगबारे साझा धारणा बनाउनसमेत सहमत भएका छन्। शान्ति प्रक्रियाको अभिन्न अंगका रुपमा रहेका यी आयोगको प्रक्रिया अघि बढे पनि विभिन्न षड्यन्त्र हुन सक्नेतर्फ सचेत हुनुपर्नेबारे बैठकमा छलफल भएको थियो।
एमाओवादी नेता बाबुराम भट्टराईको प्रधानमन्त्रीकालमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन बनेको थियो। यो गठबन्धनले तत्कालीन सत्ता साझेदार र सरकारका समर्थक दलहरुबीच पुलको काम गरेको थियो। 
प्रधानन्यायाधीश खिलराज रेग्मीले सरकार सम्हालेपछि निष्त्रि्कय रहेको गठबन्धनलाई दोस्रो संविधानसभा निर्वाचनका समयमा एमाओवादीले सक्रिय बनाउन खोजेको थियो। तर, चुनावी तालमेल हुन नसकेपछि यो प्रयास त्यत्तिकै सेलायो। 
बैठकमा एमाओवादी अध्यक्ष दाहालले पछिल्ला राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राखेका थिए। उनले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनलगायत विभिन्न समयमा भएका आन्दोलनका भावना संविधानमा लिपिबद्ध बनाउन एजेन्डा मिल्ने शक्तिहरुले समझदारी गरेर अगाडि बढ्नुको विकल्प नभएको भन्दै साझा मोर्चाको प्रस्ताव गरेको दाहाललाई उद्धृत गर्दै उनका स्वकीय सचिव चुडामणि खड्काले जानकारी दिए। 
मधेसी जनअधिकार फोरमका महासचिव जितेन्द्र देवका अनुसार दलहरुबीच मोर्चा बनाउने सैद्धान्तिक सहमति भइसकेको छ। उनका अनुसार मोर्चा पहिलेको संयुक्त लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनजस्तो हुनेछैन। ‘यो पहिलेको जस्तो हुँदैन, यसले दीर्घकालीन मोर्चाका रुपमा काम गर्नेछ,' देवले भने, ‘यसले पहिलेको गठबन्धनको भन्दा उच्चस्तरको एकता कायम राख्छ। मोर्चाको कार्यविधि, आचारसंहिता र सञ्चालन विधि अर्को बैठकमा तय गरिने उनले जानकारी दिए। स्रोतका अनुसार बिहीबार पनि यसबारे दलहरुबीच छलफल भएको थियो।
दोस्रो संविधानसभा परिणामले अग्रगमनकारी शाक्तिलाई पाखा लगाइदिएको व्याख्या सत्तारुढबाट हुनु गलत भएको देवले बताए। उनले त्यही गणितमा टेकेर कांग्रेस–एमालेले ०४७ सालको जस्तै संविधान निर्माण गर्न खोजेकाले मोर्चा आवश्यक भएको बताए। ‘उनीहरु (कांग्रेस–एमाले) मा संविधानसभा परिणामले दम्भ बढेको छ,' देवले भने, ‘हामीले जे गरे पनि हुन्छ भन्ने भावना बढेको छ, त्यसलाई तोड्न र संविधानमा सबैका भावना राख्न मोर्चा आवश्यक छ।'
बैठकमा एमाओवादी अध्यक्ष दाहाल, वरिष्ठ नेता बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी, फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदार, फोरम नेपाल अध्यक्ष उपेन्द्र यादव, संघीय समाजवादी अध्यक्ष अशोक राई, सद्भावना अध्यक्ष महतो, तमलोपा सभासद एकबल अहमद साहलगायत थिए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस