योजना आयोगका नवनियुक्त उपाध्यक्ष विश्वनाथ पौडेलले कोभिड–१९ र बाढीपहिरोको प्रभावका बारेमा अध्ययन गरेर योजना बनाउने बताएका छन्। सिंहदरबारमा बिहीवार बिहान पदबहाली गर्दै उपाध्यक्ष पौडेलले कोभिड–१९ र बाढीपहिरोको प्रभावका बारेमा अध्ययन गर्दै रणनिती बनाउने सुनाए।
उनले अब नियमित कामका साथै समग्र योजना तर्जुमाको गुणस्तर बढाउने, अर्थसहितका अन्य मन्त्रालयलाई पृष्ठपोषण दिने गरी काम गर्ने बताए। योजना आयोगसँग प्रत्यक्ष र नियमित रुपमा जोडिने निकायलाई बलियो बनाउने उनको लक्ष्य रहेको छ।
“कोभिड र फ्ल्डको इम्प्याक्टको बारेमा हामीले हेर्नुपर्नेछ,’ उनले भने, ‘त्यसपछि रेगुलर काम, ओभरल प्लानिङको गुणस्तर बढाउने तर्फ लाग्ने छु।’ त्यस्तै अर्थलगायत अरु मन्त्रालयहरुलाई छुट ब्याक दिने काम र हामीलाई चाहिने अरु निकायहरुलाई बलियो बनाउने हाम्रो लक्ष्य छ, सरहरु र कर्मचारीबाट यही अपेक्षा गरेको उनले बताउ । आफ्नो बाँकी कार्यकाल सरकारलाई उपयोगी हुने काम गर्ने उनको विश्वास छ।