सभामुख अग्निप्रसाद सापकोटा र गृह मन्त्री बालकृष्ण खाणबीच आज छलफल भएको छ। सिंहदरबास्थित सभामुखको कार्यकक्षमा भएको भेटमा संसदको चालु अधिवेशनमा विधेयकहरु अघि बढाउने लगायतका विषयमा छलफल भएको हो।
सभामुख सापकोटा र मन्त्री खाणबीच बाढी पहिरोका कारण उत्पन्न विपत्ति र व्यवस्थापका सन्र्दभमा सरकारी तयारीबारेसमेत छलफल भएको छ। सभामुख सापकोटाको जिज्ञासामा मन्त्री खाणले विपद् संकटग्रस्त क्षेत्र घोषित सिन्धुपाल्चोक जिल्लामा राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको छुट्टै युनिट बनाएर विस्थापितहरुको पुनर्स्थापनाको कार्य अघि बढाउने जानकारी दिए।
उनले सिन्धुपाल्चोकको जुरे पहिरो पीडितको नाममा सर्बसाधारणबाट संकलन भई राज्यकोषमा रहेको रकम निकासा गर्ने विषयमा जानकारी लिएर कार्य अघि बढाउने बताए। यसबर्ष मनसुनको सुरुआतसँगै मनाङ् र सिन्धुपाल्चोकमा बाढी पहिरोबाटो ठूलो क्षति पुगेपछि सरकारले दुबै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।