काठमाडौ-एकीकृत नेकपा माओवादीले वैशाख १८ गतेदेखि विराटनगरमा हुने राष्ट्रिय सम्मेलन व्यवस्थापनका लागि तयारीलाई तीव्र बनाएको छ।
सम्मेलन व्यवस्थापनका लागि संगठन विभाग प्रमुख पोष्टबहादुर बोगटी नेतृत्वको मूल व्यवस्थापन समिति तयारी जुटेको छ।‘सम्मेलनको अन्तिम तयारीमा जुटेका छौं,' एमाओवादी संगठन विभाग प्रमुखसमेत रहेका बोगटीले भने, ‘१६ गतेभित्र जिल्ला सम्मेलन सक्ने लक्ष्य छ, त्यसपछि प्रतिनिधि र पर्यवेक्षकको अन्तिम नामावली आउँछ।'
जिल्लाबाट छनोट भएर आउने नामसँगै सम्मेलनको सबै तयारी सकिने बोगटीले बताए। सम्मेलनमा ११ सय प्रतिनिधि र पर्यवेक्षक सहभागी हुनेछन्।
एमाओवादी प्रवक्ता दीनानाथ शर्माले समयमै जिल्ला सम्मेलन सकेर निर्धारित समयमै राष्ट्रिय सम्मेलन गर्ने बताए। ‘मधेसका केही जिल्लाको कुरा हो, त्यहाँ छिट्टै सम्मेलन सम्पन्न हुन्छ,' उनले भने।
सम्मेलनको उद्घाटन कार्यक्रम विराटनगरको सहिद रंगशालामा गर्ने तयारी छ भने बन्दसत्र वीरेन्द्र सभागृहमा हुनेछ। सम्मेलनमा सहभागीलाई आवासका लागि धर्मशाला, होटल र सामाजिक भवन व्यवस्था गर्ने एमाओवादीका केन्द्रीय सदस्य कुमार पौडेलले जानकारी दिए।
सम्मेलनमा प्रतिनिधि, पर्यवेक्षक र व्यवस्थापनमा खटिनेसमेत गरेर १५ सय माओवादी नेता–कार्यकर्ता हुने विराटनगर क्षेत्रमा कार्यरत पौडेलले बताए। एमाओवादीको हेटौंडामा सम्पन्न सातौं महाधिवेशनमा करिब ५ हजार नेता–कार्यकर्ता सहभागी थिए।
एमाओवादीले सम्मेलन सम्पन्न गर्न ४० लाख खर्च लाग्ने अनुमान गरेको छ। ‘सम्मेलन सकिँदासम्म ४० लाख लाग्ने अनुमान गरेका छौं। यो रकमम बढ्न पनि सक्छ,' मूल व्यवस्थापन समितिका संयोजक बोगटीले भने।
सम्मेलन क्षेत्रमा आकस्मिक स्वास्थ्य केन्द्र र मिडिया सेन्टरको व्यवस्था मिलाइने भएको छ।
सम्मेलनमा अध्यक्ष दाहालले राजनीतिक, सांगठनिक प्रतिवेदन पेस गर्नेछन्। चुनावी परिणाम, अबको रणनीति र वर्तमान राजनीतिक परिस्थिति, सांगठनिक अवस्थालगायतका विषय समेटेर दाहालले प्रतिवेदन तयार पार्ने एमाओवादी नेताहरूले बताएका छन्।
एमाओवादीको गत माघमा सम्पन्न केन्द्रीय समिति बैठकले एक वर्षपछि पार्टी महाधिवेशन गर्ने भन्दै वैशाखमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको थियो। सो बैठकमा नेता बाबुराम भट्टराईले छलफलका ११ बुँदा र अर्का नेता नारायणकाजी श्रेष्ठले ९ बुँदा पेस गरेका थिए। उनीहरूका बुँदालाई समेट्ने गरी अध्यक्ष दाहालले प्रतिवेदन तयार गरेका छन्।
यता गत साउनमै एमाओवादीले काठमाडौंमा पार्टीको विस्तारित बैठक आयोजना गरेको थियो। हेटौंडा महाधिवेशनबाट खाली रहेका महासचिव र कोषाध्यक्ष पदमा को जाने भन्नेमा लामो छलफल भए पनि टुंगो लाग्न नसकेपछि विस्तारित बैठक बोलाउनुपरेको थियो। विस्तारित बैठकअघि पार्टी उपाध्यक्ष रहेका बाबुराम भट्टराईले पार्टीमा पद लोलुपता बढेको भन्दै पद त्याग गरेपछि विस्तारित बैठकले अध्यक्ष दाहाल मात्र रहने गरी अन्य सबै नेतालाई केन्द्रीय समिति सदस्यमा सीमित गरेको थियो।