काठमाडौं— उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले नेपालमा नेपाली नागरिकता प्राप्त गर्न कुनै समस्या नभएको बताएका छन्। नेपालमा नागरिकताको समस्या छ भन्दै केही विद्वानहरुले खेती गरेको भन्दैउनले आक्रोस व्यक्त गरे।'नेपालमा विदेशी नागरिक बाहेकलाई नागरिकता लिन कुनै समस्या छैन', महिला कानुन तथा विकास मञ्चले आयोजना गरेको कार्यक्रम गौतमले भने- 'नागरिकताको समस्या छ भन्दै केही एनजिओ विद्वानले खेती गरेका छन् त्यसको म खण्डन गर्छु।'
कार्यक्रममा आयोजक संस्थाले नेपालमा नागरिकता प्रमाण पत्रको प्राप्ति, प्रवृति, बाधा र अवसर बारे गरिएको सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै २० प्रतिशत नेपाली नागरिक नागरिकताबिहीन भएको बताएको थियो। प्रतिवेदन अनुसार १२ जिल्लाका २० हजार जनासँग सर्वेक्षण गरिएको थियो। गृहमन्त्री गौतमले नेपालमा नेपाली नागरिकबाट जन्मिकएको बच्चा जन्मनसाथ नेपाली नागरिक हुने तर्क गर्दै केही एनजिओहरुले नागरिकता प्रमाणपत्र नलिएकै तथ्यांकलाई नागरिकबिहीन भनेर गलत ब्याख्या गरेको तर्क गरे। 'नेपाली नागरिक जन्मनासाथ नागरिक हुन्छ', उनले भने- '१६ वर्षपछि उसले नागरिकताको प्रमाणपत्र मात्र लिने हो।'
नेपालमा नागरिकता वितरण प्रणाली युरोपको जस्तो जन्मनसाथ पाउने लचिलो एवं जापान र कोरिया जस्तो कठोर कानुन नभइ मध्यम स्तरको व्यवस्था भएको उल्लेख गर्दै गृहमन्त्रीले भने,'विदेशी नागरिकको हकमा अङ्गीकृत नागरिकताको व्यवस्था गरिए पनि विदेशी नागरिकले सकेसम्म नेपाली नागरिकता नपावस् भन्ने नै सरकारको नीति हो।'
विदेशी नागरिकसँग विहे गर्ने नेपाली महिलाबाट जन्मिएको बच्चालाई नेपाली नागरिकता पाउन केही अप्ठ्यारा कानुनी प्रावधान रहेको उल्लेख गर्दै उनले अधिकांश देशमा जन्मनसाथ उतैको नागरिक हुने कानुनी प्रावधानका कारण नेपालमा केही जटील बनाइएको बताए। नेपाली पिता भएको बच्चाले जुन मुलुकमा जन्मे पनि सहजै नेपाली नागरिकता पाउने तर विदेशी पितार नेपाली आमाबाट जन्मिने बच्चाले कानुन बाधा रहनुलाई केही महिला अधिकारवादीले असमान व्यवहार भएको भन्दै आलोचना गर्नु निर्थक भएको उनको दाबी थियो। 'विदेशी पिता र नेपाली आमाबाट जन्मेको बच्चाले त्यो देशमा नागरिकता पाउन अप्ठ्यारो भयो भने नेपाल आए हुन्छ सरकार नागरिकता दिन तयार छ', उनले भने- 'तर नेपालमा दोहोरो नागरिकता स्वीकार्य छैन।'
आयोजक संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा धर्मको आधारमा समेत नागरिकता प्राप्त गर्न अप्ठ्यारा रहेको तथ्यांक प्रस्तुत गरिएको छ। प्रतिवेदनअनुसार मुस्लिम समुदायका सबैभन्दा धेरै नागरिकताबिहीन छन्। गृहमन्त्री गौतमले सो तथ्यांकप्रति कडा आपत्ति जनाए। धर्म जस्तो सम्वेदनशील विषयलाई नागरिकतासँग जोडेर भ्रम फैलाएको भन्दै उनले भने, 'धर्मको आधारमा विभेद छ भन्नु सरासर गलत हो। नेपालमा धर्म विभेद शून्य छ।'