काठमाडौं– थारू समुदायले आफूलाई मधेसी सूचीमा राखेको भन्दै असन्तुष्टि जनाएका छन्। थारूलाई मधेसी सूचीबाट हटाउन माग गर्दै बुधबार थारू संयुक्त संघर्ष समितिले प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापन पत्र बुझाएको छ। थारू समुदायको क्षेत्रमा काम गर्ने विभिन्न २० संस्था सम्मिलित समितिले बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर ज्ञापन पत्र बुझाएको हो।समितिले विभिन्न छ वटा माग अघि सारेको छ। जसमध्ये 'संविधानसभा सदस्य निर्वाचन विधेयक २०७० र नेपाल स्वास्थ्य सेवा ऐन २०५३ लाई (चौथो संशोधन) गर्न बनेको विधेयक, २०७० मा थरूहट तराईका आदिवासी भूमिपुत्र थारूलगागत जनजाति, मुस्लिम आदि जाति, समुदायलाई मधेसी समुदायमा सूचिकरण गरिएको गलत निर्णयलाई सच्याइ थरूहट तराईको आदिवासी भूमिपुत्र थारूलगायत जनजातिहरूका लागि छुट्टै सूचीकरणको व्यवस्था गर्ने रहेको छ।
त्यस्तै २०६५ सालदेखि निरन्तररूपमा गरिँदै आएको शान्तिपूर्ण आन्दोलनका क्रममा थरूहट आन्दोनकर्मीउपर लगाएको सम्पूर्ण मुद्दा अविलम्ब फिर्ता तथा आममाफी गर्ने, थारू संयुक्त संघर्ष समितिको आह्वानमा गरिएको शान्तिपूर्ण संघर्षका क्रममा ब्राह्मण दशनामीको उशृखंल जत्थालेे जलाएको नवलपरासी जिल्लाको डण्डास्थित रहेको थारू राष्ट्रिय संग्राहलय तथा भौतिक सम्पत्तिहरूको उचित क्षतिपूर्तिसहित पुनःनिर्माण गरी व्यवस्थित गर्ने माग अघि सारेको हो।
समितिले सार्वजनिक सेवालाई समावेशी बनाउन ल्याइएको १९ वटा ऐनको संशोधन खण्डमा खुल्ला प्रतिस्पर्धा र आरक्षणको ब्यवस्था नगरी सबै अवसरलाई शत प्रतिशत मानी राज्यका सबै संरचना तथा अंगको प्रत्येक तह तप्कामा संघीय एवं प्रदेशको जातीय जनसंख्याको आधारमा क्षतिपूर्तिसहितको पूर्णसमानुपातिक प्रतिनिधित्व साथै महिला, अपाङ, मुक्तकमैया, भुमिहीन र तेस्रो लिंगीलाई सोही जातीय समूहबाट निश्चित कोटा सुनिश्चित गरी ३ महिनाभित्र लागू गरिनेछ भनी गरिएको सम्झौता भएको आज २२ महिना बितिसक्दा पनि कार्यान्वयन नभएको हुनाले सम्बन्धित ऐन कानुन संशोधन गरी अविल्म्ब कार्यान्वयन गर्ने, थरूहट संयुक्त संघर्ष समिति र नेपाल सरकारबीच २०६५ चैत १ गते भएको ६ बुँदे सम्झौता र थारू संयुक्त संघर्ष समितिबीच २०६९ जेठ १० गते गरिएको १० बुँदे सम्झौताको अक्षरसः अविलम्ब कार्यान्वयन र कमलरी प्रथा उन्मूलनको लागि संयुक्त संघर्ष समिति र नेपाल सरकारबीच २०७० जेठ २४ गते गरिएको १० बुँदे सम्झौता कार्यान्वयन गर्नुपर्न माग ज्ञापन पत्रमा उल्लेख छ।
समितिले बुधबारै संविधान सभा अध्यक्ष सुवास नेम्वाङ र नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई पनि ज्ञापन पत्र बुझाएको छ। ज्ञापन पत्र बुझ्दै सभामुख नेम्वाङले थारूका मागप्रति सरकार र प्रमुख राजनीतिक दल गम्भीर रहेको बताए। उनले यस विषयमा संसदमा पनि पटकपटक बहस भएकाले सरकारलाई ध्यानाकर्षण गराउने बताए। 'सरकार र प्रमुख राजनीतिक दल यस विषयमा गम्भीर छन्,' पत्र बुझ्दै नेम्वाङले भने, 'मधेसीमा सूचिकृत गरिएको विधेयक सच्याउन म सरकारलाई ध्यानाकर्षण गराउँछु।'
उनले एक वर्षभित्र संविधान बनाउनुपर्ने अल्टिमेटम रहेको भन्दै सकभर आन्दोलनमा जान नपर्ने समितिलाई प्रतिबद्धता जनाएका थिए।
थारूलाई मधेसीको सूचीमा राखेको भन्दै थारू संयुक्त संघर्ष समितिले पत्रकार सम्मेलन गर्दै चरणबद्ध आन्दोलन घोषणा गरेको थियो। पहिलो चरणअन्तर्गात समितिले ज्ञापन पत्र बुझाएको समितिका संयोजक तथा थारू कल्याणकारिणी सभाका अध्यक्ष चन्द्रकुमार चौधरीले बताए। उनले सरकारले अटेर गरे सडक र संसद दुबै ठप्प पार्ने चेतावनी दिए। 'हाम्रो पहिचानलाई सरकारले मेटाउन खोजेको छ,' ज्ञापन पत्र बुझाएपछि संयोजक चौधरीले भने, 'सरकारले फेरि पनि अटेर गरे हामी सडक र संसद दुबै ठप्प पार्नेछौं।'