काठमाडौं- स्वास्थ्य अवस्था बिग्रिएपछि नेकपा एमालेका नेता केपी शर्मा ओलीलाई आज बिहान २ बजे अस्पताल भर्ना गरिएको छ। २-३ दिनदेखि लगातार वान्ता हुने, ज्वरो आउने र टाउको दुख्नेक्रम बढेपछि उनलाई बिहान २ बजे उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो।'हामीले उहाँको अवस्था हेरी भर्ना लिएका छौं। केही परीक्षण पनि भइरहेको छ,' उनको उपचारमा संलग्न चिकित्सक डा. दिव्यासिंह शाहाले भनिन्, 'रिपोर्ट आएपछि के हो पत्ता लाग्नेछ।'
सन् २००७ मा किड्नी प्रत्यारोपण गरेका ओली पछिल्लो महिना उपचारकै लागि लामो समय भारतको अस्पतालमा रहेका थिए।
उनको ढाडबाट निकालिएको पानीको परीक्षण गर्न पठाइएको अस्पताल स्रोतले जानकारी दिएको छ। मेनेन्जाइटिस (मस्तिस्क संक्रमण)को परीक्षण ढाडको पानीबाट गरिन्छ।
उनको उपचारमा संलग्न अर्का चिकित्सक तथा मेडिसिन विभाग प्रमुख डा. शशी शर्माले उनको परीक्षण जारी रहेको जनाउँदै थप उपचारका लागि विदेश लैजानु पर्ने या नपर्ने यकिन भइनसकेको जानकारी दिए। हिजो त्रिविकै चिकित्सकहरुले उनको घरमा परीक्षण गरेका थिए। चिकित्सकहरुले उनले भारतमा उपचार गराएको अस्पताल म्याक्सका चिकित्सकहरुसँग पनि परामर्श जारी राखेका छन्।