काठमाडौं-व्यवस्थापिका संसदको चालु अधिवेशन मंगलबार अन्त्य हुने भएको छ। बिहान ११ बजे बोलाइएको व्यवस्थापिका संसद बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभामुख सुवासचन्द्र नेम्वाङले पढेर सुनाएपछि अधिवेशन अन्त्य हुनेछ।केही सातापछि बजेट अधिवेशन सुरु हुने भएकाले अहिले सदन स्थगित गर्न लागिएको संसदस्रोतले जानकारी दिएको छ।
प्रधानमन्त्री सुशील कोइरालाले सोमबार बेलुका राष्ट्रपति रामवरण यादवलाई भेटेर व्यवस्थापिका संसदको चालु अधिवेशन अन्त्य गर्न आग्रह गरेका थिए। अन्तरिम संविधानको भाग ६ को धारा ५१ मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा व्यवस्थापिका–संसदको अधिवेशन अन्त्य गर्ने उल्लेख छ।
संविधानसभा निर्वाचनपछि व्यवस्थापिका संसदको पहिलो बैठक २०७० माघ १२ गते बसेको थियो। संसद अधिवेशनले सबैभन्दा महत्वपूर्ण मानिएको सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनसम्बन्धी विधेयक पारित गरेको थियो। त्यसपछि भने संसदमा बिजनेस नहुनाले अहिले अधिवेशन नै अन्त्य गर्न लागिएको हो।
सभामुख नेम्वाङले अघिल्लो साता मुख्यसचिव लीलामणि पौडेललाई बोलाएर सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानिबन आयोगसम्बन्धी विधेयक पारित भएपछि संसद बिजनेसविहीन हुने जानकारी गराएका थिए। उनले अघिल्लो संसदमा पारित हुन बाँकी रहेका विधेयक प्रक्रिया पूरा गरेर पनि संसदमा पेस गर्न सकिने भए पनि सरकारले ढिलो गरेको भन्दै ध्यानाकर्षण गराएका थिए। तर, सरकारका तर्फबाट पनि कुनै विधेयक दर्ता भएनन्।
विभिन्न मन्त्रालयका तर्फबाट अघिल्लो संसदमै पेस भएर पनि पारित हुन नसकेका तीन दर्जनभन्दा बढी विधेयक अलपत्र छन्। संविधानसभा नै विघटन भएकाले त्यतिबेलाका विधेयक अहिले संसदमार्फत सीधै छलफलमा लैजान नमिल्ने हुँदा सरकारले प्रक्रिया पूरा गरेर संसदमा पेस गर्नुपर्छ।
प्रधानमन्त्री कोइरालाले विभिन्न मन्त्रालयका सचिव र सम्बन्धित आयोजनाका प्रमुखलाई बोलाएर समयमै काम सक्न निर्देशन दिएका हुन्