माओवादी सम्पर्कमा आएकी लुम्बिनी प्रदेशसभा सदस्य बिमला ओलीले एमालेका नेताहरुले झुक्याएर बुटवल पुर्याएको दाबी गरेकी छिन्। बिहिबार बिहान माओवादी सम्पर्कमा आएकी उनले माओवादी सांसद तथा नेताहरुसंग कुरागर्दै आँफूलाई नेपालगन्ज भनेर गाडीमा हालिएको र एकाएक बुटवलपुर्याईएको खुलाईन्। माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष ओनसरी घर्तीका अनुसार सांसद बिमलालाई तुलसीपुर स्थित घरबाट नेपालगन्ज जान भनेर गाडीमा हालिएको थियो।
बिमलाको माईती नेपालगन्जमै हो। ‘नेपालगन्ज जाऔँ भनेर मन्त्रीकै गाडीमा हालेर लगिएको रहेछ,’ घर्तीले भनिन् ‘आफ्नो माईती घर पनि नेपालगन्जमै रहेकाले उहाँले पनि जान अस्वीकार गर्नु भएको रहेनछ।’ नेपालगन्ज जानका लागि भनेर गाडी चढाईएकी बिमलालाई अमिलियाबाट सिधै पूर्व तर्फ लगिएको थियो । तर नेपालगन्ज जानका लागि पश्चिम जानु पर्ने भएपनि एकाएक पूर्व तर्फ गाडी हुँईक्याएपछि उनले असन्तुष्टि जनाएकी थिईन्। ‘नेपालगन्ज पश्मित तर्फ जानु पर्नेमा अमिलिया देखि पूर्व तर्फ गाडी कुदाएपछि उहाँले असन्तुष्टि जनाउनु भएको रहेछ,’ घर्तीले भनिन् ‘त्यो बेला उहाँले आँफू अहपरणमा परेको भनेर बल्ल थाहा पाउनु भएको रहेछ।’
बिमलाले माओवादी सांसदहरु संग गरेको कुराकानी अनुसार उनलाई सिधै मुख्यमन्त्री शंकर पोख्रेलको निवासमापुर्याईएको थियो। झण्डै साता दिनअघि बुटवल पुर्याईएकी उनलाई बाहिर निस्कनै दिईएको थिएन। तर बिहिबार उनि त्यहाँबाट निस्कन सफल भएको र सिधै माओवादीको सम्पर्कमा पुगेको ओनसरीले बताईन्। ‘उहाँले शंकर पोख्रेलको निवासमा अपहरण गरेर राखिएको रहेछ,’ उनले भनिन् ‘ बिहिबार निस्कनासाथ उहाँ हाम्रो सम्पर्कमा आउनु भयो।’ सांसद बिमला मुख्यमन्त्रीको कार्यालयबाट भागेको बुटवलका केहि एमालेका कार्यकर्ताहरुले बताएका थिए।
हाल माओवादीको सम्पर्कमा रहेकी बिमला बिहिबार मात्रै सार्वजनिक हुने भएकी छिन्। उनले बिहिबार पत्रकार सम्मेलन गरेर आफ्नो सम्पर्क बिहिनताको यथार्थता बाहिर ल्याउने बताईएको छ। ‘अहिले हाम्रा माननीय ज्यूहरुसंग उहाँ सुरक्षित हुनुहुन्छ,’ ओनसरीले भनिन् ‘उहाँलाई अब कुनै पनि अप्ठ्यारो पर्न दिने छैनौँ।’
यसअघि मंगलबार मात्रै सांसद बिमलाको नाममा बिज्ञप्ती प्रकाशित भएको थियो। उनको नाममा प्रकाशित बिज्ञप्तीमा आँफू पुनः एमालेमै फर्किएको उल्लेख थियो। तर उक्त बिज्ञप्ती सांसद बिमलाको हस्ताक्षर किर्ते गरेर जारी गरिएको माओवादी केन्द्रले जनाएको छ।