विराटनगर-एकीकृत नेकपा माओवादीभित्र समाजवादी क्रान्तिका लागि तत्कालै तयारी गर्ने कि राष्ट्रिय पुँजी विकासमा थप जोड दिने भन्नेमा वैचारिक विभाजन गहिरिएको छ। विराटनगरमा बिहीबार सुरु राष्ट्रिय सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहालले पुँजीवादी जनवादी क्रान्तिको आधारभूत कार्यभार पूरा भएको भन्दै पार्टी समाजवादी क्रान्तिको रणनीतिमा जाने धारणा राखे पनि पूर्व उपाध्यक्ष बाबुराम भट्टराईले त्यसलाई अस्वीकार गरेका छन्। उनले पार्टीमा नयाँ नेतृत्वको प्रस्तावसमेत अघि सारेका छन्।‘पुँजीवादी जनवादी क्रान्तिका आधारभूत कार्यभार पूरा भए, केही कार्यभार पूरा गर्न बाँकी छ, अब समाजवादी क्रान्तिका रणनीतिअन्तर्गत त्यसको तयारी गर्दै माथिल्लो तहबाट हस्तक्षेप गर्दै जानुपर्छ भन्ने कार्यदिशा पारित गरेका छौं,' दाहालले उद्घाटन सत्रमा हेटौंडा महाधिवेशनको प्रसंग उल्लेख गर्दै भने, ‘अब त्यहीअनुसार संगठन र पार्टी बनाउनेछौं।' सम्मेलन सोहीअनुसारको संगठन निर्माणमा केन्द्रित हुने दाहालले बताएका छन्।
अध्यक्ष दाहालको भनाइप्रति असहमति जनाउँदै भट्टराईले अहिले नै पुँजीवादको अन्त्य घोषणा गरेर समाजवादका लागि आन्दोलन गर्न खोज्नु पार्टीका लागि प्रत्युत्पादक हुने बताए। ‘पुँजीवादको अन्त्य गरी सम्पूर्ण ढंगले मजदुरको हकहितमा अहिलेदेखि नै समाजवाद लागू गर्न थालियो भन्ने कुरा निकै क्रान्तिकारी देखिन सक्छ, तर व्यवहारमा उल्टो परिणाम आउँछ,' भट्टराईले दाहालको लाइनमा असहमति जनाउँदै भने, ‘नेपाली क्रान्तिको यो चरणमा नेपालका मजदुर वर्गले राष्ट्रिय पुँजी र राष्ट्रिय औद्योगिक पुँजीको विकास गर्नुपर्छ।'
राष्ट्रिय पुँजीको विकास गरेर मात्र मुलुकलाई समाजवादमा लैजाने दिशामा पार्टीको कार्यक्रम निर्माण गर्नुपर्ने भट्टराईको जिकिर छ।
उनले नेपालको पुँजी विकासमा साम्राज्यवादी शक्ति र भारतीय एकाधिकारवाद प्रमुख बाधक रहेको भन्दै त्यसविरुद्ध आन्दोलन गर्नुपर्ने औंल्याए। ‘साम्राज्यवाद र भारतीय एकाधिकार पुँजीको वर्चस्व नेपालमा रहेका कारण यहाँ पुँजीको विकास हुन सकेको छैन,' भट्टराईले आन्दोलनको आवश्यकताबारे भने, ‘त्यसविरुद्ध यहाँका राष्ट्रिय उद्यमी, व्यवसायी र मजदुरले संयुक्त आन्दोलन गर्न जरुरी छ।' त्यसका लागि पार्टी कार्यदिशा र विचारमा परिमार्जन आवश्यक रहेको उनले जनाए।
एमाओवादीले ल्याउन खोजेको समाजवादले गरिबी बाँड्न नहुने भन्दै उनले पहिले राष्ट्रिय पुँजीको विकासमा जोड गर्नुपर्नेमा नेतृत्वको ध्यानाकर्षण गराए। ‘हामीले ल्याउने समाजवाद भनेको गरिबी बाँड्ने समाजवाद होइन, समृद्धि बाँड्ने समाजवाद हो,' भट्टराईले भने, ‘मुलुकमा उदयीमान भएको पुँजीवादी व्यवस्था छ, यसलाई राष्ट्रिय रुप दिने, औद्योगिक रुप दिने र उत्पादक शक्तिको विकास गरेर मात्रै समाजवादी क्रान्तिको आधार तयार गर्ने अहिलेको कार्यभार हो।'
भट्टराईले ‘नयाँ विचार, नयाँ कार्यदिशा, नयाँ नेतृत्व र नयाँ पार्टी' बनाउन माग गरिरहेका बेला अध्यक्ष दाहालले हेटौंडा कार्यदिशालाई थप व्याख्यासहित परिमार्जनको एजेन्डामा मात्रै राष्ट्रिय सम्मेलन केन्द्रित हुने भन्दै मञ्चबाटै भट्टराईका मागलाई अस्वीकार गरिदिए।
‘हेटौंडा महाधिवेशनबाट पारित मूल कार्यदिशा र केन्द्रीय समितिको गएको बैठकले पारित गरेको प्रस्ताव, त्यो महाधिवेशनको कार्यदिशा थप स्पष्ट गर्ने र परिमार्जन गर्ने प्रक्रियासँगै हाम्रो पार्टी पुनर्निर्माण गर्नुपर्छ भन्नेसँग यो राष्ट्रिय सम्मेलन सम्बन्धित छ,' दाहालले सम्मेलनको औचित्य प्रस्ट्याउँदै भने। उनले थप विषयमा छलफल गर्न सम्मेलन आयोजना नगरिएको पनि प्रस्ट पारे।
उनका अनुसार निर्माण हुने नयाँ सांगठनिक संरचनालाई शरीरको संज्ञा दिँदै हेटौंडा महाधिवेशनको कार्यदिशालाई प्राणको संज्ञा दिए। र, त्यस कार्यदिशाबाट टसमटस नहुने संकेत पनि गरे। ‘विचार र कार्यदिशा भनेको प्राण हो, संगठन भनेको शरीर हो,' दाहालले भट्टराईलाई लक्षित गर्दै भने, ‘प्राण भएर मात्रै पनि जीवन बन्दैन, शरीर भएर मात्र पनि जीवन बन्दैन, हामीलाई प्राण पनि चाहिन्छ, शरिर पनि चाहिन्छ, मुख्य कुरा प्राण नै हुन्छ, विचार नै हुन्छ, कार्यदिशा नै हुन्छ।'
हेटौंडा महाधिवेशनको कार्यदिशा परिवर्तन गर्न जारी सम्मेलन आयोजना नगरिएको दाहालले प्रस्ट पारे।
भट्टराईले भने सम्मेलन नयाँ विचार र नयाँ कार्यदिशा निर्माणका निम्ति केन्द्रित हुनुपर्नेमा जोड दिए। ‘विराटनगरमा आयोजित यस राष्ट्रिय सम्मेलनमार्फत हामी के सन्देश दिन चाहिराखेका छौं भने नेपाल इतिहासले केही फेरेको छ, केही फेर्दैछ,' भट्टराईले भने, ‘त्यसका निम्ति एउटा नयाँ विचार, एउटा नयाँ कार्यदिशा, नयाँ संगठन र नयाँ पार्टी निर्माणका निम्ति यही स्थानबाट, आजैका दिनबाट सुरु गर्न यो सम्मेलनले ऐतिहासिक महत्र्व राख्नेछ।'
पुँजीवादलाई भर्खरै जन्मेको पाठोको रुपमा व्याख्या गर्दै उनले त्यसलाई तत्कालै काटेर खान नहुने जनाए। ‘भर्खरै पुँजीवादको रुपमा जन्मेको बाख्राको यो पाठोलाई अहिले नै खाने होइन, भोलि पुग्ने गरी खाने हो भने त्यसलाई हुर्काएर ठूलो खसीको रुपमा विकास गर्नुपर्छ,' उनले भने।
भट्टराईले नयाँ कार्यदिशा निर्माणमा मात्रै जोड गरेनन्, नेतृत्व परिवर्तनको प्रस्ताव पनि अगाडि सारे। ‘अब हिजैको विचार, कार्यदिशा, संगठन, नेतृत्व, शैली र तागतले पुग्दैन,' भट्टराईले भने, ‘बदलिएको आवश्यकताअनुसार क्रान्तिको नयाँ कार्यभार पूरा गर्नुपर्ने हाम्रो विचारलाई अझै विकास गर्नु छ, कार्यदिशालाई परिमार्जन गर्नु छ, संगठनलाई रुपान्तरण गर्नु छ।' त्यसपछि मात्रै पार्टी नयाँ शक्तिको रुपमा विकास हुने उनको कथन छ। ‘जे छौं, ठिक छौं भनेर बस्यौं भने हामी कहीँ पुग्न सक्दैनौं,' भट्टराईले नेतृत्वप्रति संकेत गर्दै भने।
अध्यक्ष दाहाल र भट्टराईबीच मञ्चबाटै कार्यदिशामा बहस भइरहेका बेला अर्का पूर्व उपाध्यक्ष नारायणकाजीश्रेष्ठले पार्टीभित्र विचारको बहस नै नभएको बताएर दाहाललाई समर्थन जनाएका छन्। हेटौंडा महाधिवेशनले तय गरेको कार्यदिशालाई स्पष्ट व्याख्यासहित परिमार्जन गरे मात्रै पुग्ने उनको जिकिर छ। ‘पार्टीमा विचारको समस्या मुख्य होइन,' श्रेष्ठले उद्घाटन सत्रमा भने, ‘प्रचण्डको नेतृत्वमा नै पार्टी एक हुन्छ, तर नेतृत्वको रुपान्तरणचाहिँ आजको आवश्यकता हो।' उनका अनुसार एमाओवादी पुँजीवादी संसदीय लोकतन्त्रमा रुमल्लिने त होइन? भन्ने चिन्ता बहसको विषय हो।
‘वाम संसदीय पार्टीमा माओवादी भासिने त होइन, पुँजीवादी संसदीय लोकतन्त्रमा खस्ने त होइन? माओवादीसामु अहिले यो गम्भीर प्रश्न हो,' श्रेष्ठले भने, ‘छलफल बढी यसैमा केन्द्रित गर्नुपर्छ।' विभिन्न पार्टी र सरोकारवालासँग मोर्चाबन्दी गरेर अघि बढ्ने दाहालको प्रस्तावमा पनि श्रेष्ठले सहमति जनाएका छन्।
‘मन्त्री र सभासदका लागि पार्टीमा धेरै आए'
अध्यक्ष दाहालले संविधानसभा निर्वाचनअघि एमाओवादी प्रवेश गर्नेलाई सभासद र मन्त्रीका लोभी भएको आरोप लगाएका छन्। संविधानसभा निर्वाचनमा तेस्रो भएको पाँच महिनापछि अध्यक्ष दाहाल आफैंले टिका लगाएर प्रवेश गराएका अन्य पार्टीका नेता तथा कार्यकर्तालाई यस्तो आरोप लगाएका हुन्।
‘संविधानसभा निर्वाचनअघि अरू पार्टीमा भन्दा हाम्रो पार्टीमा प्रवेशको लहर निकै आयो, तिनीहरुलाई टिको लगाउन नभ्याएपछि अबिर छरेर भित्र्याइयो,' दाहालले विराटनगरमा भने, ‘किनभने त्यतिबेला सबैलाई माओवादी पार्टीले जितिहाल्छ, सभासद भइहालिन्छ, मनोनीत भइहालिन्छ भन्ने लागेको थियो, ह्वारह्वार्ती प्रवेश नै चल्यो।' पार्टी तेस्रो स्थानमा झरेपछि केही नेता पार्टी छाडेर गएको उनको भनाइ छ।
बन्दसत्रमा राजनीतिक प्रतिवेदन र विधान
वीरेन्द्र सभागृहमा शुक्रबार बिहान ८ बजे सुरु हुने बन्दसत्रमा अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पेस हुँदैछ। ‘भोलि (शुक्रबार) बिहान अध्यक्षको राजनीतिक प्रतिवेदन र विधान प्रस्तुत हुनेछ,' प्रवक्ता दीनानाथ शर्माले सञ्चारकर्मीसँग भने, ‘त्यसमा आवश्यक छलफल गरी आवाश्यकता भए परिमार्जनसहित पारित गर्नेछौं।'
शर्माका अनुसार त्यसलगत्तै ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने कार्यतालिका बिहीबार विराटनगरमै बसेको सम्मेलन आयोजक समिति बैठकले बनाएको छ।
झाँकी र जुलुस गरिएन
सहिद रंगशालामा डेढ घन्टा ढिलो सुरु उद्घाटन सत्रमा माओवादीले जुलुस र झाँकी प्रदर्शन गरेन। चर्को घाममा सुरु उद्घाटन सत्रको अन्त्यतिर हावाहुन्डरी चलेको थियो। वर्षमान पुनले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष दाहाल, नेताहरु भट्टराई, श्रेष्ठ, विद्यार्थी नेता हिमाल शर्मा, मजदुर नेता शालिकराम जमकट्टेल र महिला नेतृ हिसिला यमीले सम्बोधन गरेका थिए।