विघटित भूमिसम्बन्धी समस्या सामधान आयोगमा कार्यरत कर्मचारीलाई आगामी भदौसम्म सेवामा निरन्तरता दिन भूमि व्यवस्था मन्त्रालयले निर्देशन दिएको छ। यसअघि आयोगले अमिन र सर्भेक्षक गरी ३ सय ७२ प्राविधिक कर्मचारी भर्ना गरेको थियो। मन्त्रालयका प्रवक्ता जनक जोशीले आयोगमा भर्ना गरिएका प्राविधिक कर्मचारीलाई भदौसम्म काम गर्न निर्देशन दिएको बताए।
मन्त्रालय स्रोतका अनुसार भदौ महिनाभित्र नयाँ आयोग गठन भए पुराना कर्मचारीलाई निरन्तरता दिने नीति मन्त्रालयले बनाएको छ। ‘भदौसम्म पनि नयाँ आयोग गठन भएन भने आयोगले भर्ना गरेका प्राविधिक कर्मचारीहरू सम्भवतः बिदा हुनेछन्,’ स्रोतले भन्यो। मन्त्रालयले भूमिसम्बन्धी समस्या समाधान आयोगका जिल्ला समितिद्वारा संकलित सबै कागजात सम्बन्धित जिल्लाको मालपोत कार्यालयमा बुझाउन निर्देशन दिएको छ। केन्द्रमा तयार भएका कागजात भूमि व्यवस्थापन विभागमा बुझाउन पनि मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयले तत्काल नयाँ आयोग गठन गर्ने तयारी गरेको छ।
भूमिसम्बन्धी समस्या समाधान गठन आदेश सच्याएर नयाँ आयोग गठन गर्ने तयारी भइरहेको मन्त्रालयको भनाइ छ। नेपालको संविधानमा मौलिक हकअन्तर्गत धारा ४० को ५ र ६ नम्बर दफामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई एकपटका लागि जग्गाको स्वामित्व प्रदान गर्ने संवैधानिक व्यवस्थालाई समेटर नयाँ आयोग गठन आदेश जारी गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।